को हुन् यिनीहरु जसले सय रुपैयाँ तोला सुनका गहनाहरु बेचे ? पढ्नुहोस्

बुटवल । गुल्मीको सदरमुकाम तम्घास घर भएका ६५ वर्षीय कृष्णबहादुर सुनारले भने– ‘यहि हातले एक सय ६० रुपैयाँ तोला सुनका गहना बेचियो । अहिले सपना जस्तै भयो ।’ तम्घासको बगाले टोलमा जन्मिएका उनलाई स्थानीयले बगाले कृष्ण भनेर चिन्ने गर्छन्।

उनले सुनचाँदीको काम सुरुमा भारतको अछाम र सिलोङमा बसेर सिकेको बताए । त्यहाँबाट फर्केपछि उनले झोलामा गहगहना बनाउने ज्यावल बोकेर गाउँगाउँमा गहना बनाउन जाने गरेको सुनाए । ‘गुल्मी मात्र होइन, बाग्लुङ्ग र प्युठानसम्मका घर–घरमा गहना कमाउन पुगियो, झन तिज ताका त खाने र सुत्ने फुर्सदसम्म हुन्नथ्यो । अहिले त काम चल्नै छाड्यो ।’

उपल्लो तम्घासकै ६६ वर्षीय नामबहादुर सुनारले सुरुमा आफूले दुई सय ९० रुपैयाँ तोलाको दरले सुनका गहना बेचेको अनुभव सुनाए । लामो समय अछाममा बसेर गरगहना बनाउने सिप सिकेका उनले भने– ‘अहिले सुन महङ्गो छ । सुन खेलाउनै गाह्रो भयो ।’

अर्खले भुवनपानी घर भएका ५५ वर्षीय दिलबहादुर सुनारले सात हजार रुपैयाँ तोलाका दरले सुनका गहना बेचेको अनुभव सुनाए । ‘बालकाटे र भुवनपानी सुनका गहना बनाउन निकै कहलाएको गाउँ थियो,’ उनले भने, ‘अहिले त चार पाँच जनाले मात्रै सुन चाँदीको काम गर्छौं । अरुले गर्न छाडे ।’

उपल्लो तम्घासका ७६ वर्षीय लोकबहादुर सुनार छिमेकीहरुबाट बाटे माइलाका नामले चिनिन्छन् । उनले १ सय १० रुपैयाँ तोलाका दरले सुन र एक रुपैयाँ तोला चाँदी बेचेको अनुभव सुनाउँछन ।

‘उतीबेला गरगहनाको पसल राख्ने चलन नै थिएन्,’ उनले भने, ‘घरमै बसेर काम गरिन्थ्यो । तिज ताका राती १२ बजेसम्म टुुकी बालेर गहना बनाइन्थयो । खुब काम चल्थ्यो, अहिले त काम चल्नै छाड्यो ।’

सोही स्थानका ७३ वर्षीय चिन्ताबहादुर सुनारले १८ बर्षको उमेरदेखि गहना बनाउने काम सिकेको र १ सय ५० रुपैयाँ तोला सुन र सुका पैसाँ चाँदी बेचेको अनुभव सुनाए ।

‘त्यतिबेला असाध्धै काम चल्थ्यो । रातभरी टुकी बालेर काम गरिन्थ्यो ,’ उनले भने, ‘हाम्रा बुबाले त डेढ दुई रुपैयाँ तोला सुन बेचेको मैले नै देखेको थिएँ । अहिले तीन भाई छोराले हाम्रो बिँडो थामेका छन् । मैले त काम गर्नै छाडे ।’

सोही स्थानका ७० वर्षीय मानबहादुर सुनार पनि बाटे माइला भनेर समाजमा चिनिन्छन् । उनले सदरमुकाम तम्घासमा आफूले पहिलो पटक सुनचाँदीको पसल खोलेको दावी गरे ।

‘उतिबेलाका भलाद्मी र कहलाएका व्यवसायी रहेका नरप्रसाद श्रेष्ठ र चेतनारायण मरासिनीले सुन चाँदीको पसल राख भने । उहाँहरुले आफ्नो घरमा भाडा समेत नलिइ राखे । मैले सुरु गरिसके पछि क्रमशः अरुले पनि पसल राख्न थालेका हुन्,’ उनले भने ।

सोही स्थानका ७० वर्षीय टोपबहादुर सुनारले १५ बर्षको उमेरदेखि गहना बनाउन सिकेको र ४ सय रुपैयाँ तोला सुन बेचेको अनुभव सुनाए ।

बाटे माईला, बाटे साईला र टोपबहादुर सुनार पुराना पुस्ताका बढि कहलाएका र घरजग्गा कमाउनेमा अलि बढि गनिन्छन् । बगालेका कृष्णबहादुरका छोराहरुले पछिल्लो पुस्तामा आफूलाई बढि स्थापित गरेका छन् ।

बाटे साईलाका पितालाई पनि बाटे साईला नै भनिन्थ्यो । दलबहादुर सुनार नाम भएपनि बाटे साईला भनेर चिनिने उनी निकै कहलाएका र प्रतिष्ठित सुनारको रुपमा चिनिन्थे ।

उनको पुस्तामा साईला सुनार, पुर्सुङ्गे सुनार पनि त्यति नै कहलाएका सुनार थिए । अहिले भने तोलाको ६५ हजार ७ सय रुपैयाँका दरले सुन बेच्ने गरेको सुनचाँदी व्यवसायी संघ गुल्मीका अध्यक्ष बालकृष्ण बरालले बताए ।

आज संघले छैठौं साधरण सभा तथा तेश्रो जिल्ला अधिवेशन गरिरहेको बेला उनै पुराना सुनारहरुलाई सम्मान गरेको थियो ।

छबी -शिल्पा विवाद ; बहुविवाहको कुनैपनि उजुरी दर्ता नभएको प्रहरी वृतकाको जानकारी

काठमाडौं: फिल्मकर्मी छविराज ओझा र अभिनेत्री शिल्‍पा पोख्रेलबीच सम्बन्ध विच्छेदको खबरहरु...

ईतिहासकै उच्च बिन्दुमा पुगेको सुनको भाउ आज स्थिर !!!

काठमाडौं, ६ साउन । आज साताको दोस्रो दिन (सोमबार) नेपाली...

शिल्पा र छवि ४ बर्ष पहिलेनै जानुपर्ने बाहिरियो रहस्य,जेठी श्रीमतीले मुद्दा हाल्नुको रहस्य अर्कै

काठमाडौं । निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलको डिभोर्सको चर्चामा...

पुष्कल शर्माले गीत कपि गरेको बिषयमा दुवै पक्ष एकसाथ मिडियामा,यसरी मिलाए बद्री पंगेनीले दुबैलाई

केहि दिन एता देखि मिडियामा बिबादमा आएको बिषय हो ‘नक्कले भिनाजु’।यो...

भुलेर नलगाउनुस श्रावण महिनामा यस्तो मेहन्दी, अनुहार चम्काउन खोज्दा गयो ज्यान !

साउन महिना भन्ने बित्तिकै महिलाहरुको दिमागमा रातो ,हरियो र पहेलो यी...

इतिहासकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज एक्कासी ओरालो , तोलाको कति ? हेर्नुहोस्

काठमाडौं । आज आइतबार सुनको मूल्य ओरालो लागेको छ। शुक्रबार ५...

अन्तत; काठमाडौंमा चाडै गुड्ने भयो रेल , यस्तो छ योजना , हेर्नुहोस

सरकारले संघीय राजधानीमा मेट्रो रेल्वे निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)तयार...

स्कुल पढाउने बाबुले अर्कै लिएर हिडेपछी आमाले गिट्टी कुटेर हुर्काएकी छोरीको यति मिठो आवाज

हाल काठमाण्डूमा हरेक दिन बिभिन्न प्रकारका खबरहरु सुन्न अनि देख्न पाइन्छ।...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology