नुमेश घर्ति मगरको “बिर्सिएको सत्य” उपन्यास बजारमा

  • -लालिगुराश सम्बाद दाता
  • मङ्ल, कार्तिक २१, २०७४

    numesh gharti magar

    कमल सरगम
    काठमाण्डौ
    नेपाली साहित्यको बृहत विधा हो उपन्यास।जुन विधामा कमैले मात्रै कलम चलाउन सक्छन।जसले कलम चलाउन जानेको हुन्छ उसले धेरै बुझ्नु पनि पर्दछ र उपन्यासको अर्थलाई खुलाउन सक्नु पनि जरुरि छ ।यही भिडमा अर्को एक उपन्यासकारको जन्म भएको छ।दाङको स्यूजा-९ छिप्पनमा जन्मिएर नेपाली साहित्यका नव हस्ती नुमेस घर्ती मगरको पहिलो उपन्यास “बिर्सिएको सत्य”बजारमा आएको छ।सामान्य परिवार र अध्यान समेत सामान्य रहेको तर सोचाईले उच्चतम बिचारले आफुलाई अगाडी बढाउन सक्ने खुबी भएका घर्तीको पहिलो कृतिले यो बेला बजार तताएको छ ।सांग्रिला पुस्तक प्रालिले प्रकाशन गरेको उक्त पुस्तकमा प्रकाशित उपन्यासमा जातीय/छुवाछुत तथा गरिबीको बिरुद्धमा लेखिएको कृति सामान्य लेख पढ गरेका पाठकले पनि सरलै बुझ्न सकिन सरल भाषा र मार्मिक कथा समेटिएको छ ।कृति ३४४ पृष्ठको रहेको छ ।समाजमा हुदै आएको छुवाछुतको अन्य नहुदा समेत समाजमा अझै पिछडिएका वर्गहरुले स्थान नपाउने र ति वर्ग सधै हेपिरहने हुदा यसको अन्त्य हुनु जरुरी रहेको समेत उक्त पुस्तकमा रहेको छ ।अझ केहि बुझ्न भने पुस्तक खरिदनै गर्नु पर्ने लेखक नुमेश घर्ती मगरले जानकारी दिए ।पुस्तकको सम्पूर्ण टिमलाई शुभकामना ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य