डा . केसी पुगे बाढी प्रभावित क्षेत्रमा पीडितको स्वास्थ्य जाँच गर्न ….

४ साउन, रौतहट । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसी बाढी प्रभावितको स्वास्थ्य जाँच गर्न रौतहटको भावित ईशनाथ नगरपालिकाको बन्जरहा पुगेका छन् ।डा. केसीले शुक्रबारदेखि बन्जरहाको स्वास्थ्य चौकीमा आएका विरामीहरुको स्वास्थ्य परीक्षण गरिरहेका छन् । उनलाई स्थानीय स्वास्थ्यकर्मीहरुले सघाइरहेका छन् ।स्वास्थ्य चौकीमा आएका एक दर्जन बढी स्थानीयमा झाडापखाला लागेको पाइएको छ । ‘पानी पूरै प्रदूषित छ ।

स्थानियवासीमा झाडापखालाको लक्षण देखा पर्न थालेको छ’ डा. केसीले भने, ‘शौचालयहरु अव्यवस्थित छन । खानेपानीका मुहानहरु प्रदूषित छ, अहिले नै सचेत भइएन भने महामारी फैलिन्छ ।’बाढीबाट प्रभावित बस्तीमा झाडा पखालासँगै भाइरल ज्वरोलगायतका रोग देखापरेको उनले बताए ।
बाढी आएको नौ दिन बितिसक्दा पनि जिल्ला स्वास्थ्य कार्यालय तथा स्थानीय विपद व्यवस्थापन समितिले स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छैन ।

अकस्मात बन्जरहा आइपुगेका डा. केसीको स्वास्थ्य शिविरमा स्थानीयको बाक्लो उपस्थिति छ । बाढीको मार खेपिरहेका रौतहटका जनताहरुलाई केही राहत पुगोस् भन्ने उद्देश्यबाट आफू रौतहट आएको डा. केसीले बताए । उनले शुक्रबार मात्र १४० जना स्थानीयको स्वास्थ्य परीक्षण गरेका छन् ।

उनले पिउने पानी निकै दूषित रहेकाले स्थानीयहरुलाई स्वच्छ पानीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बन्जरहामा अझै सरकारको उपस्थिति नदेखेको तथा बाटोको अभावमा पनि राहत वितरण प्रभावित भएको उनले बताए ।

एक्कासी फेरी विप्लवका नेता भए यसरी पक्राउ …

गोरखा : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको जनवर्गीय संगठन...

अझै बेपत्ता भेटिएनन् , वर्षाका कारण अरुण नदीमा खसेको जीपको खोजी गर्न समस्या

संखुवासभा । लगातारको वर्षाका कारण अरुण नदीमा खसेको जीपको खोजी गर्न...

एक्कासी ह्वात्तै बढ्यो चादीको मूल्य , सुनको मुल्कय भने स्थिर !

आज सुनको मूल्यमा कुनै फेरबदल भएको छैन् भने चाँदीको मूल्य बढेको...

अविरल वर्षाका कारण देशका यी भागहरू डुबानमा , भयो यस्तो क्षति !!!

नेपालगञ्ज : आज बिहानै देखि परेको पानीका कारण नेपालगन्जका सेतु बिक...

एक युवकको हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले दुई जनालाई जेल चलान

महोत्तरी : करीब डेढ महीनाअघि महोत्तरीको सदरमुकाम जलेश्वरमा एक युवकको हत्या...

मोडल युनिक समिर लामाको परिवारको अबस्था नाजुक भन्छन’गरिब को दशैँ यस्तै हो’

नेपालमा रहेका अधिकांश नेपालीहरुको पिडा उस्तै छ चाडबाड आउदा बिदेशिनु...

केरा खादा स्वास्थ्यमा हुने अचम्मका ११ फाइदाहरु,विश्वले थाह नपाएको फाइदाहरु हेर्नुहोस

केरा अर्थात सदाबहार फल । बजारमा केरा बाह्रैमास पाइन्छ । कसैलाई...

पशुपति शर्माले दशैं कोसेलीमा कान्छी सम्झनालाई ल्याएर घरमा आउदा आमा रिसाईन

नेपालीहरुको महान पर्व बिजय दशमी तथा सुभ दिपावलीको हार्दिक शुभकामना सहित...

अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगायो

नगरपालिका–४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगाएको छ । दुई...

दश दिनमै तीन हजारले घटेको सुनको मूल्य आज भने एक्कासी स्थिर !!!

काठमाडौं, ३१ भदौ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचादीका...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology