अविरल वर्षाले देशभरको जनजीवन अस्तव्यस्त, मृत्यु हुनेको संख्या २५ पुग्यो , पढ्नुहोस्

विहीबारदेखिको अविरल वर्षाले देशभरको जनजीवन अस्तव्यस्त बनेको छ । दुईदिन देखिको लगातार वर्षाका कारण मुलुकभर कम्तीमा २५ जनाको मृत्यु भएको छ । पाँच जना भन्दा बढी बेपत्ता भएका छन् ।

शुक्रबार बेलुकीसम्ममा खोटाङ र काठमाडौंमा ३/३, काभ्रे, झापा, भोजपुर र धादिङमा २/२, इलाम, सिन्धुली, रामेछाप, ओखलढुंगा, ललितपुर, मकवानपुर, रुकुम पश्चिम, महोत्तरी, रौतहट, बारा र पर्सामा १/१ जनाको मृत्यु भएको हो ।

रौतहटमा दुई, मकवानपुर, सुनसरी, पाँचथर, महोत्तरी, झापा, मोरङ र काठमाडौंमा एकएकजना गरी कम्तिमा दश जना बेपत्ता भएका छन्। राजधानी उपत्यका का अधिकांश ठाउँमा डुबानमा परेका छन् । काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, धोबीखोला, टुकुचा, मनोहरा, हनुमन्ते, गोदावरीलगायतमा बाढी उर्लेको छ। वर्षाले गर्दा उपत्यकामा ढल फुट्ने समस्या बढेको छ।

खासगरी प्रदेश १, २ र ३ मा मानवीय र भौतिक क्षति बढी भएको छ। कतिपय ठाउँमा राजमार्ग अवरुद्ध हुँदा यातायात सेवा प्रभावित भएको छ।गृहमन्त्रालय को अनुसार देशैभरी बाढीपहिरो र डुबानको जोखिम रहेको छ । गृहमन्त्रालयले आपत्‌कालीन उद्धारका लागि सरकारी संयन्त्र चुस्त राखेको बताएको छ । पहाडी र हिमाली जिल्लाहरुमा पहिरोको जोखिम बढेको छ भने तराई क्षेत्रहरूमा डुवानकाे जाेखिज बढेकाे छ ।

पहाडी र हिमाली भेगका बासिन्दा पहिरोको डरमा छन् । देशैभरका ठूला नदीहरुको बहाव बढ्दै गएको छ । नदी र खोला किनारका बासिन्दामा त्रास फैलिएको छ । राजधानी जोड्ने राजमार्गमा पहिरो जाँदा सवारीसाधनहरु रोकिएका छन्। काठमाडौंबाट बाहिरिएका र भित्रने सवारीसाधन जाममा फसेका छन् । यात्रुहरु विचल्लीमा परेका छन् ।

सप्तकाेशी नदीमा जलसतह बढेकाे छ । सप्तकोसी नदीकाे चतरामा आज असार २८ गते बिहान ६ बजे जलसतहले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान शाखाले जनाएकाे छ । काेशीमा पानीकाे सतह र चाप बढ्दाे क्रममा रहेकाेले सुनसरी र सप्तरी जिल्लाका नदीतटीय क्षेत्रमा बेलुकीसम्मै उच्च सतर्कता अपनाउन अाग्रह गरिएकाे छ ।यसैगरी बाढी सूचना/पूर्वानुमान शाखाले कमला नदी-धनुषा-तितरिया बाढीमापन केन्द्रमा जलसतह खतरा तहभन्दा ज्यादै माथि पुगेको जनाएकाे छ ।

छबी -शिल्पा विवाद ; बहुविवाहको कुनैपनि उजुरी दर्ता नभएको प्रहरी वृतकाको जानकारी

काठमाडौं: फिल्मकर्मी छविराज ओझा र अभिनेत्री शिल्‍पा पोख्रेलबीच सम्बन्ध विच्छेदको खबरहरु...

ईतिहासकै उच्च बिन्दुमा पुगेको सुनको भाउ आज स्थिर !!!

काठमाडौं, ६ साउन । आज साताको दोस्रो दिन (सोमबार) नेपाली...

शिल्पा र छवि ४ बर्ष पहिलेनै जानुपर्ने बाहिरियो रहस्य,जेठी श्रीमतीले मुद्दा हाल्नुको रहस्य अर्कै

काठमाडौं । निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलको डिभोर्सको चर्चामा...

पुष्कल शर्माले गीत कपि गरेको बिषयमा दुवै पक्ष एकसाथ मिडियामा,यसरी मिलाए बद्री पंगेनीले दुबैलाई

केहि दिन एता देखि मिडियामा बिबादमा आएको बिषय हो ‘नक्कले भिनाजु’।यो...

भुलेर नलगाउनुस श्रावण महिनामा यस्तो मेहन्दी, अनुहार चम्काउन खोज्दा गयो ज्यान !

साउन महिना भन्ने बित्तिकै महिलाहरुको दिमागमा रातो ,हरियो र पहेलो यी...

इतिहासकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज एक्कासी ओरालो , तोलाको कति ? हेर्नुहोस्

काठमाडौं । आज आइतबार सुनको मूल्य ओरालो लागेको छ। शुक्रबार ५...

अन्तत; काठमाडौंमा चाडै गुड्ने भयो रेल , यस्तो छ योजना , हेर्नुहोस

सरकारले संघीय राजधानीमा मेट्रो रेल्वे निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)तयार...

स्कुल पढाउने बाबुले अर्कै लिएर हिडेपछी आमाले गिट्टी कुटेर हुर्काएकी छोरीको यति मिठो आवाज

हाल काठमाण्डूमा हरेक दिन बिभिन्न प्रकारका खबरहरु सुन्न अनि देख्न पाइन्छ।...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology