मनिशा कोइरालाले पनि किताब लेखिन ?चकित नहुनुहोस अब उहाको किताब पढ्न पाउनुहुनेछ -थप जानकारी सहित

  • -लालिगुराश सम्बाद दाता
  • शनि, साउन २६, २०७५

    बलिउडमा लामो समयदेखि सक्रिय रहेकी नेपाली अभिनेत्री मनिशा कोइराला अब लेखिका बनेकी छिन् । कोइरालाले लेखेको पहिलो किताबको नाम ‘द बुक अफ अनटोल्ड स्टोरिज’ रहेको छ ।

    कोइरालाले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट पहिलो पटक किताबको नाम सार्वजनिक गरेकी हुन् । साथै मनिषाले आफ्नो ट्विटर मार्फत प्रकाशकलाई धन्यवाद दिएकी छिन् ।उनले लेखेकी छिन् धन्यवाद गुरवीन चड्डा र पेग्विन इन्डिया, मलाई आफ्नो कथा बनाउन प्रेरित गरेकोमा, मेरो यो पहिलो किताब हो । आशा छ तपाईहरुले पक्कै पढनुहुनेछ र भविष्यमा अन्य किताब पनि आउनेछ ।’

    मनिशाले आफ्नो उपचार अमेरिकामा गराएर क्यान्सरबाट मुक्त भएकी हुन् । उनले आफ्नो नयाँ पुस्तकमा आफ्नो असफल जीवन कथा, क्यान्सर रोग र उपचारको अनुभवलाई समेटेको अनुमान गरिएको छ । क्यान्सरबाट पीडित भएपछि उनी लामो समय फिल्म क्षेत्रबाट हराएकी थिइन् । तर क्यान्सरबाट मुक्त भएपछि काइरालाले फिल्म सञ्जुबाट बलिउडमा कमब्याक गरेकी छिन् ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य