संसारै बदलियो म बदलिन सकिन -कमल सरगम

  • -लालिगुराश सम्बाद दाता
  • शनि, असार १०, २०७४

    कमल सरगम –
    अबसरमा जिउँदाको त्यो अबस्थाबाट हरेक सपनालाइ कुल्चिएर बिहानी उज्यालो घामको प्रतीक्षामा रहेको म र मेरो सपना कहिल्यै बदलिन सकेन र सकोस पनि किन ।म जे सपना देख्थे त्यो सबै पुर्खाले रचेका हरेक सस्कृति/परम्परा /भेषभूषा/मौलिकता भित्रनै रहन्थ्यो त्यसैले पनि अरु बदलिए म बदलिन सकिन र बद्लिन्न पनि ।खुल्ला मन र हृदय भीत्र कुनै तत्वलाई स्थान दिदै छु भने पनि म त्यो तत्वमा परम्परागत बिचार छ कि छैन भनेर खोज्ने गर्दछु रैछ भने म स्थान दिने गर्दछु ।
    भरेर आधा पेट गरियो दैनिक किसानी पेसा र आफ्नो समाजलाई बदल्न खोजियो आफु नबदलिने भन्दै यो मेरो सपना हैन हरेकको चाहना हो कि संसार बद्लियोस तर आफ्नो भेष र देश नाबद्लियोस भन्ने ।हामी पनि त् चाहन्छौ जन्मिए पछी धन कमाउने सुन्दर महल बनाउने र रमाउने यो नै ठुलो सपना सम्झन्छौ तर देख्दैनौ कि कति भोक भोकै मरेका छन कतिले खाना पाएका छैनन् तब मन फेरी बदलिन्छ र भन्न थालिन्छ “आखिर म धनी बनेर ,कमाएर खुवाउने पाल्ने त् परिवार हो ,मलाई र मेरो परिवार पालन पोषण गर्न पुगे भैगोत् धेरै सम्पतीले आखिर के हुन्छ र ?”मन परिवर्तन हुन्छ मेरो अनि बदल्न सक्दिन मेरो मन र पुग्छु फेरी दुखि गरिब र पिछडिएका दाजु भाई दिदीबहिनीको आँसु पुछ्न ।
    टाउकोमा चढेर गोडा भाच्छु भन्नेलाईत् चेतना पनि होस् टाउकोमा छाडेर गोडमा आफ्नो औजार पुर्याउने बेला सम्म तिम्रो सरिरमा केहि चोट परिसकेको हुन्छ ।म गोडामा टेकेर टाउकोलाइ प्रहार गर्छु अनि मात्रै मेरो समाज बदलिन्छ म कुनै हालतमा बद्लिन्न ।
    पन्छी पनि त् बास खोज्दै चिरबिर गर्दै जंगल धाउँछ र आफ्नो बचेरालाई चारो खुवाएर भन्छ “तिमी ठुलो हुनु पर्छ “उसले आशिर्वाद आफ्नो बचेरालाई दिन्छ तर आफु बदलिन सक्दैन कारण यही हो आफ्नो मन सधै आफ्नै बचेरा संग रहन्छ र बचेरा बदलिएको हेर्न चाहन्छ ।
    म त्यहि बेला बदलिए जुन बेला ताते ताते गर्थे बिस्तारै पाईला टेक्न सक्ने भए हुदा हुदै अहिले आफ्नै खुट्टामा उभिने भएको छु एति हो म बदलिएको अरु आफुलाई बदल्ने कुनै सपना थपिएन साहेद यसैले पनि म त्यति बदलिन सकिन र बद्लिन्न पनि ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य