हाम्रो बारेमा

लालीगुराँस फाउन्डेसन प्राइभेट कम्पनि द्वारा संचालित यस अनलाइन पत्रिका स्वतन्त्रत पत्रकारिताको आडमा रहेर  सत्य खबर प्रस्तुत गर्दै आइरहेको छौ ।
हामी सुचना /समाचार (मनोरंजन ,राजनीति,अर्थ ,कला,साहित्य देश विदेश)का खबर सम्प्रेषणको लागि हरपल रहने छौ।
साथै हाम्रो लालीगुराँस फाउन्डेसनको बारेमा केहि जानकारी :-
नेपाल बहु जाति बहु धार्मिक बहु भासिक देश हो जहाँ करोडौ नेपालीहरु आफ्नो गाँस/बाँस/कपासको लागि दिन रात नभनी आफ्नो परिश्रमलाइ विश्वास गरि आफ्नो काममा व्यस्त रहन्छन ।लाखौ नेपालीहरु बिदेशी मुलुकमा आफ्नो पसिना पोखिरहेका छन ।तर केहि नेपाली अझै गाँस /बाँस /कपासबाट बन्चित छन दिन रात खटिएर लागिपरे पनि गरिबीका कारण धेरै नेपाली भोक भोकै छन भने धेरै नेपाली शिक्षा बाट बन्चित छन तिनै बालबालिका/गरिब तर काम गर्न जाँगर भएका नेपाली दाजु भाई दिदी बहिनीको लागि अब हामी हाम्रो लालीगुराँस फाउन्डेसन मार्फत जुटाउने छौ सहयोग र पुग्ने छौ हामी गाउँ गाउँमा र गर्ने छौ सामाजिक काम ।जसमा तपाईहरुको साथ् चाइने छ ।

सहभागी कसरी हुने ?
यस सस्थाको आजीवन सदस्य बनेर ।
सस्थाले आयोजना गर्ने कार्यक्रममा साथ् दिएर ।
सस्थाले उठाएको बिषय बस्तुलाई सपोर्ट /बिरोध जनाएर ।
कुनै पनि आकस्मिक प्रकोपमा सहयोग अभियान सुरु गर्दा सहयोगी बनेर ।
सस्थाले सामाजिक/आर्थिक /राजनैतिक बिषयलाइ अगाडी बढाउने छ त्यसमा आफ्नो बिचार राखेर