आगामी मंसिरदेखि ५० वर्षसम्म विवाह नगर्ने महिलालाई ‘अविवाहित भत्ता’ दिईने , एकल पुरुषलाई पनि भत्ता !!!

डोटी । के तपाई ५० वर्ष सम्म पनि विवाह नगरी बसेको महिला हुनुहुन्छ ? यदि हो भने डोटीको दिपायल सिलगढी नगरपालिकाले अविवाहित भत्ता दिने भएको छ । ५० वर्षसम्म बिहे नगरी एकल जीवन बिताइरहेका नगर भित्रका महिलालाई नगरपालिकाले भत्ता दिने भएको हो ।

नगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ को नीति कार्यक्रम तथा बजेटमार्फत उक्त कार्यक्रमलाई अगाडी बढाउन पहल सुरु भएको दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले जानकारी दिइन् । पाँचौ नगरसभामा प्रस्तुत गरेको नीति, कार्यक्रम तथा बजेटमा अविवाहित महिलालाई भत्ता दिने बुँदा समेटिएको छ।

जसमा ५० वर्षसम्म बिहे नगरी एकल जीवन यापन गरिरहेका महिलालाई वैकल्पिक व्यवस्था नभएसम्म सामाजिक सुरक्षा भत्ता नगरपालिकाले प्रदान गर्ने र उनीहरुलाई सीपमुलक कार्यक्रममा समावेश गरी आयआर्जनका क्रियाकलापमा जोड दिइने नीति नगरपालिकाले लिएको छ ।

त्यसका लागि नगरपालिका भित्र ५० वर्षसम्म बिहे नगरी बसेका महिलाको तथ्यांक संकलनका लागि कार्यविधि तयार पार्न लागिएको नगरपालिकाले जनाएको छ । उक्त कार्यक्रम आगामी मंसिरदेखि सुरु हुने नगरप्रमुख मलासीको भनाई छ । त्यसको लागि कार्य विधि तयार गर्ने काम भइरहेको छ ।

यसअघि बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई बिदुर भत्ता दिएको थियो । सरकारले एकल महिलालाई भत्ता दिईरहेको सन्दर्भमा नगरपालिकाले एकल पुरुषलाई पनि भत्ता दिने निर्णय २०७५ भदौंमा गरेको थियो । दिपायल सिलगढी नगरपालिकाले भने नौलो कामको सुरुवात गरेको हो ।

एक्कासी फेरी विप्लवका नेता भए यसरी पक्राउ …

गोरखा : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको जनवर्गीय संगठन...

अझै बेपत्ता भेटिएनन् , वर्षाका कारण अरुण नदीमा खसेको जीपको खोजी गर्न समस्या

संखुवासभा । लगातारको वर्षाका कारण अरुण नदीमा खसेको जीपको खोजी गर्न...

एक्कासी ह्वात्तै बढ्यो चादीको मूल्य , सुनको मुल्कय भने स्थिर !

आज सुनको मूल्यमा कुनै फेरबदल भएको छैन् भने चाँदीको मूल्य बढेको...

अविरल वर्षाका कारण देशका यी भागहरू डुबानमा , भयो यस्तो क्षति !!!

नेपालगञ्ज : आज बिहानै देखि परेको पानीका कारण नेपालगन्जका सेतु बिक...

एक युवकको हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले दुई जनालाई जेल चलान

महोत्तरी : करीब डेढ महीनाअघि महोत्तरीको सदरमुकाम जलेश्वरमा एक युवकको हत्या...

मोडल युनिक समिर लामाको परिवारको अबस्था नाजुक भन्छन’गरिब को दशैँ यस्तै हो’

नेपालमा रहेका अधिकांश नेपालीहरुको पिडा उस्तै छ चाडबाड आउदा बिदेशिनु...

केरा खादा स्वास्थ्यमा हुने अचम्मका ११ फाइदाहरु,विश्वले थाह नपाएको फाइदाहरु हेर्नुहोस

केरा अर्थात सदाबहार फल । बजारमा केरा बाह्रैमास पाइन्छ । कसैलाई...

पशुपति शर्माले दशैं कोसेलीमा कान्छी सम्झनालाई ल्याएर घरमा आउदा आमा रिसाईन

नेपालीहरुको महान पर्व बिजय दशमी तथा सुभ दिपावलीको हार्दिक शुभकामना सहित...

अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगायो

नगरपालिका–४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगाएको छ । दुई...

दश दिनमै तीन हजारले घटेको सुनको मूल्य आज भने एक्कासी स्थिर !!!

काठमाडौं, ३१ भदौ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचादीका...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology