ताप्लेजुङमा कांग्रेसको विजयी सुरुवात

  • -लालिगुराश सम्बाद दाता
  • बुध, असार ७, २०७४

    ताप्लेजुङमा कांग्रेसको विजयी सुरुवात दोश्रो चरणको स्थानीय तह निर्वाचनमा ताप्लेजुङमा चार जना दलित महिला वडा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । तीनवटा वडाबाट नेपाली कांग्रेस र एक वडामा माओवादी केन्द्रका सदस्य निर्विरोध भएका हुन् ।

    कांग्रेसबाट निर्वाचित हुनेमा फक्ताङ्लुङ गाँउपालिका ६ मा उमा लाम्गादे, मिक्वाखोला गाँउपालिका ३ मा लक्षिमाया विश्वकर्मा र सिरिजंघा गाँउपालिका ८ मा सितादेवी पुर्कुटी रहेकी छिन् । त्यसैगरि, माओवादी केन्द्रबाट फक्तङलुङ गाउँपालिका २ खेनेनिमबाट मालती दर्जी निर्विरोध भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङले जनाएको छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य