किन ख्नानुपर्छ भिटामिन डी ? के केमा पाइन्छ भिटामिन डी ? हेर्नुहोस

भिटामिन डीको सबैभन्दा महत्वपूर्ण कार्य हाम्रो शरीरको हड्डी बलियो बनाउनु हो । त्यसो त हड्डी बलियो बनाउनका लागि क्याल्सियमको आवश्कता पर्दछ । भिटामिन डीले त्यही क्याल्सियमको मात्रालाई सन्तुलित बनाउँछ । भिटामिन डीको सेवनले हामीलाई हड्डीसँग सम्बन्धित कुनै पनि रोगहरु लाग्ने सम्भावना अत्यन्त न्यून हुन्छ ।

भिटामिन डीले हाम्रो शरीरको मांशपेशीहरुलाई पनि बलियो बनाउँछ । यसका साथै यसले शरीरमा आस्टियोकेल्किन नामक प्रोटिनको निर्माणमा पनि सहयोग पुर्‍याउँछ । भिटामिन डिले हड्डी टुट्नबाट समेत बचाउँछ ।

केमा पाइन्छ भिटामिन डी ?

हामीले दैनिक रुपमा उपभोग गर्ने अधिकांश खाद्य पदार्थमा भिटामिन डी पाइन्छ । दूध, घीउ, अण्डाको पहेंलो भाग, माछाको तेल तथा बिहानको घामको किरणलाई भिटामिन डीको राम्रो स्रोत मानिन्छ । यी मध्ये पनि सूर्यको किरण सबैभन्दा राम्रो र निःशुल्क पाइने भिटामिन डीको स्रोत हो ।

हामी हरेक दिन करिव पाँच मिनेट घाममा बस्यौं भने पनि हाम्रो शरीरले भिटामिन डी पाइरहेको हुन्छ । हाम्रो छालामा एउटा त्यस्तो पदार्थ हुन्छ, जुन सूर्यको पराबैजनी किरणको प्रभावबाट भिटामिन डीमा परिवर्तन हुन्छ ।

भिटामिन डीको कमीले के-के हुन्छ ?

भिटामिन डीको कमीले महिलाहरुमा धेरै प्रकारका समस्याहरु देखा पर्छन् । अमेरिकी अनुसन्धानकर्ताहरुका अनुसार भिटामिन डीको कमीले फोक्सोको बनावट तथा दैनिक कामकाजमा नै फरक पर्न सक्छ । भिटामिन डीको कमिले फोक्सोले गर्ने कार्य क्षमतामा पनि कमि आउँछ । यसबाहेक भिटामिन डीको कमीले फोक्सो खुम्चिन्छ । यसले गर्दा श्वास-प्रश्वास प्रकृयामै समस्या उत्पन्न हुन सक्छ ।

भिटामिन डीको कमिले ढाड तथा कम्मर दुख्न थाल्छ । एउटा अध्ययन अनुसार कम्मर दुखाइबाट पीडित ३ सय ६० जना बिरामीहरुमा भिटामिन डीको स्तर परिक्षण गरिएको थियो । परिणाम, सबै बिरामीहरुमा भिटामिन डीको कमि देखियो । भिटामिन डीको कमीले हड्डीको सतह कमजोर हुन्छ, जसबाट हड्डीसंग सम्बन्धित कुनै पनि समस्या देखा पर्न सक्छ ।

एउटा अध्ययन अनुसार भिटामिन डीको कमीले किशोरीहरुलाई कम उमेरमै श्वास-प्रश्वास प्रकृयाको समस्या देखिन सक्छ ।

शरीरको मध्य भागमा कम्मर हुन्छ र यसले शरीरको अधिकांश भार थामेको हुन्छ । मेरुदण्ड समेत पूर्णरुपले कम्मरमै अडिएको हुन्छ । यदि हाम्रो शरीरमा भिटामिन डीको कमी छ भने मेरुदण्डले शरीरको भार थेग्न गाह्रो पर्छ ।

भिटामिन डीको मात्रा र शरीरमा मोटोपनको सूचक बडी मास इन्डेक्स, कम्मरको आकार र स्कीन फोल्ड रेशाको गहिरो सम्बन्ध हुन्छ । जुन महिलामा भिटामिन डीको कमी हुन्छ, उनीहरुमा भिटामिन डीको मात्रा बढी हुनेहरुको तुलनामा मोटोपन तीव्र रुपमा बढ्ने गरेको पाइएको छ ।

महिलाहरु प्रायः हाडजोर्नीको समस्याबाट ग्रस्त हुन्छन् । उमेर बढ्दै जाँदा महिलाहरुमा यो समस्या झन् बढ्दै जान्छ । उनीहरुलाई साधारण काम गर्न समेत गाह्रो हुन्छ । यस्तो अवस्थामा उनीहरुले भिटामिन डीको सेवन गर्ने मात्रा बढाए भने त्यस्ता समस्याबाट सजिलै छुटकारा पाउन सक्नछन् ।

महिलाहरुमा कम्मर दुखाइको समस्या पनि साझा समस्याकै रुपमा देखिन्छ । वैज्ञानिकहरुका अनुसार यदि जाडोमा भिटामिन डीको प्रमुख श्रोत घामलाई सेवन गरेमा यसबाट छुटकारा प्राप्त गर्न सकिन्छ ।

गर्भवती महिलाहरुले विभिन्न प्रकारका स्वास्थ समस्याबाट ग्रसित हुनु पर्छ । त्यस्तो बेलामा उनीहरुको शरीरमा भिटामिन डीको कमि भयो भने मल्टिपल सिरोसिसको सम्भावना अत्यधिक हुन्छ ।

त्यसो त भिटामिन डी हाम्रो आँखाका लागि पनि फाइदाजनक हुन्छ । हालै गरिएको एउटा अध्ययन अनुसार भिटामिन डीको प्रयोगले नजिकको दृश्य हेर्न गाह्रो हुने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

यसका साथै जुन महिलाले बाल्यकालदेखि नै भिटामिन डीको सेवन गरेका हुन्छन्, उनीहरुलाई महिनाबारीपछि हड्डीसँग सम्बन्धित रोगहरु लाग्ने सम्भावना अत्यन्त न्यून हुन्छ ।

चलचित्रबाट दर्शकलाई रूहाउने कलाकार सुभद्रा अधिकारीले सबैलाई रूहाएर गईन,आर्यघाटमा कलाकारको रुवाबासी

वरिष्ठ कलाकार सुभद्रा अधिकारीको हृदयघातका कारण निधन भएको छ । शनिबार,...

चितवनमा फेरी ढुंगामुढा -फेरि तनावग्रस्त, प्रहरीद्धारा अश्रुग्यास प्रहार

काठमाडौं । चितवनमा शनिबार पनि झडप भएको छ । पत्रकार रवि...

रबि लामिछानेको बहिनीको चितवनमा रुवाबासी,मेरो रबि दाईलाई फसायो भन्दै आक्रोशित

रबि लामिछानेको समर्थनमा चितवनमा जनलहर उर्लिएको छ।५ दिन थुनामा राख्न अनुमति...

रबि लामिछानेको दाई भाबुक हुदै पहिलोपटक मिडियामा,रविलाइ फसाउन यस्तो सम्म नाटक रचियो!

पत्रकार रबि लामिछानेको दाई भाबुक हुदै मिडियामा आएका छन।एक्कासी पत्रकार रवि...

नेपाली बजारमा हेर्नुहोस् आजको सुनचादीको मुल्य , तोलाको कति ?

काठमाडौं । आज (शुक्रबार) सुनको भाउ स्थिर रहेको छ। । बिहिबार...

रबि लामिछाने पक्राउ परेको केहि समयमै उनकै नजिकको वकिलको प्रश्न:केटि लागाएर फसाउन पाईन्छ?

काठमाडौं । काठमाडौंको पानीपोखरीस्थित न्यूज २४ को कार्यालयबाटै कार्यक्रम ‘सीधाकुरा जनतासँग’का...

रबि लामिछाने पक्राउ पर्नु भन्दा केहि मिनेट अगाडी रबि संगको टेलिफोन बार्ता एस्तो छ,किन बोल्न चाहेनन्?

३० साउन, काठमाडौं । प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने...

पत्रकार रबि लामिछाने र युवराज कडेल पक्राउ

३० साउन, काठमाडौं । पत्रकार सालिकराम पुडासैनीको घटना भएको केहि समय...

अन्तत प्रहरीले पत्रकार रवि लामिछानेलाइ पक्राउ गर्यो

३० साउन, काठमाडौं । प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology