सुन्नुहोस् त, यो रत्नपार्क र फनपार्क भनेको एउटौ हो ?


  • -पंकज चिन्तन
  • शनि, पुस १, २०७४

    उनलाई पिपुल यु मे नो मा देखाएको हैन्, उसो त म देखाए जतिलाई एड गर्छु भन्न खोजेको पनि होईन्, साथीको टेग्ड पोष्टबाट मैले एड गरेको थिए रुविलाई, मंगोलियन आकारको ठूलो अनुहार, आँखा धेरै डुबेका होईनन्, गोलो गोलो अधर, सिल्की कपाल अनि यस्तै यस्तै, थिक लिप्स, मलाई निकै मन परिन् रुवि, बिना कुनै आश एड गरिदिए, तीनचार दिनसम्म लगातार अनको प्रोफाईल हेरिरहे तर एसेप्ट गरेको कुनै संकेत देखिएन्, रिक्वेष्ट डिलिट पनि थिएन्, बस पेण्डिङमा बसिरहे, अनि चौथो दिन रिक्वेष्ट क्यान्सिल गरेर फेरी पठाए ।

    उसो त उनकै लागी भनेर म दिनभर अनलाईन बसिरहने खालको पनि होईन्, तर मेरो काम नै अनलाईनबाट मात्र सम्भव हुने, अफिसियक काम अरु अरु । फेरि रिक्वेष्ट पठाएको केही समयपछि नोटिफिकेसन देखे एसेप्ट भएछ ।

    अनि हतार हतार उनको प्रोफाईल भित्र छिरे, अझै धेरै फोटोहरु हेर्नुथियो, केही फोटोहरु त मैले मेरो मोबाईल ग्यालरीमा सेभ गरेर राखे, विस्तारै पोष्टहरु हेर्न थाले कमेन्टहरु हेरे, बस् ठिक ठिकै चित्त बुझ्यो ।

    अब उनिसाग कुरा सुरु गर्नु थियो । तर कसरी ? यतिका दिनसम्म पेन्डिङमा बसे, सुरु कसरी गर्ने निकै अलमलमा परे, कतै ब्लकलिष्टमा जाने त होईन ? म पुरै केयरफुल भए, धेरै बेर सम्म यस्तै यस्तै कुराहरु मनमा खेलिरहे, मन मानेन् जे पर्ला त्यही टर्ला भन्ने सोचे अनि म्यासेज गरिहाल्न मन लाग्यो । तर के लेखेर पठाउने ? मलाई थाहा थियो हेलो र हाई जस्ता फिक्का शब्दले बोलाउ भने म फेरि मेसेजमा पनि पेन्डिङ्गमै पर्छु भनेर,

    मनमा आँट गरे अनि लेखे, रुवि तपाई ?  (प्रश्नवाचक चिन्हसहित मेसेज लेखे, र सेण्ड गरे)
    कुर्नु परेन धेरै रिप्लाइ आयो
    रुविः हजुर चिनीन नी..
    मः तपाई झापाको हैन ?
    मैले उनको फेसबुको अबाउट बाट होम टाउन हेरेर चिने जस्तै गरि भन्दिए ।
    रुविः हिहि उम, म झापाली
    सबैलाइ चिन्नुहुन्छ कि के हो ? झापाको
    उस्ले ब्याँग्यात्मक रिप्लाइ दिई ।
    मः हैन तपाईलाई चिन्न मन लाग्यो अनी चिनेको नी ।
    रुविः ल मन लागे जतिलाई चाहि चिन्नु हुदो रहेछ ।
    मः उम.. जो तपाइ मात्र…
    रुविः intelligent  ..हाहा..

    मैले टपिक चेन्ज गरे
    मः अँ तपाइँ यता का बस्नु हुन्छ ?
    रुविः म जावलाखेल (मैले सोचे जति भाउ खाने जस्तो लागेन)
    मः ए के गर्नु हुन्छ यता.
    (मैले आवश्यक कुराहरु मात्रै गर्न चाहे)
    रुवि सरकारी जागीरे रहेछ जावलाखेलमै
    मलाइ उनका हरेक रिप्लाइहरुले उकुसमुकुस गराउन थाले,
    उनले भनिन्, ल म सुते गुडननाइट ल ।

    बाइ भनेसी मेरो के लागोस
    युटु भन्दिए

    बिस्तारै म उस्को फेसबुकको इनबक्समा उभिन थाले बेला बेला आफै पनी मेसेज गर्न थालिन, फुल टाइम काम हुन्थ्यो मेरो अफिसमा । टाइम मिल्ने भनेकै राति बेडमा पल्टेपछी थियो ।

    बिस्तारै रुविसँगको कुराकानि बढ्दै गयो, उनिअरु भन्दा केहि भिन्न लाग्थिन मिलेको हाइट धेरै मोटि पनि हैन, अझ मलाई मन पर्ने भनेकै रुविका आँखा र ओठ…

    म रुविसँग आकर्षणले नजिक हुन चाहेको थिए या भनौँ शारीरिकताले तर जब रुविले कुरा गर्थिन म निशब्द हुन्थे प्रेमका कुरा, जिन्दगीका कुरा, बालापन यो सबमा उनि दर्शनशास्त्रहरुलाई हराउन सक्ने प्रवचन दिन्थिन, उनि एक सुन्दर युवति मात्रै हैनन् एउटा सक्षम नारी, थिईन्, उनि एक सम्पूर्ण थिइन आफुमा । तर कहिलकाँही मैले म्यासेजमा जिस्काएर ट्रोलहरु पठाउँदा चाही जेपिटी भनेर टार्थिन्, अन अलिकति खल्लो हुन्थ्यो ।

    हुनत् एक युवति सँग नजिक हुँदा तरँगित हुने कम्पनहरुको भाषा केही भिन्न हुन्छ हामी पुरुषहरुको लागी, तर जब उनका शब्दहरुमा म बहन्थे मलाइ आफु रित्तो महशुस हुन्थ्यो बस अब नयाँ शुरुवात रुविबाट नै गर्नु थियो रुविले चाहे जस्तै……।
    हामि बिच प्रेमको कुरा नभएको हैन तर मलाई लभ यु भनेर उस्को बिचारहरुलाई धमिलो बनाउनु थिएन, मनलाई अमिलो बनाउनु थिएन् ।

    एक दिन म्यासेजमा

    मः रुवि तपाई मलाइ खुब मन पर्नु हुन्छ, ढाटेको पनि हैन जिस्केको पनि हैन ।

    उत्तर आयोः हिहि जेपिटी, तपाईलाई म हैन मेरा कुराहरु मनपरेको होला, म हैन मेरा शब्दहरु मन परेका होलान

    उ अक्सर कुरा गर्दा हासो देखाउथि मैले उस्को न रुन्चे अनुहार देखेको थिए न मुस्कुराएको नै, तर पनि उस्ले हिहिहि लेखेर रिप्लाइ गर्दा मेरो मुटु सिरीङ्ग हुन्थ्यो ।

    ढाटेको हैन ,

    मैले रिप्लाइ दिए,

    हो मलाइ पैले तपाइको तस्बिर मनपरेको, अनि तपाइका कुरा अहिले तपाई सिँगो मन पर्नु भयो ।

    उस्ले भनि, फोटो ले आकार्षण गरायो, कुराहरु त सोचहरुको प्रतिउत्तर न हो, तपाईको सोच नै राम्रो, उनले भनिन्,
    म उनका कुरामा अड्किन्थे के गर्ने ? जवाफ केहि मिल्दैन थियो ।

    मैले सोझो कुरामै…….भने

    के हामी कुनै दिन कफि पिउन सक्छौ .?

    उस्ले झन सोझो उत्तर दिइन,

    हुन्छ तर मेरो टाइम शनिबार मात्रै हुन्छ त्यो पनि कमै,

    मेरो यता शनिबार पनि टाइम हुन्नथ्यो जेहोस, स्विकार गरिन मन यसै खुसी लाग्यो ।

    उसो भए सनिबार नै भेट्ने.मैले भने

    हुन्छ …म हेर्छु उनले छोटकरी जवाफ दिईन्,

    अनि मैले भनेः शनिबार कफि पिउने, अर्को भेटमा मैले प्रेम प्रस्ताव राखे भने नी

    रुवि यी सब कुरामा बाँठी थिईन् र भनिन्, हिहि जेपिटी, म आखा तरेर बाटो लागीदिन्छु,

    मैले बाटो छेके भने..

    मैले हातमा टोकिदिए भने

    मैले……….

    म केहि बोलेन

    जिस्कीन आउदो रहेछ हजुरलाइ नि, उस्ले भनि
    ल….जिस्किए जस्तो लाग्यो .?
    उनले भनीन…..

    नजिस्कीएर के….

    यत्र तत्र छरिएकाहरु मैले कहिलै एकलाउन सकेन,
    रुविलाइ महशुस सम्म भएन कि म उनलाई खोजिरहेको छु,
    दुइ दिन पछी सनिबार आयो मेरो कुनै सम्भावना देखीएन,
    बिहानै मेसेज गरे.
    सरी म आज नभ्याउने भए…
    उनि अन थिएनन् मैले मेसेज लेखेर छोडीदिए.
    दिउसो खाना खाएपछि फेसबुक खोले
    रुविको मेसेज मात्रै खोले.
    अनलाईन नै भेटे अभि भनिन् के हो र…
    सनिबार पनि नभ्याउने काम
    मैले भने यहित हो हामी मिडियामा काम गर्ने मान्छे, न खाने टुग्गो नसुत्ने
    उनिले मन भरीको जवाफ दिईन् ए पत्रकार पर्नु भयो..गर्नुस देसको बिबेचना.

    मैले केहि उतर दिइन ।
    कुरा बदलेर भने , म अहिले बिजी छु साझ कुरा गर्छु,
    मलाइ रुविको आवाज सुन्न मन लाग्यो
    नम्बर त माग्ने तर कसरी, मैले कुनै बाहाना खोजिरहे, फ्याट्ट दिमागमा आयो, ईमो, तपाई ईमो चलाउनुहुन्छ ? मैले सोधे
    रुविले भनिन् किन र ?

    त्यत्तीकै नी मलाई पनि एड गर्नु ल मेरो नम्बर भनेर मैले आफ्नो नम्बर सेण्ड गरे, केही समय पछि एड भएछु, अनि साँझपख कुरा भयो केही समय ।
    त्यो दिन देखी हाम्रो च्याटकम हुन थाल्यो, कुरा बढी

    रुवि म तिमीलाइ.. (प्रेम गर्छु ) यो चाहि भन्नै सकिएन, म रोकिए,उस्ले बुझेको हुनु पर्छ
    कुरा बदलेर भनिन
    म पोर्सि घर जादैछु
    कहिले फर्किने
    उनले हास्दै भनिन
    जाने मात्रै भनेको गइसकेको छैन
    म आफै कमजोर भए कहिले फर्किने मेसेज पढेर हास उठ्यो भने
    तपाइ बसपार्क पुगेपछि मलाइ कल गर्नु म आउछु, त्याँ
    हिहि किन मसँगै जाने हो ? रमाइलो छ हाम्रो गाउँ
    मनमनै सोचे त्यो झापा जस्तै तिमी पनि समथर छौ म न पोखिन पाइरहेछु न सुक्न……
    हिहि जाउला नि कुनै दिन,
    .
    .
    .

    त्यो दिन आएन भने ? .
    .
    .
    .

    उस्ले हास्दै भनिन्, बुझीछन क्यार दिन, दीन भन्दा
    म पनि हाँसीदिए

    भोलीको भोली ,४ः३० मा रुविले बसपार्क बाट फोन गरिन, म जानै आटे भर्खर पुगे जाममा परे, ढिला भयो..
    ए टिकट कतिबेलाको
    ५ बजे.
    मलाइ २० मिनेटको लागी रुविसँग भेट्नु थिएन या भनौँ त्यो २० मिनेटले मलाई रिया हेर्न सम्म भ्याइन्न थियो ।
    भने, ल घर गएर भुल्ने हैननी, राम्रो सँग जानुहोला, शुभयात्रा
    त्यो दिन पनि हाम्रो डेट हैन भेट हुन सकेन,
    रुवि दसै पछी फर्किने गरी गएकि थिइन.
    मलाइ उ भ्यालि बाहिर जाँदा साच्चै के के फिल भया ।
    तपाईको तिमी मा सरेको थिएन ।
    तर मलाइ उनको कमि हुनथाल्यो ।
    आवश्यकता र कमि एउटै त हैननी ? हगि

    जे होस रुवि प्रति लुप्त प्रेम मेरो मनमा खडेरीको फुल झै उम्रिन थाल्यो ।
    न फक्राउन सकिने न ओइलाउन मन लाने,
    रियाले दोस्रो दिन घर पुगेपछि फोन गरिन,
    पछी मेसेन्जरमा सबैको फोटो पठाइन,
    उ खुसी थिइ घरमा
    पन्ध्र दिनपछिको बिदापछी रुवि काठमान्डौँ आइन्,
    उसैगरी बितीरहे दिनहरु हाम्रो भेट तोकिन्थ्यो, भेट हुन्न थ्यो करिब दुइ हप्तापछी मैले उनलाई जसरी नी भेट्ने निधो गरे ।
    भने रुवि हामि भेट्न ल ।
    यो पालि साँच्चि भेट्ने,
    हुन्छ मात्रै भनिन उनले केही आस राखिनन् म सँग, भेट्ने त भनियो तर कहाँ भेट्ने ?

    म काठमान्डौँ छु मात्रै थिए, नया बसपार्क बालाजु,माछापोखरी बाहेक अन्त मेरा सम्बन्धहरु जोडिएका थिएनन, भेट्नलाई उपयुक्त ठाउँहरु गुगलमा सर्च गरेर हेरे, साथीहरुलाई सोधे तर मन मिल्ने ठाउँ भेटिएन् । लभ गार्डेन्, यहि प्रस्ताव गरे रुविलाई हुन्छ त भनिन्, तर कहिले भेट्ने टुंगो लागेन्, यसैगरि ३, ४ दिन विते । तिहारको समय थियो, उनी त सरकारी जागिरे विदा पाईन् तर मेरो भने एक दिनलाई बाहिर जाने गरि कार्यतालिका बनेको थियो ।

    भोलीलाई भेट्ने समय तोकियो तर, त्यो दिन भाईटिकाको दिन थियो अनि रुवि र मेरो पहिलो भेट । शायदै कल्पना गर्न सकिन्छ त्यो दिन भेट्लाई, तर अरु बाटो पनि छैन्, यदि त्यो दिन भेटिएनौ भने शायदै वर्षौ लाग्न सक्छ । हाम्रो पहिलो भेट हुनलाई जे पर्छ त्यही टर्छ, भेट त्यही दिनलाई तय गरियो ।

    विहानै रुविलाई फोन गरे विहानै १० बजे रुम बाट हिडे । काँ भेट्ने कम्तिमा २ घण्टा लाग्यो यहि कुरा ट्ंगो लगाउन्, कहिले कता कहिले कता । यस्तै यस्तै अन्तिममा फन पार्कमा भेट्ने कुरा भयो ।

    म पुरानो बसपार्कमा झरे मसँग एक जना भाई पनि थियो उसको जिद्दी र मेरो अपरिपक्वताले होला फनपार्क जान छोडेर रत्नपार्कको टिकेट लिएर भित्र छिरियो । फोन गरे कहाँ भन्छु, उनले आफ्नो लोकेशन बताउँदै गईन मैले खोज्दै गए तर भेटिन् । फेरी फोन गरे खै देखिन त मैले,, उनले भनिन् म फनपार्क भित्र छु ठ्याकै फहरा निर, हस म एकछिनमा कल गर्छु ।

    मलाइ, रत्नपार्क, बसपार्क अब थपिएर फनपार्क खोज्नु थियो बसपार्क बाट अगाडि गए भृकुटिमन्डप तिर, फनफनि घुमीरहेको माइन्डले मलाइ भृकुडिमन्डप घुमायो, माथी उक्ले अनि फेरी तल तिर बागबजार तिर पनी हेरे न फन देखियो न पार्क तिन चोटि रियाले फन गरिन आफैलाइ खिन्न लाग्यो र भने यो रत्नपार्क र फनपार्क भन्या एउटै हैननि है ?

    उ गिल्ल हासी
    बादर फनपार्क आउनुस,
    धन्न भेटाए फनपार्क टिकट तिरेर भित्र पसे ..
    रुविलाई फन गरे ।
    सेतो जुत्ता माथि जेकट जस्तै के थियो, गोरी मोटा ओठ सायद राइ हुनु पर्छ रुवि
    कुर्नु पर्यो है धेरै.
    उ नर्मल देखिइ भनि.आज सम्मत कुरे.
    है.उ टाउको निहुराएर हासि म पनि हासे,
    केहीबेर पार्कमा बस्यौ .
    रियाले भनिन चर्का मन पर्छ,
    मेरो शरिर जर्रर भयो,
    कहिलै चढेको थिएन सानोमा मेलामा सुनेको थे यो खेल्दा त पिसाव पनि झर्छ रे .
    मैले डराउदा डराउदै हुन्छ भने,

    नभन्दै उस्ले दुबैलाई टिकट लिईन्
    म पुरै काप्दै थिए .

    उस्ले थाहा पाएछ क्यार , भनिन हेर डराको बच्चा जस्तो, उ हासी

    टिकट देखाएर चर्खामा बस्यो, म निशब्द थिए, एकातिर अर्को तिर के के के..

    मान्छे चढ्दै ओर्लदैँ थिए । केही मौन थियौ हामी तर मनमा कुरा खेलिरहेका हुन्थ्ये । मैले भने यत्तिकैमा मैले भने म बेहोस भए भने नी ? रुविले भनिन म बोकेर हस्पीटल लान सक्दिन है । बस् मन डर ओठमा फिक्का मुस्कान् चर्खाले घुमायो तर उनलाई भेट्न जति घुम्नुपरेको थियो त्यती होईन्, मलाई डर लाग्न थाल्यो, उनको हात जोडले कसेर बसौँ जस्तै भयो तर त्यो भन्दा झन धेरै डर के पो सम्झिने हुन् भन्ने लाग्यो ।

    समय ढल्किँदै थियो, तर मलाई अझ धेरै समय उनिसँगै विताउन पाए हुन्थ्यो भन्ने भईरहेको थियो । मैले कुनै संकोच नमानी कफीका लागी अर्डर गरे । सित्तैमा उनले हुन्छ भनिन् हामी फनपार्कबाट बाहिर आयौँ, गेटमै उनले पानीपुरीको लागी अर्डर गरिन्, मलाई पनि खान कर गरिन् तर म पानीपुरी भन्दा पनि चटपटे मन पराउने मान्छे जसोतसो २ वटा पानीपुरी खाए, अनि दुबैले चटपटे पनि तर संयोग के भने उनलाई पनि पिरो असाध्यै मन पर्ने ।

    चटपटेको पिरोले कफिहरुको या दगर्न छोड्यो, उनैले खाजा खाने आग्रह गरिन् हुन्छ मैले पनि भने, खाजा खाँदै गर्दा मज्जाले मनैका कुराहरु गरियो तर कुरा जति गहिरा भएपनि मनसम्म पुग्ने खालका थिएनन्, कि मलाई गर्न नआएको हुनुपर्छ कि मेरो मन डराएको ?

    खाजामा एउटै रोजाई पर्न सकेन्, उनलाई चाउमिन मनपर्ने त्यसमा पनि बफ अनि मलाई मः म मन पर्ने भए चिकेन नभए भेज र पनि दुबैले मिठो मानीमानी खायौँ ।

    साँझको ५ बजिसकेको थियो होला अब गाडी खोज्ने हतारो । भृकुटीमण्डप बाहिर निस्केर गाडी चढ्न मिल्ने ठाउँमा अलि धेरै बेर बात मार्दै बसियो तर सबैगाडी प्याक मात्रै आउने, सुन्धाराबाट गाडी चढ्ने निधो गरियो । कलिकति समय पनि काटिने, त्यो भन्दा धेरे कुराहरु गर्न मिल्ने भयो ।

    १० मिनेटमा सुन्धारा पुगियो उनलाई गाडीमा चढाएर आफ्नो लागी गाडी खोज्ने प्लानमा म थिए । भयो पनि त्यस्तै उनलाई जाउलाखेल जाने माईक्रोमा चढाए अनि म एनएसीतिर आफ्नो लागी गाडी खोज्न लागे । एउटा कुरा मलाई राम्रोसँग याद छ, उनलाई गाडीमा चढाएपछि मैले फर्केर समेत हेर्ने आँट गरिन्, खै कुन्नी के के सोचिन होली । अलि वर आए उनको माईक्रो त्याँबाट नजाँदा सम्म म हेरिरहे उनले नदेख्ने गरेर लुकि लुकि ।

    रुविलाई प्रेम गर्छु म, तर मेरो प्रेम सोझो छ, कास त प्रेमिकानै सोझी भैदिइन जस्ले निश्वार्थ प्रेम गर्न सिकाइन ,जस्ले हुर्काउन सिकेकि छिन कलिला टुसाहरुलाइ……..

    तर

    थाहा छैन् सफल भईन्छ या भईदैन् ।

    दोस्रो भेटपछि लामो यात्रामा सँगै जाने योजना बुनिएको थियो क्यार उनको मेरो दुबैको व्यस्तताले पहिलेको बाचा पुरा गर्न सकिएन्, शायद भ्यालेन्टाईन डे को दिन त्यो दिन जुर्छकी, कि कसो मोटु लभ यु………

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य