विश्वकप क्रिकेट एसियाली छनोट प्रतियोगिताको अन्तिम खेलमा नेपालको लज्जास्पद हार …

काठमाडौं, १२ साउन । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तरगत एसियाली छनोट प्रतियोगिताको अन्तिम खेलमा सिंगापुरसँग ८२ रनको लज्जास्पद हार बेहोर्दै नेपालको सन् २०२० को टी–२० विश्वकप खेल्ने सपना तुहिएको छ ।

जितका लागि १ सय ९२ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो ।नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ रन बनाए । उनले यस क्रममा ४ चौका र ३ छक्का हिर्काए । त्यस्तै दीपेन्द्र सिंह ऐरीले २३ रन बनाए ।कप्तान पारसले १२ रनको योगदान दिए भने सोमपाल कामीले ११ रन बनाए । मध्यक्रमका अन्य ब्याटसम्यानले दोहोरो अंकमा रनसमेत जोड्न सकेनन् ।

सिंगापुरका लागि सेलाडोर विजयाकुमारले ४ विकेट लिँदै नेपालको ब्याटिङक्रमलाई ध्वस्त बनाएका थिए । यसअघि, टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९१ रन बनाएको ।

सिंगापुरका लागि टिम डेभिडले सर्वाधिक ७७ रन बनाए । विस्फोटक ब्याटिङ गरेका उनले ४३ बल सामना गर्दै ८ चौका र ३ छक्का हिर्काए ।त्यस्तै, ओपनर रोहन रंगाराजनले ३३ बलमा ४९ रनको योगदान दिए । उनले यस क्रममा ३ चौका र ४ छक्का हिर्काए । विकेटकिपर मनप्रित सिंहले पनि २७ बलमा ४२ रन बनाउँदै सिंगापुरलाई विशाल लक्ष्यतर्फ डोर्याए । उनले यसक्रममा ३ चौका र २ छक्का हिर्काए ।

नेपालका लागि अभिनाष बोहराले कसिलो बलिङ गर्दै ४ विकेट लिए । चार ओभर बलिङ गर्दै उनले ३५ रन खर्चिए । त्यस्तै करण केसीले ३ ओभर बलिङ गर्दै २६ रन खर्चेर २ विकेट लिए ।

आजको खेलमा नेपालका दुई स्पीनर सन्दीप लामिछाने र बसन्त रेग्मी निकै महंगो साबित भए । दुवैले कुनै विकेट लिन सकेनन् र ७ ओभरमा ८८ रन खर्चिए ।नेपाललाई हराउँदै सिंगापुरले अक्टोबरमा यूएईमा आयोजना हुने ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल भएको छ । ग्लोबल क्वालिफायरमा १४ टोलीको सहभागिता रहनेछ । त्यसमा शीर्ष ६ टोलीले २०२० मा अस्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप क्रिकेट खेल्न पाउने छ ।नेपालले पहिलो खेलमा कतारसँग अप्रत्यासित हार बेहोरेको नेपालले त्यसयता मलेसिया र कुवेतलाई हराएको थियो ।

चलचित्रबाट दर्शकलाई रूहाउने कलाकार सुभद्रा अधिकारीले सबैलाई रूहाएर गईन,आर्यघाटमा कलाकारको रुवाबासी

वरिष्ठ कलाकार सुभद्रा अधिकारीको हृदयघातका कारण निधन भएको छ । शनिबार,...

चितवनमा फेरी ढुंगामुढा -फेरि तनावग्रस्त, प्रहरीद्धारा अश्रुग्यास प्रहार

काठमाडौं । चितवनमा शनिबार पनि झडप भएको छ । पत्रकार रवि...

रबि लामिछानेको बहिनीको चितवनमा रुवाबासी,मेरो रबि दाईलाई फसायो भन्दै आक्रोशित

रबि लामिछानेको समर्थनमा चितवनमा जनलहर उर्लिएको छ।५ दिन थुनामा राख्न अनुमति...

रबि लामिछानेको दाई भाबुक हुदै पहिलोपटक मिडियामा,रविलाइ फसाउन यस्तो सम्म नाटक रचियो!

पत्रकार रबि लामिछानेको दाई भाबुक हुदै मिडियामा आएका छन।एक्कासी पत्रकार रवि...

नेपाली बजारमा हेर्नुहोस् आजको सुनचादीको मुल्य , तोलाको कति ?

काठमाडौं । आज (शुक्रबार) सुनको भाउ स्थिर रहेको छ। । बिहिबार...

रबि लामिछाने पक्राउ परेको केहि समयमै उनकै नजिकको वकिलको प्रश्न:केटि लागाएर फसाउन पाईन्छ?

काठमाडौं । काठमाडौंको पानीपोखरीस्थित न्यूज २४ को कार्यालयबाटै कार्यक्रम ‘सीधाकुरा जनतासँग’का...

रबि लामिछाने पक्राउ पर्नु भन्दा केहि मिनेट अगाडी रबि संगको टेलिफोन बार्ता एस्तो छ,किन बोल्न चाहेनन्?

३० साउन, काठमाडौं । प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने...

पत्रकार रबि लामिछाने र युवराज कडेल पक्राउ

३० साउन, काठमाडौं । पत्रकार सालिकराम पुडासैनीको घटना भएको केहि समय...

अन्तत प्रहरीले पत्रकार रवि लामिछानेलाइ पक्राउ गर्यो

३० साउन, काठमाडौं । प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology