आफ्नै सहकर्मीलाई गालीगलौज गर्ने ५ जना नर्सविरुद्ध जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा मुद्दा दर्ता, दोषी ठहर भएको अवस्थामा के हुन्छ कानुनी कारबाही ?

आफ्नै सहकर्मीलाई गालीगलौज गर्ने ५ जना नर्सविरुद्ध जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ । पोखराको फेवा सिटी अस्पतालकी शान्ति परियारलाई अश्लील शब्द प्रयोग गर्दै गाली गर्ने ५ नर्सलाई प्रहरीले २२ असारमा प्रक्राउ गरेको थियो ।नर्स परियारलाई फेसबुकमार्फत ग्रुप बनाई अश्लील शब्द प्रयोग गरेर गाली गरेको तथा जातीय विभेद गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

प्रक्राउ परेका ५ नर्सविरुद्ध सोमबारसम्मको म्याद थप गरेर अनुसन्धान चलाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिसपपी राजकुमार केसीले बताए ।‘फेसबुकमा ग्रुप च्याटमा जातीय भेदभावको कुरा उठान गरी गालीगलौज गरेको उजुरीका आधारमा ५ जना नर्स प्रक्राउ परेका छन् भने एकजना फरार छन्,’ उनले भने, ‘थप अनुसन्धानका लागि सोमबारसम्मको म्याद थप गरिएको छ ।’

आरोपीलाई दोस्रोपटक म्याद थप गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको केसीले बताए । फेवा सिटी अस्पतालमा कार्यरत नर्स सुष्मा थापा, सुस्मिता कुँवर, सिमाना मल्ल, सुष्मा गुरुङ र निर्मला थापा पक्राउ परेका हुन् । अश्लील गाली र जातीय विभेद गरेको अभियोग लागेकी नर्स ईशा पुन भने फरार छिन् ।

‘फेसबुकमा ग्रुप च्याटमा जातीय भेदभावको कुरा उठान गरी गालीगलौज गरेको उजुरीका आधारमा ५ जना नर्स प्रक्राउ परेका छन् भने एकजना फरार छन्,’ उनले भने, ‘थप अनुसन्धानका लागि सोमबारसम्मको म्याद थप गरिएको छ ।’

फेसबुकमा गुप्र बनाएर आफूलाई गाली गरी आफूमाथि जातीय विभेद भएको घटनाबारे आफूले अस्पताल प्रशासनलाई बताएको तर कारबाही नभएपछि प्रहरीमा उजुरी गरेको पीडित परियारले बताएकी छन् । अस्पतालमा गुटबन्दी गरेर आफूविरुद्ध अश्लील गालीगलौज गरेको भेटिएपछि उजुरी दिनुपरेको उनको तर्क छ । उनलाई संयुक्त दलित संघर्ष समितिले समेत साथ दिएको छ ।

दोषी ठहर भए कारबाही हुनुपर्छ : नेपाल नर्सिङ संघ
जातीय विषय उठान गरी गालीगलौज तथा होच्याउने काम भएको भए दोषीलाई कानुनबामोजिम कारबाही हुनुपर्ने नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोखरेल बताउँछिन् । ‘अस्पतालमा जुन जातको पनि बिरामी आउने गर्छन्, नर्सले सबैलाई सेवा दिनुपर्छ । जातीय सवाल उठाएर कसैलाई पनि हेप्न पाइँदैन,’ पोखरेल भन्छिन्, ‘डाक्टर, नर्स वा स्वास्थ्यकर्मीजस्ता पढेलेखेका मान्छेले जातीयताको कुरा गर्नु ठूलो गल्ती हो ।’

‘कार्यस्थलमा काम गर्दागर्दै नर्सिङ पेसामा कुनै बाहिरका मानिसले अन्याय, अत्याचार गरेमा संघले बोल्ने गर्छौं । तर, आफ्नै सहकर्मीलाई गालीगलौज गरेर हेप्ने गर्छन्,’ उनले भनिन्, ‘त्यस्ता मानिसलाई दोषी ठहर भएको अवस्थामा कानुनअनुसार कारबाही हुनुपपर्छ ।’

नेपाल नर्सिङ संघमा भने यस घटनाको उजुरी नआएको उनले बताइन् । पोखरेल भन्छिन्, ‘मैले पनि यो घटना सामाजिक सञ्जालबाट थाहा पाएँ, यसबारे बुझ्न पोखराको शाखालाई निर्देशन दिएको छु, भोलिसम्म केही जानकारी आउला ।’

कनुनविपरीत प्रस्तुत हुने जोकोहीले सजाय पाउनुपर्ने पोखरेलको भनाइ छ । ‘कार्यस्थलमा काम गर्दागर्दै नर्सिङ पेसामा कुनै बाहिरका मानिसले अन्याय, अत्याचार गरेमा संघले बोल्ने गर्छौं । तर, आफ्नै सहकर्मीलाई गालीगलौज गरेर हेप्ने गर्छन्,’ उनले भनिन्, ‘त्यस्ता मानिसलाई दोषी ठहर भएको अवस्थामा कानुनअनुसार कारबाही हुनुपपर्छ ।’

दोषी ठहर भएको अवस्थामा के हुन्छ कानुनी कारबाही ?
पक्राउ परेका नर्स अदालतबाट दोषी ठहर भएको अवस्थामा २ वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान छ । अस्पतालजस्तो सार्वजनिक क्षेत्रमा काम गर्ने व्यक्तिलाई भने ५० प्रतिशत थप सजाय हुन सक्ने कानुनी व्यवस्था छ । यसका साथै, शारीरिक हानि–नोक्सानी पुर्याएमा उपचार खर्च तथा पीडितलाई मनासिब रकम भराउन अदालतले आदेश दिन सक्छ ।

एक्कासी फेरी विप्लवका नेता भए यसरी पक्राउ …

गोरखा : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको जनवर्गीय संगठन...

अझै बेपत्ता भेटिएनन् , वर्षाका कारण अरुण नदीमा खसेको जीपको खोजी गर्न समस्या

संखुवासभा । लगातारको वर्षाका कारण अरुण नदीमा खसेको जीपको खोजी गर्न...

एक्कासी ह्वात्तै बढ्यो चादीको मूल्य , सुनको मुल्कय भने स्थिर !

आज सुनको मूल्यमा कुनै फेरबदल भएको छैन् भने चाँदीको मूल्य बढेको...

अविरल वर्षाका कारण देशका यी भागहरू डुबानमा , भयो यस्तो क्षति !!!

नेपालगञ्ज : आज बिहानै देखि परेको पानीका कारण नेपालगन्जका सेतु बिक...

एक युवकको हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले दुई जनालाई जेल चलान

महोत्तरी : करीब डेढ महीनाअघि महोत्तरीको सदरमुकाम जलेश्वरमा एक युवकको हत्या...

मोडल युनिक समिर लामाको परिवारको अबस्था नाजुक भन्छन’गरिब को दशैँ यस्तै हो’

नेपालमा रहेका अधिकांश नेपालीहरुको पिडा उस्तै छ चाडबाड आउदा बिदेशिनु...

केरा खादा स्वास्थ्यमा हुने अचम्मका ११ फाइदाहरु,विश्वले थाह नपाएको फाइदाहरु हेर्नुहोस

केरा अर्थात सदाबहार फल । बजारमा केरा बाह्रैमास पाइन्छ । कसैलाई...

पशुपति शर्माले दशैं कोसेलीमा कान्छी सम्झनालाई ल्याएर घरमा आउदा आमा रिसाईन

नेपालीहरुको महान पर्व बिजय दशमी तथा सुभ दिपावलीको हार्दिक शुभकामना सहित...

अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगायो

नगरपालिका–४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगाएको छ । दुई...

दश दिनमै तीन हजारले घटेको सुनको मूल्य आज भने एक्कासी स्थिर !!!

काठमाडौं, ३१ भदौ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचादीका...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology