सरकारले सार्वजनिक गर्यो विदेश जाँदा–आउँदा लैजान र ल्याउन पाउने सामानहरुको नयाँ सूची , के के ल्याउन र लैजान पाइन्छ त ? हेर्नुहोस्

काठमाडौं । २०७३ जेठ २३ गतेको झिटीगुण्टा आदेश विस्थापित गरी सरकारले विदेश जाँदा–आउँदा लैजान र ल्याउन पाउने बस्तुको नयाँ सूची सार्वजनिक गरेको छ । अर्थमन्त्रालयले खासगरी सुन र चुरोटतर्फ सूची परिवर्तन गरेको हो । तर, यात्रुले भने बेलैमा जानकारी नहुँदा भन्सार जाँच–पासमा समस्या पर्ने गरेको गुनासो गरेका छन् ।
विदेशबाट फर्कने नेपालीले अब काँचो सुन एकसय ग्रामसम्म भन्सार तिरेर ल्याउन पाउने छन् । काँचो सुनमा ५० ग्रामसम्म प्रति १० ग्राम ६ हजार २ सय र सोभन्दा माथि प्रति १० ग्रामको ७ हजार ३ सय रुपैयाँ राजश्व तिर्नु पर्ने छ । १ सयग्रामभन्दा माथि काँचो सुन ल्याए जफत हुने छ । ५० ग्रामसम्मको गहना निःशुल्क ल्याउन पाइने छ भने सोभन्दा माथि १ सय ५० ग्रामसम्म प्रति १० ग्राम ७ हजार २ सय र १ सय ५० ग्रामदेखि माथी प्रति १० ग्राम ९ हजार ३ सय रुपैयाँ भन्सार तिर्नु पर्ने छ ।

अरु के के ल्याउन पाईन्छ ?

– चुरोट, एक लिटरसम्म मदिरा, सात किलोसम्म खाद्य परिकार, २ हजार रुपैयाँसम्मको फलफूल र ५ हजार रुपैयाँसम्मको खानेकुरा ।

– मोबाइल, ल्यापटप, ३२ इन्चसम्मको टीभी, ट्याबलेट, घडी, क्यामरा, पोनड्राइभ एक–एक थान ।

– औषधि उपचार गराई बिरामीले ल्याएको औषधि, शारीरिकरुपमा अशक्त यात्रुले सहाराका लागि प्रयोग गरेका समाग्री ।

– ५ सय ग्रामसम्मको चाँदीको गहना, एक लाख रुपैयाँ मूल्यसम्मको जवाहिरात जडित सुन वा चाँदीका साथमा ल्याएको गहना ।

विदेश जाँदा नेपालमा उत्पादन भएको ५० हजार रुपैयाँसम्मको २१ केजी सामान लैजान पाउने व्यवस्था गरिएको छ । विदेशबाट फर्किनेलाई नयाँ व्यवस्थाको जानकारी नहुँदा जाँचपासमा समस्या भएको छ । यात्रुले भन्सार जाँच–पासमा विचौलियाको विगविगी बढेको गुणसोसमेत गरेका छन् ।

नयाँ व्यवस्थाले सीमानाका भएर आवत–जावत गर्ने व्यक्तिलाई कुनै छुट वा साहुलियत दिएको छैन । अर्थ मन्त्रालयले भन्सार ऐन २०६४ को प्रावधानअनुसार गरेको परिवर्तन हाल लागू भइरहेको छ । नयाँ आर्थिक वर्षको बजेटले घोषणा गरेका केही प्रावधान भने जेठ १५ जेठबाटै कार्यान्वयनमा आइसकेको छ ।

एक्कासी फेरी विप्लवका नेता भए यसरी पक्राउ …

गोरखा : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको जनवर्गीय संगठन...

अझै बेपत्ता भेटिएनन् , वर्षाका कारण अरुण नदीमा खसेको जीपको खोजी गर्न समस्या

संखुवासभा । लगातारको वर्षाका कारण अरुण नदीमा खसेको जीपको खोजी गर्न...

एक्कासी ह्वात्तै बढ्यो चादीको मूल्य , सुनको मुल्कय भने स्थिर !

आज सुनको मूल्यमा कुनै फेरबदल भएको छैन् भने चाँदीको मूल्य बढेको...

अविरल वर्षाका कारण देशका यी भागहरू डुबानमा , भयो यस्तो क्षति !!!

नेपालगञ्ज : आज बिहानै देखि परेको पानीका कारण नेपालगन्जका सेतु बिक...

एक युवकको हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले दुई जनालाई जेल चलान

महोत्तरी : करीब डेढ महीनाअघि महोत्तरीको सदरमुकाम जलेश्वरमा एक युवकको हत्या...

मोडल युनिक समिर लामाको परिवारको अबस्था नाजुक भन्छन’गरिब को दशैँ यस्तै हो’

नेपालमा रहेका अधिकांश नेपालीहरुको पिडा उस्तै छ चाडबाड आउदा बिदेशिनु...

केरा खादा स्वास्थ्यमा हुने अचम्मका ११ फाइदाहरु,विश्वले थाह नपाएको फाइदाहरु हेर्नुहोस

केरा अर्थात सदाबहार फल । बजारमा केरा बाह्रैमास पाइन्छ । कसैलाई...

पशुपति शर्माले दशैं कोसेलीमा कान्छी सम्झनालाई ल्याएर घरमा आउदा आमा रिसाईन

नेपालीहरुको महान पर्व बिजय दशमी तथा सुभ दिपावलीको हार्दिक शुभकामना सहित...

अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगायो

नगरपालिका–४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगाएको छ । दुई...

दश दिनमै तीन हजारले घटेको सुनको मूल्य आज भने एक्कासी स्थिर !!!

काठमाडौं, ३१ भदौ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचादीका...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology