एउटी साहसी छापामार युवती सुमनाको कथा ,युद्धको गोलीबाट नमेटिएका उनका डोबहरू

  • -लालिगुराश सम्बाद दाता
  • मङ्ल, मंसिर ५, २०७४

    sumina

    लेखक : राज रोवर्ट अजनवी
    -बिक्रम सम्बत २०४५ सालमा पिता जितबिर लाबुङ लिम्बू र माता डम्बर माया लिङ्खिमको कोखबाट सुदुर पुर्बी जिल्ला ताप्लेजुङको इखाबुमा जन्मेकी हुन् सुमी लाबुङ उर्फ सुमना । सेवालुङ निमावि इखाबु बाट प्रारम्भिक शिक्षा सुरु गरेकी सुमि लाबुङले सात कक्षा भन्दा माथी पढ्न पाइनन ।उनि सम्झिन्छन् ” जब म सात कक्षामा पढ्दै थिएँ त्यतिबेला बेला जनयुद्द उत्कर्समा थियो । हाम्रो गाउँलाई प्रभाव नपार्ने त कुरै भएन,” पढ्दा पढ्दै १३ बर्षको कलिलै उमेरमा उनलाई माओबादीले ललाइ फकाइ बेसि तिर घाँस काट्न झरेको बेला लगेर गए।बाल सुलभ मस्तिष्क थियो उनको, उनले केही बुझिनन् कि मलाइ कता र किन लादै छन् भनेर । बालबालिकाहरुलाइ युद्दमा प्रयोग गरेर जनयुद्दको उचाइ नापिरहेको माओवादीहरुको लागि उनी बलियो हतियार भएर गइरहेकी थिईन् । माओबादीले लगेको केहिदिन पछि उनले थाहा पाईन्न उनलाई त जनयुद्दको लागि जनसेना बनाउन लगेका रैछन् र उनले यो पनि थाहा पाइन कि अब उनी घर फर्किनु पाउने छैनन् । यो सबै थाहा पाए पछि उनी रोइन कराइन चिच्याइन तर उनको पीडा कसैले सुनी/बुझी दिएनन् । भागेर घर जाउ भन्ने पनि नलागेको होइन तर भागेर जानेहरुलाई एउटै मात्र कार्बाही “भौतिक” हुन्छ भन्ने बुझे पछि उनि विवस भएर बस्न बाध्य भईन् ।

    सुरु सुरुमा त खासै सामान्य काम बाहेक अरु केही गर्नु परेन तर एक दुई महिना पछि एक महिना जति सामान्य युद्द कला सिकाएर १४ बर्सिया बालिका सुमि लाई “सुमना” उपनाम दिएर “फ्रन्ट ग्राउन्ड लिडर” अर्थात युद्द मोर्चाको अग्रिम पङ्ति सम्हाल्ने जिम्मेवारी सुम्पिदियो पार्टिले।

    उनी पार्टिको प्रशिक्षण र जनसेनाको फर्मेसनमा नियमित उपस्थित हुन थालिन् , त्याँहाबाट उनलाई देश र जनताको लागि जनयुद्द सहि छ कि क्या हो भन्ने लाग्न थाल्यो। विशेष त माओबादीले उठाएको जनजिबिकाको मुद्दाले धेरै आकर्षित गर्यो, गरिब परिवार बाट आएकि सुमि उर्फ सुमनालाई बर्गिय मुक्ती र समानताको नाराले छोयो अन्तत देश र जनताको लागि मर्न र मार्न तयार हुने अठोट गरिन् ।

    युद्द अनुभव कत्तिको छ? भन्ने मेरो प्रस्न खस्न नपाउदै उनले भनिन “अनगिन्ती छ नि कति त भुली सके। उनी भन्दै गईन् “मैले भाग लिएको प्रथम आक्रमण चाही इलामस्थित पशुपतीनगरको ब्यारेक आक्रमण हो मैले त्यहा फ्रन्ट ग्राउन्डको मोर्चा सम्हालेर लडे, तीन जनालाई मैले लिड गर्नु पर्थ्यो, त्यस पछि सिरहाको मिर्चैया, उदयपुरको चिसापानी, धनकुटाको लेते, मोरङको जाते र इलामकै मङ्लबारेमा कमान्डो आक्रमणको अनुभब छ । अर्को ठूलो आक्रमणको अनुभव चाहिँ इलामको सदरमुकाम हो। इलाम सदरमुकामको ब्यारेक आक्रमण गर्दा म प्लाटुन कमान्डर भइ सकेको थिए” यति भनी सके पछि उनी रोकीइन् ।सबै आक्रमण सफल भयो त? मैले प्रस्न गरे।सबै नै सफल भएका थिए तर उदयपुरको चिसापानी आक्रमण चाहिँ थोरै असफल हो कि? सुमिका अनुसार उदयपुरको चिसापानीमा भएको कमान्डो आक्रमणमा उनको कमान्डर क. अनुले सहादत प्राप्त गरेकी थिईन् । त्यहाँको घटना उनकै शब्दमा ” मिर्चैयाको सफल आक्रमण सकेर हामी फर्के देखि नै सेनाले स्थल वा हवाइ पिछा गरिरहेको थियो । केही छिटफुट बम वर्षाहरुमा हाम्रा साथिहरु मारिदै पनि थिए । हामी जति ठाउँ सर्दै जान्थ्यौ त्यति तत्कालिन शाहीसेना नि पिछा आइरहेको थियो । पिछा गर्न नछोडे पछि उदयपुरको चिसापानीमा सेना आइपुग्दा चाहिँ हामीले पनि तर्साउनको लागि कमान्डो आक्रमण गर्ने योजना बनायौ। सेना चिसापानीको स्कुलमा छ भन्ने थाहा पाए पछि हामीले चार तिर बाट घेरा हाल्यौ । म स्कुल भन्दा मुनि बाट उकालो आक्रमण गर्नु पर्ने समूहमा थिए, मेरो कमान्डर चाहिँ क. अनु हुनुहुन्थ्यो। उहाँ मेरो अबिभाबक जस्तै हुनुहुन्थ्यो । मैले अनु दिदी लाई बुबा/आमा को जतिकै दर्जामा राखेर हिडेको थिएँ । उहाँ नै मेरो सबथोक हुनुहुन्थ्यो। हामिले एकै पटक आक्रमण गर्न अघि बढ्यौ, अघि बढ्दै जाने क्रममा खेतको डिलमा कमान्डर क. अनु दिदी र म खेतको डिल उक्लेर फुत्तै निस्केका थियौ । त्यो खेतको भित्तामा त सेनाहरुपो रहेछन् करिब ६ /७ हात को फरकमा सेनाहरु संग आमने सामने भयौं । सेनाले भटट फायर खोल्यो । कान्ला मुनि झरेर म दायाँ कुदे, अनु दिदी बायाँ कुद्नु भो । मेरो दाहिने हातमा गोलि लाग्यो तर क. अनु त्यहीँ ढल्नु भएछ । देख्नु पाइन तर पछि प्रत्यक्षदर्सीहरु संग बुझ्दा कन्चटमा गोलि लागेको थियो रे । अनु दिदीको सहादतले म धेरै बिछिप्त भए, कति दिन खाना नखाइ बिताए। त्यो सम्झिदा अझै मुटु जल्छ।जनयुद्दमै हुदा सोलुखुम्बुका राजन संग प्रेम भयो उनको । क. राजन पनि जनयुद्द मै थिए । तर अर्कै कम्पनिमा, उनीहरुको भेट त्यति हुदैन थियो । पछि शान्तिवार्ता हुँदै बृहत् शान्ती सम्झौता पछि उनीहरुले क्रान्ती कारी विवाह गरे। विवाह गरेपछि उनीहरुको शिविर एउटै भयो इलामको चुलाचुलीमा ।सेना समायोजन प्रकृयामा सुमिले अवकाश रोजिन भने उनका पतिले समायोजन रोजे, अहिले उनी नेपाली सेनामा कार्यरत छन् भने जनयुद्दको म्याण्डेड र शहिदहरुको सपना अनुसार पार्टीले केही माखो मार्न नसकेको बताउने सुमि चाहिँ अहिले हङ्कङ पुगेकी छन् ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य