साहित्यकार झमक घिमिरेको आज जन्म दिन

  • -लालिगुराश सम्बाद दाता
  • शुक्र, असार २२, २०७५

    काठमाडौं अषाढ २२ -“जीवन काडा कि फुल”कि लेखिका साहित्यकार झमक घिमिरेको आज जन्म दिन परेको छ । झमक कुमारी घिमिरेको जन्म सन् १९८०, कचिडे धनकुटामा बुवा कृष्णबहादुर र आमा आशादेबी घिमिरेकी जेठी सन्तानका रुपमा भएको हो , उनि प्रतिभावान नेपाली महिला स्रष्टा हुन। प्रति मष्तिस्क रोग(en:Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोग द्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार हुन। जन्मदेखि नै हात गोडा नचल्ने, उभिन, हिँड्न, बोल्न नसक्ने तर सुन्न र बुझ्न चाहीँ सक्छिन। खुट्टा को ३ औला मात्र चल्ने उनले त्यहि ३ औला को सहयोग ले धेरै रचना प्रकाशित गरिसकेकि छिन| औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ बैनीले पढेको र् लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन। उनको २०५३ सालदेखि लेखनमा रुचि बढेको हो। कान्तिपुर र ब्लास्ट टाइम्स पत्रिकामा उनका नियमित स्तम्भहरू पनि छापिन्छन्। झमकले जीवन काँडा कि फूलक लागि २०६८को मदन पुरुस्कार, उत्तम शान्ति पुरुस्कार, पद्मश्री पुरुस्कार, गुन्जन प्रतिभा पुरुस्कार , शंकर लामिछाने पुरुस्कार प्रबलगोरखा दक्षिण बाहु चौथालगायत दर्जनौँ पुरस्कार एवं सम्मान प्राप्त गरेकी छन्। आफै अशक्त भए पनि लेखा रचनालाई भने प्राथमिकता दिई नै रहेकी छन् ।
    शुभजन्मोत्सवको उपलक्ष्यमा सुक्ख, समृद्धि, सुस्वास्थ्य, प्रगति, सुकीर्ति र दीर्घायुका साथै लाखौ लाख अनि करोडौ शुभकामना !

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य