आजको मौसम ; धेरै स्थानमा चट्याङसहितको वर्षा , सचेत रहन सबैमा आग्रह !

  • कस्तो रहन्छ आगामी तीन दिनको मौसम ?
  • काठमाडौँ, २४ भदौ । पानी पार्ने मौसमी प्रणाली मनसुनी न्यून चापीय रेखा औसत स्थानबाट केही माथि सरेर नेपाल नजिकै आएकाले आगामी तीन दिनसम्म देशभर मौसमी गतिविधि बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार आज (बुधबार) देखि पर्सि (शुक्रबार)सम्म देशका धेरै स्थानमा मध्यम तथा केही स्थानमा ठूलो वर्षा हुने सम्भावना छ।

    महाशाखाले बुधबार बिहान जारी गरेको बुलेटिनमा भनिएको छ-मनसुनी न्यून चापीय रेखा पूर्वी भाग औसत स्थानभन्दा केही माथि (नेपाल नजिक) छ र अन्य स्थानमा आसपासमा अवस्थित छ। बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिविधि बढिरहेको छ।’

    महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भवना छ भने मध्य र पूर्वी क्षेत्रका एक/दुई स्थानमा ठूलो पानी पर्ने मौसमी संकेत देखिएको छ।

    काठमाडौं उपत्यकामा पनि भारी वर्षाको सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताए। ‘उपत्यकामा पनि दिउँसो मेघ गर्जनसहित वर्षाको सम्भावना छ, भारी वर्षा पनि हुन सक्छ,’ नेपालखब उनले भने, ‘तर उपत्यकाभर नभएर आइसुलेटेड (ठाउँ–ठाउँमा, खण्ड–खण्ड) वर्षा हुने सम्भावना छ।’

    यस्तै राति पनि पूर्वदेख पश्चिमसम्मै भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले अनुमान गरेका छन्।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ : देशका धेरै स्थानहररूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्ययमसम्म वर्षा साथै थोरै स्थानहररूमा भारी वर्षाको सम्भावना भएकाले नदीमा आकस्मिक बहाव बढ्न सक्ने, पहाडी भूभागमा पहिरो जानसक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउनु हुन अनुरोध छ।’

    आगामी तीन दिनको मौसम पूर्वानुमान
    भाद्र २५ गते बुधवार
    दिउँसो : देशभरि सामान्य बदली रही धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पूर्व र मध्य भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

    राति : देशभरि सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। पूर्वदेखि पश्चिमसम्मकै थोरै-थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

    भाद्र २६ गते बिहिबार
    दिउँसो : देशभरि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। देशका मध्य तथा पश्चिमका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
    राति : देशभरि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। पुर्व तथा मध्य भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

    भाद्र २७ गते शुक्रबार
    दिउँसो : देशभरि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पूर्व तथा मध्यका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
    राति : देशभरि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। देशको पूर्वी तथा पश्चिमी भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

    एक्कासी फेरी विप्लवका नेता भए यसरी पक्राउ …

    गोरखा : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको जनवर्गीय संगठन...

    अझै बेपत्ता भेटिएनन् , वर्षाका कारण अरुण नदीमा खसेको जीपको खोजी गर्न समस्या

    संखुवासभा । लगातारको वर्षाका कारण अरुण नदीमा खसेको जीपको खोजी गर्न...

    एक्कासी ह्वात्तै बढ्यो चादीको मूल्य , सुनको मुल्कय भने स्थिर !

    आज सुनको मूल्यमा कुनै फेरबदल भएको छैन् भने चाँदीको मूल्य बढेको...

    अविरल वर्षाका कारण देशका यी भागहरू डुबानमा , भयो यस्तो क्षति !!!

    नेपालगञ्ज : आज बिहानै देखि परेको पानीका कारण नेपालगन्जका सेतु बिक...

    एक युवकको हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले दुई जनालाई जेल चलान

    महोत्तरी : करीब डेढ महीनाअघि महोत्तरीको सदरमुकाम जलेश्वरमा एक युवकको हत्या...

    मोडल युनिक समिर लामाको परिवारको अबस्था नाजुक भन्छन’गरिब को दशैँ यस्तै हो’

    नेपालमा रहेका अधिकांश नेपालीहरुको पिडा उस्तै छ चाडबाड आउदा बिदेशिनु...

    केरा खादा स्वास्थ्यमा हुने अचम्मका ११ फाइदाहरु,विश्वले थाह नपाएको फाइदाहरु हेर्नुहोस

    केरा अर्थात सदाबहार फल । बजारमा केरा बाह्रैमास पाइन्छ । कसैलाई...

    पशुपति शर्माले दशैं कोसेलीमा कान्छी सम्झनालाई ल्याएर घरमा आउदा आमा रिसाईन

    नेपालीहरुको महान पर्व बिजय दशमी तथा सुभ दिपावलीको हार्दिक शुभकामना सहित...

    अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगायो

    नगरपालिका–४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगाएको छ । दुई...

    दश दिनमै तीन हजारले घटेको सुनको मूल्य आज भने एक्कासी स्थिर !!!

    काठमाडौं, ३१ भदौ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचादीका...

    © 2019 Laligurash All right reserved Site By : SobizTrend Technology