मात्र त्यो एक रात अनि तिमी र म -सुशिला धिताल

  • -सुशिला धिताल

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    आइत, मंसिर १०, २०७४

    susila dhital

    सुशिला धिताल
    कालिकोट।
    जब समय चक्रब्यु बनेर मेरो जीवनमा आयो,आगो बनेर सल्कियो,खरानी बनेर सकियो र आँसुमा बदलियो मेरो सपना अन्धो र अन्धकार उस्तै रहयो मेरो जीवनमा।
    त्यो एक रात समझदा रमाइलो भन्दा बढी पीडादायी क्षेण लाग्छ।मरेको थिए भने त्यो बेला मेरो लागि मलामी लम्लास्कार हुन्थे,घाइते थिए भने अस्पताल पुग्थे,पागल हुन पुगेको थिए भने म र मेरो जिन्दगीलाई थुक्ने र हेप्नेको लाम-लास्कार बढ्थ्यो तर यी चिजहरु त्यो समयमा मलाइ पटक्कै भएन र हुन्थ्यो न किन ।

    त्यो रात जव मलाई पहिलो पटक अपरिचित व्यक्ति र कहिल्यै कुराकानी नभएको फेसबुक आइडीबाट मलाई साथीको प्रस्ताब आयो मैले ति व्यक्तिको आइडी सबै हेरे फेक होकी भन्ने डर शंकाले हेरे फेरी आफन्त होकी भन्ने शंकाले हेरे फेरी कोहि परिचित साथी होकी भन्ने शंकाले हेरे तर यी सबै कुराहरु लागु भएन त्यसमा आखिर ति ब्यक्ति अपरिचितनै थिए पहिलो पटक मलाइ साथी बनाउदै थिए म संग उनि जोडिनु अगाडी उनि संगको अन्य मित्रता म संग कुनैपनि ठोकीएको थिएन यानिकी उनि संग भएको मेचोल फ्रेन्ड मेरोमा थिएन त्यसैले हामी दुवै नौलो थियौ ।
    यो कहानी हैन नत कुनै सिनेमाको कथा यो मेरो जीवनको कथा हो उनि थिए संयोग म थिए निरु हामी दुईको एक्कासी कुराकानी चल्न थाल्यो। उताबाट पहिलो म्यासेज आयो
    संयोग :Hye
    मैले उतर दिए :हजुर
    संयोग:के म तिम्रो साथी बन्न सक्छु ?
    म :बनिसक्नु भयो त् अब के बन्न बाँकी रहयो र हेहेहे
    संयोग:हेहेहे हो क्यार है …..अनि कता हो बस्ने?
    म :म यतै …..
    यसरीनै हाम्रो कुराकानी लम्बिन थाल्यो हुदाहुदै ३ घण्टाको लगातार कुराकानी पछि हाम्रो आफ्नो परिचय देखि पारिवारिक मात्रै नभएर दुख सुखाकै कुराहरु सेयर हुन् थाल्यो।
    एक्कासी संयोगले मलाई म्यासेजमै लेखे “निरु आइ लभ यु”
    मैले भए :What ?
    तर मलाइ पनि कता कता संयोग मन पर्न थालिसकेको थियो र हामी बीच एक अर्कामा नम्बर साटासाट भैसकेको थियो संयोगले फोन गर्यो मैले एक पटक उठाईन एसो भाउ दिए पनि फेरी दोहोर्याएर फोन गर्यो अनि उठाए मैले हेल्लो के भनेको थिए उसले भन्यो “वाउ कति मिठो बोलि कति राम्री सबैमा उतिकै मल्टीट्यालेन्ट अनि तिमीलाई मैले पाए भने त् हेहेहे”मैले दिए उतर “फेसबुकमा फोटो देख्दैमा फोनमा बोल्दैमा एकै दिनमा सबै संसारै चिने जस्तो नगर्नुस न संयोग जी”
    उसले भन्यो “म आँखा हेरेर मान्छे पढ्छु ,बोलि सुनेर बानि ब्यबाहार बुझ्छु मलाई के राम्रो के नराम्रो एकै दिन थाह हुन्छ निरु।हुदाहुदै हाम्रो फोनमा कुरा लम्बिन थाल्यो खै के भयो भयो एकोहोरो हामी दुई एक अर्काबीच नजिक भैसकेछौ हामीले फोनमै ६ घण्टा समय बिताइसकेका थिएउ त्यो बेला सम्म हामी मानौ बिबाह भएको श्रीमान श्रीमती भन्दा कम थिएनौ हामी बीच सबै कुराहरु सेयर भैसकेको थियो।हाम्रो भेट्ने मिती तय भयो अझ रमाइलो कुरा संयोगले बिहेको मिति समेत तय गर्यो ।
    मंगलबार कुराकानी भयो शनिबार भेट्ने मिति तय भए संगै हामी त्यति धेरै कुराकानी दोहोर्याएर गरेनौ बास के छ कस्तो छ मात्रै हाम्रो कुराकानी भयो अरु खासै हुन्नथ्यो।बरु भेट्ने मितिको प्रतिक्षा थियो र अझ भेटेर के भन्ने भन्नि कुराहरु सधै मनमा खेल्न थाल्यो बुधबार आयो बिहिबार आयो तर मलाइ यी ४ बार ४ बर्ष जस्तै लाग्न थालेको थियो ।अगाडी भेटम जागिरबाट छुट्टी नमिल्ने शनिबार भन्दा अरु बार बिकप्लनै थिएन।त्यसोत संयोगलाई मेरो जागिर के हो भन्ने थाह थियो।

    म एउटा सामान्य पत्रकार पत्रकारिता गरेर जिबिका गुजार्थे भने संयोग एउटा विजनेसम्यान कम्पनि संचालन गर्थ्यो।हाम्रो भेट्ने दिन नजिकिदै गयो।
    कुरो शुक्रबारको थियो मैले संयोगको फोनाम कल गरे एक जना महिलाको आवाज आयो मैले सोचे संयोगको दिदी बहिनि हो कि या आमा होकी बास एति मात्रै आयो मेरो दिमागमा र मैले संयोग जीलाई फोन दिसोन।उताबाट जवाफ आयो “के काम छ संयोग संग”मैले भने “हाम्रो बिजनेसको थोरै सल्लाह छ अनि उताबाट ति महिलाले भनिन म संयोग आएपछि फोन गर्न लगाउछु त्यस पछि म एकदम दोधार्यतामा परे धेरै सोच्न थाले कतै संयोगले बिबाह त् गरेको छैन ?कतै संयोगको श्रीमतीत् हैन त्यी महिला ?फेरी आफै सम्हाले त्यति बिस्वस्घाती छैन संयोग बुझ्ने मान्छेले गल्ति गर्दैन फेरी सम्हाल्न सकिन बिबाह गरेकै रैछ भने त म मरेनी भैगो ।यस्तै अनेकौ सोचाइले मलाइ पागल जस्तै बनाइसकेको थियो एक्कासी फेरी सोहि नम्बर “संयोगको मोबाईल”बाट फोन आयो कता कता न उठाउ जस्तो पनि भयो तर उठाए हेल्लो भने उसले सानो स्वरमा भन्यो कहाँ होर किन दिउँसो फोन गरेको ? मैले पनि तत्काल प्रश्न गरे को होर त्यो बोल्ने केटि ?उसले भन्यो “मेरो दिदी हो।त्यसपछि म सम्हालीए किनकि मलाई विश्वास थियो संयोगले झुटो बोल्दैन भन्ने।हाम्रो भेट्ने समय र स्थान तय भयो।

    समय :ठिक १ बजे।
    काठमाण्डौको यु एन पार्कको गेटमा
    उज्योलो कुरिराहे अर्को हाँसो लाग्ने कुरा के हो भने म त्यो रात एक पटक पनि आँखा चिम्मा गरिन किनकि म संयोगको मुहार हेर्न आतुर थिए भेट्न हतारिएको थिए मलाइ घडीको सेकेन्ड पनि दिन जस्तो भएको थियो ।
    उज्यालो भयो म आफ्नो दैनिकि काम तिर लागे सबै काम सक्नु थियो शनिबार कपडा धुनु पर्ने पनि थियो मैले कपडा भिजाए र बेलुका आएर धुने सोचाई बनाए एक्लो बस्ने भएर पनि होला अलिक अल्छी पनि थिए र बाध्यता आफ्नो लागि भएपनि जागरिलो बन्नु पर्थ्यो ।सधै भोक लाग्ने यो शरीर ११ बजे सम्म पनि थोप्पो पेट घटेन बास मलाइ संयोग भेट्नु थियो।
    १२ बज्यो म हिड्नु थियो कलंकीको जाम फेरी यु एन पार्क पुग्दा १ घण्टा त् मजाले लाग्थ्यो पुरानो बसपार्क पुगेर फेरी अर्को बस चढेर जानु पर्थ्यो त्यसैले म हतार हतार माईक्रो चढे र म आउदै छु भने संयोग पनि हिडिसकेको रैछ उसले भन्यो “म बाईकमा आउदै छु तिमि बसपार्क आउनु म त्यहि लिन आउंछु ।झन् मलाई पहिले त् संयोग हेर्न हतार त्यसमा पनि अर्को बस चढेर रिंगटो लगाउन नपर्ने र बाईकमै सरर जान पाउने ढुंगा खोज्दा देउता मिले झैँ भो ।

    म पुरानो बसपार्क को माइक्रोबस रोकिने ठाउँमै ओर्लिए त्यहि संयोग नजिकै छु भनेर फोन आयो एकै छिन कुर्नको लागि अनुरोध पनि पनि आयो। म आधा घण्टा जति कुरे अझै संयोग आइपुगेनन् र फोन गरे उठेन फेरी शंका उब्जन थाल्यो “कतै संयोगले मलाई ब्याकमेल गरेको त् हैन ?बोलाएर आफु न आएको त् हैन?अह त्यो हुने सक्दैन किनकि संयोगले मलाइ डाइरेक्ट यु एन पार्क मा बोलाएको हो पछी आफै लिन आउछु भनेको छ ।त्यसको केहि मिनेट सोचेरै बसे पछि एक्कासी मेरो अगाडी बाईकको हर्न बज्यो पुलुक्क फर्केर हेरे हरियो रंगको पल्सर बाईकमा एक युवक मात्रै चस्माले आँखा र माक्सले मुहार छोपेर मलाई इसारा गर्दै थियो आउनको लागि म गए किनकि मैले संयोगलाइ कुरिरहेको थिए संयोगले मलाई चिन्नु स्वभाविक थियो पहिलो भेट भए पनि फेसबुकमा हाम्रो भिडियो च्याट समेत हुने गर्थ्यो त्यसैले म गए आखिर संयोग नै रैछ ।हामि सिधै यु एन पार्क पुगेउ।

    हामी दुई बाईकमा हुदा खुब कुराकानी हुन थाल्यो यताउता हेर्ने फुर्सादनै थिएन हामीलाई हामी एक अर्कामा समय व्यतित गरिरहेका थिएयौ।यु एन पार्क पुगे संगै हामी एक चिया पसलमा छिरेर चिया अर्डर गर्यौ र पिएपछि हाम्रो गन्तब्य पार्क तिर लाग्यो ।
    जव पार्कमा जोडीमात्रै देखिन्थे त्यसमा हाम्रो पनि अर्को जोडी पनि थपियो ।कुरा लम्बियो हुन त् हामीले पहिलो फोनमै सबै कुरा सकिसकेको भएर खासै नौलो अनुभब भने भएन ।

    अब दुखको पल मेरो जीवनमा यसरी भित्रिन्छ।
    हामी बीच कुराकानी हुदाहुदै एउटा नम्बर बाट फोन आयो नाम थियो “mYE Heart”म पुरै जलेर खरानी जस्तै हुन पुगे ।त्यस पछी शंकाले नेटो काट्यो।उसको झुट खासै टिकेन फोन काट्यो संयोगले मैले कल गर्न अनुरोध गरे तर संयोगले मेरो अनुरोधलाई इन्कार गर्यो मैले सोधे को हो तिम्रो त्यो हार्ट?उसले भन्यो “मेरो मामु “मैले जबर्जस्ति उसको मोबाईल खोसे एक्कासी म्यासेजको घन्टी बज्यो तत्काल खोलेर पढे झन् छाँगा बाट खसे झैँ भयो।म्यासेज थियो”बुढो कति बेला आउने हो ?म बाटोमा छु ,छोरो रुदै छ रे म घरमा जाम कि कुरौ?”
    अझ विश्वास लागेन कतै साथीहरुले जिस्केका हुन् कि जस्तो लाग्यो र मैले संयोगको फोटो ग्यालेरी चेक गरे झन् छर्लंग भयो कि उनि बिबाहित हुन् र उनि संग २ बर्षीय दुधे बालक छोरो संगै उनकी श्रीमती र उनि बसेको तस्बिरहरु देखिन थाल्यो र मेरो हंसले ठाउँ छाड्यो म जुरुक्क उठे र सिधै संयोगको गालामा थप्पड लगाए र हिडे आफ्नो बाटो ।
    म रुदै घरमा पुगे,मेरो आँसु थामिएन।जीवनमा पहिलो पटक धोका के हो भन्ने बुझ्न पुगे ।मैले संयोगलाई पहिले फेसबुकबाट ब्लक गरे र नम्बर ब्ल्याकलिस्टमा राखे अनि उनि र मेरो बिचको सम्बन्धमा बार लगाए ।

    अझै आउँछ याद मात्र त्यो एक रातको जुन रात उनि संग मैले फोनमा बिताएको दुख सुखको पल र संघर्षको पाईलाको एक आपसमा जोडिएको कुराकानी ।बिचारा त्यो तिन श्रीमती माईता गएको मौकामा उसले खेलेको फोहोरी खेल पो मैले संझन सकिन।

    सुशिला धिताल
    कालिकोट

    नोट:यो कथा काल्पनिक भए पनि धेरैको जीवनमा पर्ने गर्दछ त्यसैले छिटो निर्णय नलिनुहोस फेरी पछुतो मान्नु बाहेकको बिकल्पनै रहन्न।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य