गृहमन्त्री बादल थापाको भाइ पक्राउ

काठमाडौं, २६ भदौ । गृहमन्त्री रामबहादुर थापाका बादलका भाइ नरेश थापा दुई वर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा हिरासतमा परेका छन् ।उनी गृहमन्त्री रामबहादुर थापाका साइँला भाइ हुन् ।

निर्माण व्यवसायी शरदकुमार गौचन हत्यामा जेलमा रहेका गुन्डा नाइके समीरमानसिंह बस्नेत समूहसँग मिलेर ठेकेदारलाई धम्क्याएको आरोपमा प्रहरीले मुद्दा अघि बढाएपछि थापा आफैं प्रहरीको सम्पर्कमा आएका हुन्।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २०७४ असोज २३ गते घरबाट कार्यालय जाँदै गर्दा शान्तिनगरमा गाडीभित्रै गोली प्रहार गरी हत्या गरिएको थियो ।

उक्त हत्याका मुख्य योजनाकार समीरमान बस्नेतलाई तीन महिनापछि प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)ले भारतबाट पक्रेर ल्याएको थियो । यिनै समीरसँग नरेशको सम्पर्क जोडिएको देखिएको प्रहरीको दाबी छ ।

पछिल्लो समय सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका समीरले थुनाभित्रैबाट फिरौति संकलन तीव्र बनाएको सूचना पाएपछि सिआईबीले गत साउन अन्तिम साता उनका सहयोगी पवन खण्डका र सुरेन नगरकोटीलाई समातेको थियो ।

प्रहरी स्रोतका अनुसार, समीरले फिरौति संकलनमा खटाएका यी दुई व्यक्ति पक्राउ परेसँगै गृहमन्त्रीका भाइ नरेश अनुसन्धानमा तानिएका हुन् ।दुई वा दुईभन्दा बढी व्यक्ति व्यक्तिको संलग्नतामा अपराध भएको देखिए प्रहरीले संगठित अपराधमा मुद्दा अदालत लैजाने गरेको छ । गैरकानुनी रुपमा आपराधिक लाभ लिने आरोप पनि संगठित अपराध अन्तर्गतकै हो ।

अहिले थापासँग काठमाडौं जिल्ला अदालतले बयान लिइरहेको छ । विभिन्न २५ जना ठेकेदारलाई धम्क्याएर पैसा मागेको उजुरी गृह मन्त्रालय हुँदै प्रहरीसम्म पुगेको थियो।ब्युरोले एक महिनाअघि पवन खड्का र सुरेन नगरकोटीलाई राजधानीबाट पक्राउ गरेको थियो। पक्राउ परेकाले गृहमन्त्रीका भाइ पोलेपछि उनीविरुद्ध नै मुद्दा लगिएको ब्युरोले जनाएको छ।

गुन्डा नाइके समीरमानसिंह बस्नेत दुई वर्षअघि निर्माण व्यवसायी संघका तत्कालीन अध्यक्ष गौचन हत्यामा केन्द्रीय कारागार सुन्धारामा छन्। गृहमन्त्रीका भाइ नरेशले तिनैसँग मिलेर ठेकेदारलाई धम्क्याएको प्रहरीको भनाइ छ।

एक्कासी फेरी विप्लवका नेता भए यसरी पक्राउ …

गोरखा : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको जनवर्गीय संगठन...

अझै बेपत्ता भेटिएनन् , वर्षाका कारण अरुण नदीमा खसेको जीपको खोजी गर्न समस्या

संखुवासभा । लगातारको वर्षाका कारण अरुण नदीमा खसेको जीपको खोजी गर्न...

एक्कासी ह्वात्तै बढ्यो चादीको मूल्य , सुनको मुल्कय भने स्थिर !

आज सुनको मूल्यमा कुनै फेरबदल भएको छैन् भने चाँदीको मूल्य बढेको...

अविरल वर्षाका कारण देशका यी भागहरू डुबानमा , भयो यस्तो क्षति !!!

नेपालगञ्ज : आज बिहानै देखि परेको पानीका कारण नेपालगन्जका सेतु बिक...

एक युवकको हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले दुई जनालाई जेल चलान

महोत्तरी : करीब डेढ महीनाअघि महोत्तरीको सदरमुकाम जलेश्वरमा एक युवकको हत्या...

मोडल युनिक समिर लामाको परिवारको अबस्था नाजुक भन्छन’गरिब को दशैँ यस्तै हो’

नेपालमा रहेका अधिकांश नेपालीहरुको पिडा उस्तै छ चाडबाड आउदा बिदेशिनु...

केरा खादा स्वास्थ्यमा हुने अचम्मका ११ फाइदाहरु,विश्वले थाह नपाएको फाइदाहरु हेर्नुहोस

केरा अर्थात सदाबहार फल । बजारमा केरा बाह्रैमास पाइन्छ । कसैलाई...

पशुपति शर्माले दशैं कोसेलीमा कान्छी सम्झनालाई ल्याएर घरमा आउदा आमा रिसाईन

नेपालीहरुको महान पर्व बिजय दशमी तथा सुभ दिपावलीको हार्दिक शुभकामना सहित...

अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगायो

नगरपालिका–४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगाएको छ । दुई...

दश दिनमै तीन हजारले घटेको सुनको मूल्य आज भने एक्कासी स्थिर !!!

काठमाडौं, ३१ भदौ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचादीका...

© 2019 Laligurash All right reserved Site By : SobizTrend Technology