सागका लागि नेपाली क्रिकेट टोलीको तयारी आइतबारबाट सुरु…

१२ भदौ, काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली क्रिकेट टोलीको तयारी आइतबारबाट सुरु हुने भएको छ । यसका लागि ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएकाे छ ।सिनियर कि यू–२३ टोली खेल्ने भन्ने अन्यौलका कारण पुरुष टिमको तयारी सुरु हुन सकेको थिएन ।

यो अन्यौल अझै हटेको छैन । नेपाल ओलम्पिक कमिटीले टेष्ट नेशनको यू–२३ र अरु देशका लागि उमेर हद नतोक्ने प्रस्ताव गरेको छ तर दक्षिण एसियाली ओलम्पिक कमिटीले निर्णय गरेको छैन । सम्भवत: सेप्टेम्बर पहिलो साता बैठक बस्नेछ ।

तर, ओमानमा हुने प्रतियोगिताका लागि पनि हेरेर सिनियर खेलाडीहरुलाई पनि प्रशिक्षणमा बोलाइएको छ ।कप्तान पारस खड्का भन्छन्, ‘राष्ट्रिय खेलकुद परिषद्ले सिनियर टिम नै खेल्न भनेर तयारी गर्न निर्देशन दिएको छ । यदि नयाँ निर्णय भएछ भने त्यसअनुसार टिम घोषणा हुन्छ ।’

टोलीमा सिनियर र यू–१९ टोलीका नियमित सदस्यको बाहुल्यता छ । कप्तान पारस खड्कासँगै ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, करण केसी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, प्रदीप ऐरी, जितेन्द्र मुखिया र विनोद भण्डारीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

यस्तै, आरिफ शेख, अनिलकुमार साह, अभिनाश बोहोरा, सुनिल धमला, राजु रिजाल, शौरभ खनाल, ललितनारायण भण्डारी, पवन शरार्फ, विक्रम शोव र सन्दीप जोरा पनि प्रारम्भिक टोलीमा छन् । यसैगरी कुशल मल्ल, रित गौतम, अमित श्रेष्ठ, किशोर महतो, सुशान भारी, नन्दन यादव, भीम सार्की, कुशल भुर्तेल, सागर ढकाल, इशान पाण्डे, आसिफ शेख र शोएल आलम पनि प्रारम्भिक टोलीमा छन् ।

एक्कासी फेरी विप्लवका नेता भए यसरी पक्राउ …

गोरखा : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको जनवर्गीय संगठन...

अझै बेपत्ता भेटिएनन् , वर्षाका कारण अरुण नदीमा खसेको जीपको खोजी गर्न समस्या

संखुवासभा । लगातारको वर्षाका कारण अरुण नदीमा खसेको जीपको खोजी गर्न...

एक्कासी ह्वात्तै बढ्यो चादीको मूल्य , सुनको मुल्कय भने स्थिर !

आज सुनको मूल्यमा कुनै फेरबदल भएको छैन् भने चाँदीको मूल्य बढेको...

अविरल वर्षाका कारण देशका यी भागहरू डुबानमा , भयो यस्तो क्षति !!!

नेपालगञ्ज : आज बिहानै देखि परेको पानीका कारण नेपालगन्जका सेतु बिक...

एक युवकको हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले दुई जनालाई जेल चलान

महोत्तरी : करीब डेढ महीनाअघि महोत्तरीको सदरमुकाम जलेश्वरमा एक युवकको हत्या...

मोडल युनिक समिर लामाको परिवारको अबस्था नाजुक भन्छन’गरिब को दशैँ यस्तै हो’

नेपालमा रहेका अधिकांश नेपालीहरुको पिडा उस्तै छ चाडबाड आउदा बिदेशिनु...

केरा खादा स्वास्थ्यमा हुने अचम्मका ११ फाइदाहरु,विश्वले थाह नपाएको फाइदाहरु हेर्नुहोस

केरा अर्थात सदाबहार फल । बजारमा केरा बाह्रैमास पाइन्छ । कसैलाई...

पशुपति शर्माले दशैं कोसेलीमा कान्छी सम्झनालाई ल्याएर घरमा आउदा आमा रिसाईन

नेपालीहरुको महान पर्व बिजय दशमी तथा सुभ दिपावलीको हार्दिक शुभकामना सहित...

अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगायो

नगरपालिका–४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगाएको छ । दुई...

दश दिनमै तीन हजारले घटेको सुनको मूल्य आज भने एक्कासी स्थिर !!!

काठमाडौं, ३१ भदौ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचादीका...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology