‘मिडीयामैत्री नगर स्थापित गराउछु ’

  • -लालिगुराश सम्बाद दाता
  • बुध, असार ७, २०७४

    दमक/नेपाली कांग्रेसबाट दमक नगर उपप्रमुखकी उम्मेदवार रेगिना भट्टराई प्रसाईले आफू मिडीयामैत्री भएको बताउदै मिडीयाका हरेक क्षेत्रमा सहयोग गर्न प्रतिबद्ध रहेकी वताएकी छिन् । आफू पनि मिडीयाकै क्षेत्रमा आवद्ध रहेकी वताउदै उम्मेदवार भट्टराईले त्यसैले मिडीयाका साँझा चुनौती सुल्झाउन आफनो दायित्व भएको बताईनन् ।

    हिजो साँझ आफनै निवासमा स्थानीय सञ्चारमाध्यमका सम्पादकहरुसंग छलफल गदैं उम्मेदवार भट्टराईले स्थानीय तहलाई मिडीयामैत्री बनाउन आफू प्रयत्नशील रहेको प्रतिवद्धता जनाईन् । निर्वाचनमा मिडीयाले महिला उम्मेदवारहरुको विषयबस्तुलाई प्राथमिकता दिन समेत उनले आग्रह गरिन् । उम्मेदवार भट्टराईले भनिन्,–‘ दमक नगरका मिडीयाको विकासमा धेरै काम गर्नुपर्ने अवस्था आएको छ, मिडीयामैत्री नगर बनाउने छु ।‘

    आफनो उम्मेदवारी समग्र मिडीयाकर्मीहरुको भएको उल्लेख गदैं उम्मेदवार भट्टराईले भनिन्,‘ मेरो उम्मेदवारी मिडीयासंगै शोषित पीडित सवै वर्गको न्यायको मुक्तिका लागि पनि हो ।’ नगर उपप्रमुख बन्नु सामान्य जिम्मेवारी नभएको बताउदै उम्मेदवार भट्टराईले त्यसको गरिमा र नगरको प्रतिष्ठालाई सधै उच्चो बनाउन कुनै कसुर बाकी राख्ने छैन् ।’
    छलफलमा स्थानीय अखबारका सम्पादकहरुले दमकलाई मिडीयामैत्री सुन्दर नगरी बनाउन उपमेयरकी उम्मेदवार भट्टराईसंग आग्रह गरेका थिए ।

    उनीहरुले उम्मेदवार भट्टराईको पक्षमा देखिएको जनमतले एउटा अखबार मात्र होइन् समग्र मिडीयाकर्मीको नै जित हुने भन्दै आफूहरुको जस्तोसुकै सहयोग पु¥याँउन तत्पर रहेको औल्याएका थिए ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य