दुई महिनापछि सुरु भयो गौतम बुद्ध क्रिकेट रंगशालानिर्माणको कार्य ,दशैंअघि डीपीआर हुने ….

७, साउन, चितवन । जेठ १५ गतेदेखि रोकिएको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम झण्डै दुई महिनापछि मंगलबार सुरु भएको छ ।धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मसले विहान सिमसिमे पानीमा बेल्चा, गल र रड बोकेर रंगशाला निर्माणको काम सुरु गरे । मजदुरहरू काममा खटिएका छन् भने फाउण्डेसनको साइट कार्यालय पनि खुलेको छ ।

मंगलबार साँझ थप कामदारहरु साइटमा आइपुग्ने धुर्मुसले जानकारी दिए । निर्माणस्थलको सुरक्षाका लागि प्रहरी नायव निरीक्षकको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ ।भरतपुर महानगरपालिका १५ रामपुरमा निर्माण थालिएको रंगशालाको तीनतर्फ जस्तापाताले घेरेर बार लगाइएको छ । पश्चिमतर्फ बाटोसम्बन्धी विवाद हुँदा जस्तापाताले घेरिएको छैन ।

मैदानका लागि रोपिएको दुवोको संरक्षण र हेरचाहका लागि नेपालकै वरिष्ठ क्यूरेट कोमलबहादुर पाण्डे चितवन आउँदैछन् । वर्षायाममा अरु काम हुन नसक्ने हुनाले झाडी हटाउने, कर्मचारी तथा मजदुर आवासको भवन बनाउने, त्यसको रंगरोगन गर्नेलगायतका काम गर्ने धुर्मुसले बताए ।

जेठ १५ गते स्थानीयको एउटा समूहले रंगशाला निर्माणस्थलको बारमा डोजर चलाएपछि फाउण्डेशनले काम गर्ने वातावरण नभएको भन्दै काम स्थगित गरेको थियो । जिल्लास्तरमा गठित रंगशाला निर्माण सहयोग समितिले वातावरण सहज भएको भन्दै काममा फर्किन फाउन्डेसनलाई अपिल गरेको थियो ।

दशैंअघि डीपीआर, तिहारपछि निर्माण
गत माघ १६ गते रंगशाला निर्माणका लागि चितवन आएको धुर्मस सुन्तली फाउण्डेसनले भदौभित्रै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुने र रंगशाला शिलान्यास गर्ने बताएको थियो । तर निर्माणमा अवरोध भएपछि डीपीआर निर्माणको काम एक महिना पछि धकेलिएको छ ।

फाउन्डेसनका अध्यक्ष धुर्मुसले दशैं अगाडि नै डीपीआर तयार हुने बताए । ‘दशैं अगाडि नै रंगशालाको डीपीआर आइसक्छ तिहारपछि काम धमाधम अघि बढ्छ’ उनले भने ।डीपीआर निर्माणको काम नेपाल र भारतका दुई कम्पनीले संयुक्त रुपमा गरिरहेका छन् । नेपालमा क्रिएटिभ र भारतमा हफिस नामका कन्सल्टेन्सीले संयुक्त रुपमा काम गरिरहेका हुन् ।

वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को काम भने अन्तिम चरणमा पुगेको धुर्मुसले बताए । रकम संकलन भएमा दुई बर्षभित्रै रंगशाला निर्माण सक्ने प्रतिवद्धता भने यथावत रहेको धुर्मुस बताउँछन् ।

रकम संकलनमा तिब्रता

फाउन्डेसन र जिल्ला स्तरीय निर्माण सहयोग समितिले सहयोग घोषणा गरिएको रकम संकलनलाई तिब्रता दिने भएको छ । साउन ५ गते बसेको बैठकले बोलेको रकम उठाउने र थप रकम उठाउने अभियान नै सञ्चालन गर्ने निर्णय गरेको छ ।

झण्डै तीन अर्ब लाग्ने रंगशाला निर्माणका लागि सर्वसाधारणबाट ६ करोड रुपैयाँको प्रतिवद्धता आएको छ । रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले ६ करोड ४५ लाख र प्रदेश नं तीन सरकारले ५ करोड रुपैयाँ दिने निर्णय गरिसकेका छन् । ‘६ करोड जति बोलेको रकम छ, तर रकम हात परेको छैन’ फाउण्डेशनका अध्यक्ष कट्टेलले भने, ‘बोलेको रकम नपाउँदा डीपीआरको कामसमेत प्रभावित बनेको छ ।’

विदेशमा कार्यक्रम गरी ल्याएको एक करोड ३० लाख रुपैयाँबाट रंगशालाको हालसम्मको काम गरिएको उनको भनाइ छ ।रंगशाला निर्माणका लागि चितवनका ७ वटै स्थानीय तहमा समेत सहयोग संकलन समिति गठन गरिने भएको छ । रंगशालाकै लागि जिल्लास्तरमा लेखा, प्राविधिक, निर्माण व्यवस्थापन, खेलकुद समिति बनिसकेको धुर्मुसले जानकारी दिए ।

एक्कासी फेरी विप्लवका नेता भए यसरी पक्राउ …

गोरखा : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको जनवर्गीय संगठन...

अझै बेपत्ता भेटिएनन् , वर्षाका कारण अरुण नदीमा खसेको जीपको खोजी गर्न समस्या

संखुवासभा । लगातारको वर्षाका कारण अरुण नदीमा खसेको जीपको खोजी गर्न...

एक्कासी ह्वात्तै बढ्यो चादीको मूल्य , सुनको मुल्कय भने स्थिर !

आज सुनको मूल्यमा कुनै फेरबदल भएको छैन् भने चाँदीको मूल्य बढेको...

अविरल वर्षाका कारण देशका यी भागहरू डुबानमा , भयो यस्तो क्षति !!!

नेपालगञ्ज : आज बिहानै देखि परेको पानीका कारण नेपालगन्जका सेतु बिक...

एक युवकको हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले दुई जनालाई जेल चलान

महोत्तरी : करीब डेढ महीनाअघि महोत्तरीको सदरमुकाम जलेश्वरमा एक युवकको हत्या...

मोडल युनिक समिर लामाको परिवारको अबस्था नाजुक भन्छन’गरिब को दशैँ यस्तै हो’

नेपालमा रहेका अधिकांश नेपालीहरुको पिडा उस्तै छ चाडबाड आउदा बिदेशिनु...

केरा खादा स्वास्थ्यमा हुने अचम्मका ११ फाइदाहरु,विश्वले थाह नपाएको फाइदाहरु हेर्नुहोस

केरा अर्थात सदाबहार फल । बजारमा केरा बाह्रैमास पाइन्छ । कसैलाई...

पशुपति शर्माले दशैं कोसेलीमा कान्छी सम्झनालाई ल्याएर घरमा आउदा आमा रिसाईन

नेपालीहरुको महान पर्व बिजय दशमी तथा सुभ दिपावलीको हार्दिक शुभकामना सहित...

अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगायो

नगरपालिका–४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगाएको छ । दुई...

दश दिनमै तीन हजारले घटेको सुनको मूल्य आज भने एक्कासी स्थिर !!!

काठमाडौं, ३१ भदौ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचादीका...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology