स्टार नायक अनमोल केसी र प्रदिप खड्का यसरी आउदै छन सन्तोष सेनको चलचित्रमा

अहिलेका जल्दाबल्दा अभिनेता हुन्, अनमोल केसी र प्रदीप खड्का । दुईलाई एकअर्काको प्रतिस्पर्धी मान्ने गरिन्छ । उनीहरुबीच पारिश्रमिकमा समेत अघोषित प्रतिस्पर्धा चल्ने गरेको छ । बजारको चर्चालाई आधार मान्ने हो भने अहिले दुईले एक फिल्मका लागि ४० लाखभन्दा बढी डिमान्ड गर्ने गरेका छन् । यो रकम तिर्न मेकर्सलाई पनि कुनै आपत्ति छैन । किनकि, दुईको चार्म र स्टारडम गजब छ ।

संख्यात्मक हिसाबले लगभग बराबरी फिल्म गरिसकेका अनमोल र प्रदीपलाई एउटै स्क्रिनमा हेर्ने दर्शकको ठूलो इच्छा छ । केही मेकर्सले यो प्रयास नगरेका पनि होइनन् । तर, अहिलेसम्म सम्भव हुन सकेको छैन । गएको दुई वर्षअघि एक अवार्ड समारोहमा उनीहरु पहिलो पटक आमने-सामने भएका थिए । भेटको क्रममा उनीहरु एकअर्कासँग तर्किएनन् । मिठो भलाकुसारी गर्दै मिडियाका लागि तश्विर खिचाए ।

गत वर्षको फागुनमा अभिनेता प्रदीपले अनमोल अभिनीत फिल्म ‘क्याप्टेन’ को ट्रेलर आफ्नो अधिकारिक फेसबुकमा साझेदार गर्दै गजबको प्रशंसा गरेका थिए । अनमोलले पनि कमेन्टमा प्रदीपलाई धन्यवाद दिँदै ‘लभ स्टेशन’ को सफलताको शुभकामना दिए । फिल्मकर्मीमा भाईचारको सम्बन्ध हराउँँदै गएको अवस्थामा दुईले एकअर्काप्रति गरेको सम्मान र प्रोत्साहनले फिल्म क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको थियो ।

एकअर्कासँग नजिक हुँदै गएका अनमोल र प्रदीपलाई एउटै फिल्ममा टिमअप गराउने प्रयास असफल भइरहेको अवस्थामा ‘प्रेमगीत’ सिरिजका निर्माता सन्तोष सेन अगाडि सरेका छन् । प्रदीप खड्कालाई लिएर फिल्म ‘प्रेमगीत ३’ निर्माणको तयारीमा रहेका निर्माता सेनले आइतबार राजधानीको एक रेस्टुराँमा अनमोलसँग दोस्रो पटक भेट गरेका छन् । भेट संयोगले भएको थिएन । दुईको भेट प्लानिङ थियो ।

निर्माता सेनले अनमोलसँग भेट गरेको तश्विर सामाजिक सञ्जालमा साझेदार गरेपछि यसले फिल्मवृतमा ठूलै तरंग ल्याएको छ । ‘प्रेमगीत ३’ मा अनमोललाई पनि ज्वाइन गर्न सन्तोषले भेट गरेका हुन् ? वा, नयाँ फिल्ममा अनमोलसँग सहकार्य गर्दैछन् ? अनमोल र प्रदीपलाई टिमअप गराउने प्रयास त होइन ? हरेकको मनमा जिज्ञासा पलाएको छ । निर्माता सेनले अनमोलसँग फिल्मसँगै अभिनय र व्यक्तिगत जीवनबारे कुरा भएको बताए ।

‘हाम्रो यो दोस्रो भेट हो । यसअघि धेरै पटक भेट्ने प्रयास भए पनि विभिन्न कारणले हुन सकेको थिएन । कहिले मेरो समय नमिल्ने कहिले अनमोल व्यस्त । हिजो चाहिँ हामीले औपचारिक रुपमा भेट गर्यौं’, सेनले फिल्मीखबरसँग भने, ‘मलाई अनमोल जेन्टलम्यान लाग्यो । उसको बोली र व्यबहारबाट म प्रभावित भएँ ।’ यसअघि उनले आफू निर्मित सफल फिल्म ‘प्रेमगीत’ प्रदीपभन्दा अगाडि अनमोललाई अफर गरेका थिए ।

निर्माता सेनले आफूलाई अनमोलसँग पहिलादेखि नै फिल्ममा सहकार्य गर्ने इच्छा रहेको बताए । ‘हामीले अनमोललाई ‘प्रेमगीत’ अफर गरेका थियौं । तर, विभिन्न कारणले सहकार्य हुन सकेन । अहिले म ‘प्रेमगीत ३’ बनाउँदैछ । अनमोल पनि चाँडै नयाँ फिल्ममा व्यस्त हुँदैछ । यसपछि हामीबीच टिमअप हुनसक्छ’, उनले भने । नयाँ फिल्ममा अनमोल र प्रदीपलाई लिने आफ्नो सोच रहेको पनि उनले स्पष्ट पारे ।

सेन भन्छन्, ‘अनमोल र प्रदीप दुबैलाई एउटै फिल्ममा हेर्ने दर्शकको ठूलो इच्छा छ । त्यो मेरो पनि हो । राम्रो कन्टेन्ट भेटियो र दुबै गर्न राजी भएको खण्डमा नयाँ फिल्ममा सहकार्य हुनसक्ने सम्भावना छ ।’ उनी अनमोलसँगको भेट निकै राम्रो भएको बताउँछन् । निर्माता सेनले अनमोल र प्रदीपबीच टिमअप गराउने पहल आरम्भ गरेसँगै दर्शक र फिल्मकर्मीमा उक्त प्रोजेक्टप्रति चासो सुरु भएको छ । के सम्भव होला त दुईबीच सहकार्य ?

चलचित्रबाट दर्शकलाई रूहाउने कलाकार सुभद्रा अधिकारीले सबैलाई रूहाएर गईन,आर्यघाटमा कलाकारको रुवाबासी

वरिष्ठ कलाकार सुभद्रा अधिकारीको हृदयघातका कारण निधन भएको छ । शनिबार,...

चितवनमा फेरी ढुंगामुढा -फेरि तनावग्रस्त, प्रहरीद्धारा अश्रुग्यास प्रहार

काठमाडौं । चितवनमा शनिबार पनि झडप भएको छ । पत्रकार रवि...

रबि लामिछानेको बहिनीको चितवनमा रुवाबासी,मेरो रबि दाईलाई फसायो भन्दै आक्रोशित

रबि लामिछानेको समर्थनमा चितवनमा जनलहर उर्लिएको छ।५ दिन थुनामा राख्न अनुमति...

रबि लामिछानेको दाई भाबुक हुदै पहिलोपटक मिडियामा,रविलाइ फसाउन यस्तो सम्म नाटक रचियो!

पत्रकार रबि लामिछानेको दाई भाबुक हुदै मिडियामा आएका छन।एक्कासी पत्रकार रवि...

नेपाली बजारमा हेर्नुहोस् आजको सुनचादीको मुल्य , तोलाको कति ?

काठमाडौं । आज (शुक्रबार) सुनको भाउ स्थिर रहेको छ। । बिहिबार...

रबि लामिछाने पक्राउ परेको केहि समयमै उनकै नजिकको वकिलको प्रश्न:केटि लागाएर फसाउन पाईन्छ?

काठमाडौं । काठमाडौंको पानीपोखरीस्थित न्यूज २४ को कार्यालयबाटै कार्यक्रम ‘सीधाकुरा जनतासँग’का...

रबि लामिछाने पक्राउ पर्नु भन्दा केहि मिनेट अगाडी रबि संगको टेलिफोन बार्ता एस्तो छ,किन बोल्न चाहेनन्?

३० साउन, काठमाडौं । प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने...

पत्रकार रबि लामिछाने र युवराज कडेल पक्राउ

३० साउन, काठमाडौं । पत्रकार सालिकराम पुडासैनीको घटना भएको केहि समय...

अन्तत प्रहरीले पत्रकार रवि लामिछानेलाइ पक्राउ गर्यो

३० साउन, काठमाडौं । प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology