लोक दोहोरी गीतमा २०७५ साललाई फर्केर हेर्दा-कुन कुन गीत हिट कुन कुन गीत बिबादित ?हेर्नुहोस

  • - कमल सरगम
  • शुक्र, चैत्र २९, २०७५

    कमल सरगम
    २०७५ साल लोक दोहोरी कलाकारको लागि सर्बाधिक फलदायी वर्षको रुपमा उभिन सफल भयो भने यही बर्ष मौलिक दोहोरी बर्ष बन्न सफल भएको छ! कलाकारले युटुब लक्षित गीतहरु बजारमा ल्याए पनि समग्रमा मौलिक गीत युटुबमा बिकेको छ यसलाई फलदायी रुपमा लिन सकिन्छ भने यही बर्ष दोहोरीमा बिकृतिको अन्त्य नै भएको छ र मौलिकताको सुभारम्भ भएको छ।हामीले बर्षौ देखि रेडियोमा आवाज उठाउदै आएको बिषयले मुर्त रुप लिएको छ।यसमा आम दर्शक श्रोतापनि खुसि हुनु पर्ने देखिन्छ।नेपाली लोक संगीतको सफल बर्षलाई दर्शकले सर्बाधिक पचाएको छन भने केहि बिकृतिमुलक गीतहरु पनि यो बर्ष आएकै हो तर त्यसलाई दर्शक श्रोतले ठाडै अस्युइकार गरेका छन।यो बर्षको सबै भन्दा सफल दोहोरी गीतमा ‘सालको पात’ लात हानेको मानिन्छ।
    (कृपया यो रिपोर्टलाइनाइँ पुरा आधिकारिक रिपोर्ट नमानीदिनुहोला यो रिपोर्ट हाम्रो भाकामा प्रसारित गीतलाई आधार मानेर तयार पारेको हौ कतिपय राम्रो सृजना र कलाकारको नामहरु छुट्न गएको पनि हुन् सक्छ यसमा हामी क्षेमा चाहन्छौ) ।

    रिपोर्ट सुरु गरौ
    बर्षभरिका चर्चित गायकहरुबाट :
    यो बर्ष चर्चित गायकको पहिलो लिष्टमा लोकप्रिय गायक कुलेन्द्र बिक पर्दछन उनले गाएको सालको पात सर्बाधिक हिट भए संगै उनि श्रोता दर्शकको पहिलो नम्बरमा परेका हुन्।उनि स्टेज कार्यक्रममा सर्बाधिक धाउने कलाकारमा पर्छन त्यस्तै लोकप्रिय गायक पशुपति शर्माले पनि आफ्नो लेबललाइ कायमनै राखेका छन।लोकप्रिय गायक बद्री पंगेनीले पनि बर्षभरि दर्शक श्रोतको मन जितिराहे।यता लोकप्रिय गायक तथा मोडल रामजी खाड पनि व्यस्त सूचिको लिष्टमा अग्रपन्तीमै पर्छन कम गीत गएका रामजीले यो बर्ष भने बढी गीत खेलेर चर्चा बोटूलेका हुन्।यता अर्का लोकप्रिय गायक खुमन अधिकारी पनि हिट लिष्टबाट आउट हुन सकेनन् यो बर्ष पनि उनि निकै स्टेज धाउने गायकमा पर्छन भने अर्का लोकप्रिय गायक बिमल राज क्षेत्री पनि चर्चित गायकको लिस्टमा परेका छन।अर्का चर्चित गायक बिष्णु खत्री पनि आफ्नो नामलाई ताजा राख्न सकेका छन।बिभिन्न जिल्ला देखि विदेश सम्म पुग्ने बिष्णुले भने बर्षौ पछि आफ्नो सांगीतिक यात्राको क्रियासिलातालाई वृद्धि गरेका छन जसले गर्दा थप चर्चा पाएका छन ।लोकप्रियतालाई यो बर्ष पनि कायम राख्ने गायक हुन् पुस्कल शर्मा जो स्टुडियोमा भन्दा पनि बढी दर्शकको नाजिक बनेर आफ्नो नामलाई कायम राखेका हुन्।उनि सबै भन्दा बढी स्टेजमा व्यस्त हुने गायकको लिष्टमा अग्र स्थानमा रहेको छ।अर्का लोकप्रिय गायक हुन् मौसम गुरुङ जो स्टेजमा कहिले पाईला न टेके पनि आफ्नो सांगीतिक यात्राबाट टाढा हुन सकेनन् जसले गर्दा उनि बर्षभरीको चर्चित गायकमा परेका छन।उनले गरेको गतिविधिलाई दर्शक श्रोतले निहाल्दा उनि अझै यही लिष्टमा अडिक रहने गायक रहेका छन।त्यस्तै गायक बाल कुमार श्रेष्ठ पनि चर्चितको लिष्टमा जोडिएका छन।उनले गाएको यो बर्षको गीतहरुमा प्राय सबैले चर्चा बोटूलेको छ।यता अर्को छुट्टाउननै न हुने नाम हो प्रकास सपुत जो बर्षभरी सबै भन्दा बढी स्टेज धाउने र धेरै भिडियो खेल्ने कलाकारमा पर्छन ।जसले गर्दा प्रकाश सपुतलाई थप हौसला मिलेको छ।बोलामायाले चर्चामा आएका प्रकसलाई अधिकांश गीतहरु अफर आउने गर्छन।यो बर्षको चर्चित गायकमा तेजश रेग्मी पनि पर्छन।उनले गाएको अधिकांश गीतहरु यो बेला युटुबको अग्र पंतिमा पर्छन उनले गाएको पिंडालु बर्षको अन्तिम दिनमा ट्रेनिङको अग्र स्थानमा छ भने भागेरी पनि हिट गीतमा पर्छन त्यस्तै अर्का लोक गायक सन्दिप न्यौपाने पनि पर्छन।उनले गाएको लालुमै अहिले निकै चर्चामा छ।अन्य चर्चित गायकमा बसन्त थापा पनि पर्छन उनले गाएको “मत गाउँले ठिटो”ले पनि यो बर्ष चर्चाको लिस्टलाइ कायम गर्यो जस कारण बसन्त थापा चर्चामा जोडिएका हुन् गायन बाट पनि ।नेपाली लोक गीतबाट आफुलाई अग्र स्थानमा राख्ने लोक गायक बिरही कार्कीलाई पनि श्रोता दर्शकले चर्चित गायककै लिस्टमा राखेको छ।उनि अमेरिका रहेर पनि दोहोरी गीत बजारमा ल्याए बर्षको अन्तिममा आएको गीत ले त् थप चर्चा नै बोटुल्टो
    केहि समय हराएका गायक सिरिश देबकोटाले पनि यो बर्ष आफ्नो सांगीतिक यात्रालाई कायम गरि बर्षभरी चर्चामै रहे भने अर्का लोकप्रिय गायक कृष्ण रेहुले पनि यो बर्षको चर्चित गायकमा जोडिएका हुन।बिदेशमा रहेर पनि आफ्नो संगीत क्षेत्रमा क्रियासिल रहेका लोकप्रिय गायक सुर्य खड्का पनि यो वर्षा भरि चर्चामा रहे।उनले गएका अधिकांश गीतहरु चर्चाको शिखरमा चुमे यो बर्ष पनि।एता लोकप्रिय गायक भागिरथ चलाउने पनि बर्ष भरि चर्चामै जोडीएका गायक हुन्।सर्जकबाट सबैको मन जितेका लोकप्रिय गायक किरण बाबु पुनले पनि यो बर्ष आम दर्शक श्रोतको मन जिते। अस्ताउन लागेको काठ क्षेत्रलाई फेरी ब्यूताएर चर्चामा आएका गायक सरोज लामिछाने पनि बर्षभरी आफुलाई चर्चित गायकको रुपमा कायम राख्न सफल भएका छन अन्य कलाकारहरुमा खेम सेन्चुरी,चन्द्र शर्मा,मोहन खड्का,नरेश खाती क्षेत्री,मेक्सम खाती क्षेत्री,चेतन घर्ती मगर,बिनोद भण्डारी,दिपक सुनुवार,हरि बहादुर काफ्ले मगर,नबिन पुलामी मगर,अर्जुन कुँवर,गणेश अधिकारी,राजन कार्की,रबिन लामिछाने,राजन गुरुङ,राजु गुरुङ,सुबास सौगात,बसन्त बिश्वकर्मा,सन्तोष केसी,केशर लामा,सुन्दर बिरही पाख्रिन,तिर्थ बिरक्त पाख्रिन,सगर बिरही,जनक लामा,अशिम कुमार कटुवाल,देबेन्द्र लामिछाने,पूर्ण संयोग,बिष्णु रिजाल,राम थापा शिशिर,चक्र साउद आर सी ,चक्र बम,गोपाल नेपाल जीएम,सज्जन धामी, लगाएत रहेका छन।

    बर्षभरीका चर्चित गायिकाहरु :
    यो बर्ष पनि गायिका बिष्णु माझीले आफुलाई अग्र स्थानमा कायम राख्न सफल भएकी छिन।बर्षको सुरुवात देखिनै चर्चामा रहेकी गायिका बिष्णु माझीले बर्षको अन्तिम अन्तिममा आफ्नो रेड ह्वात्तै बढाएर एक लाख पुर्याएर थप चर्चामा आएकी हुन् भने उनले गयको यस बर्षको गीतहरु सालको पातको टपरी ,लालु मै लगाएतका गीतहरु बर्षकै अग्र स्थानमा रहेको गीत हो।त्यस्तै अर्की लोकप्रिय गायिका देवी घर्ति पनि यो बर्ष उस्तै अग्र स्थानमा आफुलाई कायम राखिन।यता लोक गायिका पूर्णकला बिसीलाई पनि यो बर्ष निकै फापेको छ।बर्षको सुरुवातमै उनले गाएको गीतले बर्चास्सो कायम गरेको छ।पूर्णकलालाइ यो बर्ष भने रोधानात्मक गीतमा बढी देख्न पाईयो।लोकप्रिय गायिका टिका पुन यो बर्ष बढी कल्चर गीतहरु गाएर चर्चामा रहिन उनि बर्षको अन्तिममा निकै ठुलो बिरामी परिन।आइस्युमा राखेर उनलाई १ हप्ता सम्म उपचार गरिएको थियो उनको लागि भने केहि समय अबिसाप रहयोग भने अहिले फेरी उनि स्टुडियो तिर गीत गाउनमा व्यस्त छिन। अर्की चर्चित गायिकामा सान्ति श्री परियार पनि पर्दछिन् । सान्ति श्री परियारले गाएको गीत ‘बोल माया’सर्बाधिक रुचाईएको थियो उक्त गीत जताततै बजे पछि सान्ति सान्ति श्री परियारले आफ्नो नाम उचाइमा पुर्याएकी हुन्।
    अन्य चर्चित गायिकाहरुमा:मुना थापा मगर ,बिमा कुमारी दुरा,गीता देबी,सिता थापा,सम्झना भण्डारी,भूमिका गिरी,सम्झना लामिछाने मगर,शर्मिला गुरुङ ,जुना श्रीस मगर,सान्ता परियार,धना परियार,सिता केसी,मिरा गिरी,सुशिला गौतम,अनुजा पुडासैनी,कल्पना दुलाल,पार्वती कार्की,ऋतु तामाङ्ग,उमा श्रेष्ठ,सुनिता दुलाल,सुनितामी परियार,सोना केसी,रिना केसी लगाएत रहेका छन।

    बर्षभरीका चर्चित स्रष्टा सर्जक हरु :
    यो बर्षभरी चर्चित संगीतकारको रुपमा बसन्त थापाले आफ्नो नाम पहिलो स्थानमा राख्न सफल भएका छन।उनले सृजना गरेको अधिकांश गीत मध्ये सालको पातले करोडको माया पाए पछि बसन्त खुसि रहे उनलाई सफल लय सर्जकको दर्जामा लिन सकिन्छ भने यही गीतका शब्द सर्जक नवराज पन्त पनि बर्षभरीका चर्चित शब्द सर्जकमा आफुलाई आफ्नो नाम लेखाउन सफल भएका छन।उनले सृजना गरेको सालको पात लामो समय पछिको गीत हो।नेपाली लोक संगीतमा कहिल्यै एकै नासले चल्ने गीतकार तथा संगीतकार एकनारायण भण्डारीले पनि आफ्नो नाम अग्र पन्तीमै राख्न सफल भएका छन।उनले सृजना गरेको सबै गीत यो बर्षभरीको चर्चित गीतमा जोडिएको छ।अर्का चर्चित सर्जक रमेश बिजीको पनि दोहोरीमा उस्तै बाहुलियता रहयो। उनले सृजना गरेका गीतहरु बर्षभरीनै चलेका छन।यता अर्का चर्चित सर्जक शिब हमाल पनि यो बर्षको सर्बाधिक सर्जकमा जोडिएका छन।उनले सृजना गरेको लालु मै बर्षभरीकै चर्चित गीत हो।यसै क्रममा अन्य चर्चित सर्जकहरुमा : खेम सेन्चुरी ,रामु खड्का,गणेश अधिकारी,बिमल अधिकारी,नरेश खाती क्षेत्री,शम्भु कुँवर,बिनोद बाजुराली,सतिस अधिकारी,तेजस रेग्मी,प्रेम सागर पौडेल,बाल कुमार श्रेष्ठ,राजु बिरही लामा,दुर्गा बिरही,पशुपति शर्मा,रामजी खाड,राजन कार्की,घनश्याम रिजाल,रेशम सापकोटा,प्रलाहद सुबेदी,मोहन खड्का,भिम लुहार,केशर लामा,सुन्दर बिरही पाख्रिन,हरि बहादुर काफ्ले मगर,युनिक भोज राज बिक,युनिक समिर लामा,शिब कार्की,प्रसाद लामिछाने,लगाएत रहेका छन।

    यी हुन् बर्ष भरि चलेका गीतहरु :
    यो बर्ष दोहोरीको सफल बर्ष मानिरहदा सफल सिर्जनाले पनि फड्को मारेको छ।गत बर्षहरुमा रुने धुने गीतहरुले बाहुलिएता मारे पनि यो बर्ष बढी मनोरंजन लिने खालका गीतहरुको चर्चा देखिन थालेको छ।बर्षको सुरुवातमा रुने धुने गीतलेनै चर्चा पाएको हो।प्रकाश सपुतको ‘बोल माया’गीतले दोहोरीका कलाकारलाईनै चकित बनाइदियो कि युटुब देखि जताततै बोल मायाको चर्चा हुन थाल्यो त्यो चर्चा रेडियो टेलिभिजन हुदै दर्शक श्रोता सम्म पुग्यो जुन गीतले दर्शकको माया सर्बाधिक प्राप्त गर्यो जुन गीत युटुबमा अहिले १ करोड माथि हेरिएको छ भने सोहि गीतबाट यतिबेला कलाकार स्टेज देखि स्टुडियो सम्म व्यस्त भए यसको फाइदा नेपाली लोक संगीतलाइ नै भयो।यो संगै दोहोरीमा केहि फरक सृजना बजारमा आउन थाल्यो।प्रकाश सपुतको लागि यो बर्ष फलदायी बर्ष साबिद भयो।यता अर्को सफल गीतको रुपमा बर्षको बीच समय “तीज लगातै’बजारमा आएको ‘सालको पातको टपरी हुने’ले दोहोरीमा मात्रै हैन सिंगो नेपालमै हलचल मच्चायो।जुन गीत यो बेला ३ करोड भन्दा बढी दर्शकले युटुबमा रुचाएका छन भने रेडियोहरुमा पनि सर्बाधिक बजेको गीतमा सालको पात नै पर्छ जुन गीत बर्षको पहिलो नम्बरमा पर्ने गीतको रुपमा हेर्न सकिन्छ भने बसन्त थापालाइ पनि मौलिक संगीतको सुत्रधार भनेर यो वर्ष लिन थालेको छ।उनैले यो गीतलाई संगीत दिएर आफ्नै कम्पनीबाट बजारमा फ्याकेका थिए भने आवाजमा बर्षौ पछि कुलेंद्रलाइ सफलता मिलेको छ।इमान्दारी गायकको रुपमा लिने गरिन्छ कुलेंद्रलाइ जुन इमान्दारिता यहि गीतमा प्रस्तुत भएको छ।भनिन्छ नि ‘१२ बर्ष पछि पनि खोला फर्किन्छ’हो त्यस्तै भएको छ दोहोरीमा।अहिले दोहोरीमा अन्य क्षेत्रका कलाकारले हेर्ने दृष्टिकोण बदलिएको छ।सालको पात सफल भए पछि बिष्णु माझीलाई रुने धुने गीतमा भन्दा बढी यहि धारका गीतहरुमा खोजि गरिन थालेको छ।सालको पातबाट फेरी सर्जक नवराज पन्त चम्किएका हुन्।उनका केहि समय अगाडी बजारमा आएका गीतहरु सफल थिए तर बीचमा उनि अमेरिका पुगेपछि खासै दर्शक श्रोतले गीत सुन्न पाएका थिएनन।अकस्मात उनले सालको पात सृजना गाए उनि सफल सर्जकमा आफ्नो नाम लेख्न सके।

    यता सालको पात चर्चामा रहिरहदा अर्को उत्कृष्ट सृजनाको जन्म भयो जुन गीत अहिले सर्बाधिक हिट लिस्टमा पर्दछ।बजारमा आएको ३५ दिन काट्न नपाउदै गीतले करोडको क्लब प्रबेस गर्न पाएको छ।जुन गीत हो ‘लालुमै’ शिब हमाल जो बर्षौ देखि संगीत क्षेत्रमा असफल सर्जक बनेर उभिरहेका थिए।कुनै समय शिब हमालकै सृजनाले बर्चास्सो पाईरहदा उनि संघसस्थामा व्यस्त हुनाले पनि उनको राम्रो सृजनाहरु त्यति चर्चामा आउन सकेन साहेद उनको लागि पनि भाग्य खुल्यो भनौ उनको सृजना यो बर्षको अन्तिममा आउदा सबै भन्दा सफल सृजना साबिद भए।बर्षौ देखि संगीत क्षेत्रमा लागेका सन्दिप न्यौपानेलाइ पनि यो बर्ष भने फलदायी बर्ष साबित भयो।यो गीतमा पनि बिष्णु माझीकी आवाज रहेको थियो।

    यता अर्को सफल गीतको रुपमा दिनेश क्षेत्रीको कसरी लाइ पनि लिइन्छ।बर्षको अन्तिममा आएको उक्त गीत अहिले सर्बत्र सर्चमा छन।बर्षको सुरुवात दोहोरीले जुन रुपमा पिडा भोगेको थियो अन्तिम अन्तिममा भने सबै सृजना सफल हुन थालेको छ।यता अर्को सफल सृजनाको रुपमा अमेरिका पुगेका लोकप्रिय गायक बिरही कार्कीको गीत ‘दर्शन छ निहुरेर’पनि पर्छ।लोक गीतका एक संरक्षक भनेर पछिल्लो समय चिनिने बिरहीले यो फरक गीत ल्याएका थिए तर उक्त गीतले भने निकै चर्चा पाएको छ।लोकप्रिय गायक बद्री पंगेनीले पनि यो बर्ष आफुलाई चर्चित गायकमा राख्न पछी परेनन् बर्षको सुरुवात देखिनै उनका चर्चित गीतहरु आइरहदा उनले बर्षको अन्तिम तिर म्वाई गीत ल्याएर थप चर्चामा पुगे भने लोक गायक बिमल राज छेत्री लामो समय पछि दोहोरीमै निरन्तरता दिने क्रममा उनले पनि बुट्टे रुमाल पनि निकै चर्चित गीतमा प्रबेस भएको छ।उक्त गीत पनि यो वर्ष सर्बाधिक रुचाईएको दोहोरी गीतमा पर्छ।बर्षौ पछि बिमल राज क्षेत्रीको फेरी दोहोरी गीत आउँदा दर्शक श्रोतले उनको सृजनाको खोजि गरिरहेका थिए र उक्त सृजनाले थप हौसला बिमल राज क्षेत्रीलाई पनि दिएको छ भने एकनारायण भण्डारीलाइ पनि यी सृजानाले थप हौसला थपेको देखिन्छ।एकनारायण भण्डारीले सृजना गरेका अधिकांश दोहोरी गीतहरु बर्ष भरि चर्चामै रहे।एता सरिता कार्कीको लाउँछ माया ,बाल कुमार श्रेष्ठको ‘फुलमती ‘,बिमल अधिकारीको ‘लालटिन’,रबि कार्कीको ‘जाउँ सुस्तै’,सम्झना भण्डारीको ‘औंठी बेरुवाको’,सतिस अधिकारीको ‘भंगेरी ,राजन कार्कीको ‘पान खायो’,’खोलिमा माछी’,तेजश रेग्मीको ‘पिडालु’,रामजी खाडको ‘ढल्के बर’,लौरी झैँ सुकेर’,बिष्णु खत्रीको ‘डाडा काडाको’,सुन्दर मणि अधिकारीको ‘नकाचारे दाई’,सरोज लामिछानेको ‘सुन जस्तो पितल’,सालको पातको हे माया,पशुपति शर्माको ‘लुट्न सके लुट’सुनिता दुलालको ‘मुखैमा चिनी’,चन्द अर्यालको ‘न जुधाउ आँखा’रंजित परियारको ‘रेलको भाडा’,मौसम गुरुङको ‘मायाले रुमाल’लगाएतका गीतहरु नचाउने चर्चित दोहोरी गीतहरुको लिस्टमा पर्छभने

    यता रुने धुने गीतमा पनि यो बर्ष सफलता मिलेको छ लोकप्रिय गायक मौसम गुरुङले गाएको ‘हारे मैले’बर्षको अन्तिममा चर्चामा आएको गीत हो भने भागिरथ चलाउनेले गाएको ‘जाउला बारी लै’गीत पनि चर्चामा आएको गीतको रुपमा लिन सकिन्छ।यता २०७४ को अन्तिम र २०७५ को सुरुवाती समयमा आएको लोकप्रिय गीत ‘रुदै रुदै तिम्रो सहर’ले यो वर्षभरिनै सर्बाधिक चर्चा कमायो जसको लागि मेक्सम खाती र नरेश खातिलाई हौसला थपिएको मानिन्छ भने लोकप्रिय गायक खेम सेंचुरिलाई पनि २०७४ को अन्तिम र २०७५ को सुरुवातमा दर्शन ढुंगाले थप चर्चामा पुर्याएको हो। त्यस्तै लोकप्रिय गायक बालकुमार श्रेष्ठले गाएको “विधाता”,”महापाप”,निन्द्राको औसधि लगाएतका गीतहरु चर्चामा रहे भने पागल गीतबाट चर्चामा आएका गायक शिब कार्कीको मानसिक रोगि पनि यहि बर्षको बीच समयमा बजारमा आएर चर्चा पायो।त्यस्तै गणेश अधिकारीको अभाब ले पनि बर्षको बीच समयमा चर्चा पायो।यता लोकप्रिय गायक पुस्कल शर्माको पनि चर्चा यो बर्ष उतिकै रहयो स्टेजमा व्यस्त रहने पुस्कलले गाएको गीत’दलित’ले थप चर्चा चुलेको छ।पुस्कलको निरन्तरता दोहोरीमा छ भनेर उक्त गीतले पनि जनाएको छ।

     

    यो बर्ष दोहोरीले भोग्नु परेको पीडाहरु :
    बर्षको बीच समयमा दोहोरी क्षेत्रले एक कुसल सर्जक गुमाउन परेको थियो।साथि बनेर,आज भन्दा भोलि माया,सुनचाँदीको महल जस्ता लोकप्रिय गीतहरुको सृजना गरि चर्चामा रहेका सर्जक सन्तोष बानियाले मलेसियामै आत्महत्या गरेका थिए।उनको निधनले दोहोरीमा सोक छाएको थियो भने बर्षको अन्तिम अन्तिममा पिढीमा बसेर मेरै बाटो हेरेर गीतका लोक गायक बुद्धि कृष्ण लामिछानेले पनि संसार छाडेका थिए जस कारण दोहोरीले अर्को क्षेती भोग्नु पर्यो।लामिछानेको स्वास्थ्य अबस्था लामो समय देखि बिग्रिरहेको र अकस्मात उनि उपचारकै क्रममा मृत्यु भएका थिए।यी दुई चर्चित अनुहारलाई दोहोरीले गुमाउनु पर्दा दोहोरी क्षेत्रका कलाकार भने चिन्तित देखिन्छन।

    यहि बर्ष देशले अर्को दुखको दिन भोग्नु पर्यो लोक संगीतलाइ माया गर्ने जनप्रिय नेता तथा गायक पर्यटन मन्त्री रबिन्द्र अधिकारीको निधन भयो।उनि दोहोरी भने पछि मरिहत्ते गर्दथे उनको निधनले सिंगो नेपाल रोएको थियो सो समय उनि संगै उनि सबार ६ जनाको हेलिकप्टर दुर्घटनामै मृत्यु भएको थियो।रबिन्द्र अधिकारी दोहोरी गीतका अधिकांश कार्यक्रममा सहभागी हुने एक नेता हुन्।उनको अभाबमा दोहोरी प्रतिष्ठान समेत मौन रहयो।उनकै कार्यकालमा दोहोरी प्रतिष्ठानले आफ्नै घर अभियान सुरुवात गरेको हो उक्त अभियान सम्पन्न हुने मुखैमा यस्तो घटना घटेको हो।

    हाम्रो भाकामा हुने भण्डाफोरबाट दोहोरीमा यो बर्ष देखिएको बिकृति र उठाइएको आवाजहरु :
    यो बर्ष पनि दोहोरी क्षेत्रले आमासिक रुपमा बिकृति भोग्नु परेको थियो।बर्षको सुरुवाती समयमा दोहोरी ब्याटल ल्याएर प्रकास सपुत बिबादमा मुछिएका थिए।उनले गीतमा लोक दोहोरी संग उक्त गीत सम्बन्धित न भएको भनेर लेखे पनि उनि माथी कलाकारले भने औंला उठाएका थिए।सपुतले गरेको कमजोरीलाइ बोल मायाले छोपेको थियो भने उनले फेरी बर्षको अन्तिममा दोहोरी ब्याटल २ बजारमा ल्याएका छन उक्त गीत सर्बाधिक हेरिए पनि उनलाई दर्शकले मिश्रित प्रतिक्रिया दिएका छन।उनलाई माया गर्ने अधिकंश दर्शक श्रोतले भने प्रकाशले गतल गरेको प्रतिक्रिया दिएका छन।दोहोरी ब्याटल भने प्रकाश सपुतले दिलेट गरेर पुन अपलोड गरेका हुन्।केहि असभ्य शब्दप्रति प्रतिष्ठाननै आक्रोसित भए पछि उनले प्रतिष्ठानको आग्रह अनुरुपनै गीतको केहि शब्द हटाएका थिए।
    यता जेष्ठ महिनाको पहिलो सातामै तीजको गीत बजारमा ल्याएर लोकप्रिय लोक गायक रेशम सापकोटा बिबादमा तानिएका हुन्।उनले गरेको उक्त क्रियाकलापले कलाकार भने चिन्तित देखिन्थे।यहि कार्यक्रम हाम्रो भाकाको बिचार राख्ने बसाईमा उक्त बिषयको भण्डाफोर गरिएको हो।भण्डाफोर संगै रेशम सापकोटाले भने आफुले समय र दर्शकको माग अनुसार नै गीत बजारमा पठाएको बताएका थिए।उक्त गीत दिलेट त् गरिएन तर उनि आफै पनि खुसि भने थिएनन् कारण उनलाई दर्शकबाट पनि अत्याधिक गालि आएको थियो।

    यो बर्ष अवार्डको नाममा फोहोरी खेलहरु पनि भएको त् आम दर्शक श्रोतालाई अबगतनै छ।नया कलाकारले अवार्ड प्राप्त गर्नु कुनै गलत हैन तर कलाकारको स्वरको स्तर र कलाकारको कलाको स्तरको मापन नगरी पैसाकै भरमा अवार्ड हुनाले अवार्डको मुल्यांकन भने ह्वात्तै घटेको छ।महिनाको ३० दिन मध्ये २५ दिन अवार्डनै हुन थाले पछि अवार्डले बिकृति भित्र्याएको देख्न सकिन्छ।अवार्डले कलाकारको स्तरमा भने प्रश्न चिन्ह खडा गरेको छ।आयोजकको लापरबाही र बेमौसमी अवार्डले भने विकृतिलाई प्रोत्साहन गर्न प्रेरित गरेको छ।अवार्डको यस्तो गलत गतिबिधिमाथि तत्काल दोहोरी प्रतिष्ठानले ध्यानाकर्षण गर्नु पर्ने समेत देखिन्छ।

    यो बर्ष पनि गत बर्ष जस्तै स्टेज दोहोरीहरुमा छाडा शब्द प्रयोग गरेर प्रतक्ष दोहोरी खेल्ने कलाकारहरुको अन्त्य भएन।आफुलाई मन लाग्ने शब्द प्रयोग गर्दै दोहोरी गाएर समाजलाई बिकृति तिर धकेल्न यो बर्ष पनि केहि कलाकारहरु लागि परे।गत बर्षहरुको आधारमा भने २० प्रतिशत मात्रै देखिन्थ्यो यसलाई हेर्ने हो भने बिकृति हटाउन दोहोरी प्रतिष्ठान र दोहोरी संचारकर्मी संगै आम दोहोरी प्रेमी श्रोताले ठुलो भूमिका खेलेको पाइन्छ।

    यो बर्ष पनि स्टेजमा आधा शरीर देखाएर नाच्ने कलाकारको कमि भएन बर्षको सुरुवातमा सोहि प्रस्तुतिमा आफुलाई अर्धनग्न शरीर देखाउने केहि कलाकारहरुलाई आयोजकहरुले भने बोलाउन छाडेको पाईन्छ जसले गर्दा बिकृति मुलक गतिबिधिलाइ रोक लगाईएको भन्दा फरक पर्दैन।दोहोरी प्रतिष्ठानले उक्त अभियानलाई सार्थकता दिन आफुहरु हर बखत खटिरहेको पाईन्छ जसले गर्दा गत बर्षहरुमा जस्तो आधा शरीर देखाएर स्टेज नचाउने कलाकार भने घटेको पाईन्छ तर अझै पनि बिकृति भने रहेको देख्न सक्छौ।

    बर्ष भरि चर्चामा रहेका गीतहरुलाई संचारमाध्यम र संचारकर्मीले आफ्नो तरिकाबाट मुल्यांकन गरिरहदा एता कलाकारले भने रेडियोको मूल्यांकन गर्न छाडेका छन।पछिल्लो डिजिटल बजार “युटुब”लाइ आफ्नो सृजनाको मापन केन्द्र मानिरहेका कलाकारहरुको भ्रम चिर्न पर्ने अबस्था बाहिरिएको छ।कलाकारको सृजनाको मापन आम श्रोता दर्शकले गर्नु पर्नेमा आफैले आफ्नो सृजनाको मापन गरिरहदा यसले गीत संगीतमा बिकृति थपेको पाईन्छ।राम्रो सृजना बजारमा आए पनि यसलाई युटुब भियोर्स बढाउँन लाखौ खर्चिएर बुष्ट गर्ने र भियोर्सलाइ आधार मानेर गीत आफुलाई चर्चीत् कलाकारको दर्जा दिदा यसले कलाकार माथी प्रश्न चिन्ह खडा गरेको छ।कलाकारको सृजनाको मुल्यांकन गर्ने पहिलो श्रोत रेडियो टेलिभिजनलाइ आज भोलि कलाकारले मुल्यांकनको शुन्य बिन्दुमा राखेको पाईन्छ यसको असर कलाकार स्वयम् आफैलाई परेको छ यस माथि पनि प्रतिष्ठान र लोक संचारकर्मी चिन्तित रहेको पाईन्छ।

    यता बर्षको अन्तिममा लोकप्रिय गायक तथा सर्जक बसन्त थापाले आफ्नो सिर्जना”सालको पात”लाइ रबि ओडले गलत रुपमा प्रयोग गरेको भन्दै आक्रोसित हुदा उक्त बिषय निकै बिबादमा मुछिएको थियो यहाँ सम्म कि प्रतिष्ठानको केन्द्रीय सदस्य पदमा रहेका बसन्तले आफु सदस्य नरहने गरि प्रतिष्ठानबाट सामाजिक संजालबाट लिखित राजिनामा दिएका थिए तर प्रतिष्ठानले उक्त राजीनामालाई निर्णयमा लान सकेन।उक्त बिषयमा प्रतिष्ठान मौन रहेको भन्दै बसन्त थापाले आफु अन्यायमा परेको व्यक्त गरेका थिए।कलाकारको हक हितको लागि लड्ने संघसस्थाले भने कलाकारलाईनै पछाडी धकेल्ने खेल खेलेको भन्दै उनि आक्रोसित भएका थिए भने बसन्त थापा उक्त बिषयमा अन्यायमा परेको आम कलाकारले स्युइकारेका थिए।रबि ओड ले समेत उक्त कमजोरीलाइ लिएर माफी मागेका थिए।

    दोहोरी प्रतिष्ठानमा बद्री पंगेनीको कार्यकाल कस्तो रहयो ?
    लोक दोहोरी कलाकारहरुलाई एकबद्ध रुपमा राख्ने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीको कार्यकाल अब सकिनै लागेको छ।मङ्सिरमा पोखरामा हुने महाधिवेशनले फेरी नया नेतृत्व चयन गर्ने छ।केहि बर्ष अगाडी काठमाण्डौमा सम्पन्न भएको उक्त महाधिवेशनले बद्री पंगेनीलाई बिजयी गराएको थियो।बिष्णु खत्री,टिकाराम छपाई र बद्री पंगेनीको भिडन्तमा बिष्णु खत्री र टिका चपाईलाई पछाडी पार्दै बद्री पंगेनीले आफ्नो नेतृत्व कब्जामा पारेका थिए।पंगेनीको नेतृत्वले हाल सम्मै सबै भन्दा राम्रो काम गरेको बिज्ञ कलाकारहरु बताउछन।उनकै नेतृत्वमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आफ्नै भवन निर्माण हुन लागेको छ।सरकारले दिएको केहि अनुदान र कलाकार/दर्शक श्रोता संगै सुभचिन्तकबाट आएको सहयोगलाई आत्मसाथ गर्दै उक्त अभियानलाई सार्थकतामा बदलिने भएको छ।बद्री पंगेनी अध्यक्ष भए संगै कलाकारको आफ्नै भवन अभियान सुरु गरेका थिए लगातार ३ बर्ष बद्री पंगेनी यही अभियानमा लागिरहे।हाल प्रतिष्ठानको भवन निर्माणको कार्य सुरु हुन लागेको छ।यता बद्री पंगेनी नेतृत्वमा आए संगै सस्थाले पनि थप सहयोग हात पार्न थालेको छ।निवर्तमान अध्यक्ष चन्द्र शर्माले सुरु गरेको सहयोग अभियानले बद्री पंगेनीको नेतृत्वमा थप सार्थकता प्राप्त गरेको छ भने पंगेनीले नेतृत्वलाई सहज तरिकाले अगाडी लागेको देख्न सक्छौ।यो बर्ष पनि अर्ना दोहोरी प्रतियोगिता सम्पन्न भएको छ।बद्री पंगेनीको संयोजगत्वमा बुटवलमा उक्त दोहोरी प्रतियोगिता सम्पन्न भएको हो। बद्री पंगेनीकै कार्यकालमा बिकृति हटाउ अभियान सुरु भएको थियो जसको लागि गाउँ गाउँमा छाडा गीत तथा प्रस्तुति पर्दशन गर्ने कलाकारलाई प्रबेसमा रोक लगाउदै उक्त अभियान चालेका थिए।अभियानले थप उचाई प्राप्त गरेको हो।प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष रमेश बिजीको संयोजगत्वमा प्रबास साखा बिस्तारको अभियानले झनै उत्साह थपिएको छ।बिभिन्न राष्ट्रमा उक्त अभियानले निरन्तरता प्राप्त गरेको छ जसले गर्दा प्रतिष्ठानलाई थप हौसला थपिएको छ भने कलाकारहरुलाई पनि आफ्नै सस्थामा जोडिन पाउदा खुसि लागेको बताउछन।प्रबासबाट पनि पछिल्लो समय सस्थालाई निकै सहयोग आएको छ।अधिकांश कार्यक्रमहरु हुदा प्रबासी कलाकारहरुले प्रतिष्ठानलाइ सहयोग गर्ने गर्दछन।चन्द्र शर्माले सुरु गरेको सस्था साखा विस्तार यो पटक पनि निरन्तर अगाडी बढिरहेको छ।पंगेनीको कार्यकालमा धेरै ठाउँहरुमा साखा बिस्तारको कार्य अगाडी बढेको देख्न सकिन्छ।
    बद्री पंगेनीकै कार्यकालमा प्रतिष्ठानले झन्डै १को करोड कल्याणकारी कोष घोषणा गर्ने तयारीमा जुटेको छ।कल्याणकारी कोषका अध्यक्ष तथा प्रतिष्ठानका बरिष्ठ सल्लाहकार दुर्गा रायमाझीले नेतृत्व गरेको उक्त सहयोग अभियानले पनि अहिले थप उत्साह देखाएको छ।

    बद्री पंगेनीकै कार्यकालमा बिभिन्न क्षेत्रमा पिडामा परेका बिपतमा परेका व्यक्तिहरुलाई सहयोग वितरण भएको छ।केहि समय अगाडी केहि कलाकारहरुलाई कलाकार कल्याणकारी कोषबाट सहयोग रकम हस्तान्रारण गरि दुखि गरिबको लागि सेवक बन्न सफल भएको हो प्रतिष्ठान।बद्री पंगेनीको यसकारण पनि यो कार्यकाल निकै फलदायी रहेको हामीले पनि महसुस गर्न सक्छौ।
    बद्री पंगेनीकै कार्यकालमा बिकृतिको अन्त्य गर्नको निमित उनि निरन्तर लागिरहे संघसस्था देखि सरकारी सस्था सम्म ज्ञापन पत्र लिएर पंगेनी निरन्तर लाग्दथे।आज पंगेनीको सपना पुरा भएको छ।पंगेनीकै पहलमा स्टुडियोहरुमा छाडा प्रविधिको गीत रेकर्ड हुन छाडे,बिकृति न्यूनीकरणका संयोजक बिनोद बाजुरलिले नेतृत्व गरेको उक्त अभियानले स्टुडियोमा छाडा गीतहरु रेकर्ड हुननै छाड्यो लोकप्रिय गायिका सस्थाका केन्द्रीय सदस्यहरु देवी घर्ती,पूर्णकला बिसी,टिका पुन,राधिका हमाल,जमुना राना जस्ता गायिकाले समेत बिकृति आउने गीतलाई स्टुडियोमै रोक लगाएका थिए।

    यसमा तपाइको मत

    ट्वीटर

    मनोरञ्जन बाट अन्य

    चलचित्र प्रेम गीत-३ को निर्माण सुरु हुनु अगाडीनै बाहिरियो रिलिज डेट!कुन कुन कलाकार अनुबन्धित ?पढ्नुहोस

    नेपाली चलचित्र जगतमा आफ्नो छुट्टै पहिचान बनाएका निर्माता सन्तोष सेनको ५ औ चलचित्र प्रेम गीत-३को सुटिङ् कार्य सुरु हुन थालेको छ।चलचित्रको फस्ट लुक्स बाहिरिएको छ।निर्माता सन्तोष सेन र छेतेन गुरुङले एक साथ्...

    कभर गीतका राजा छेवाङ् लामा र संजीत् एक साथ् मिडियामा,लाखौ कमाइ हुने पेसा छाडेर गायक बने!(भिडियो सहित)

    युटुबमा लगातार करोड भन्दा बढी हेरिने यी दुई अनुहार पहिलोपटक एक साथ् मिडियामा आएका छन।कान्छी ओइ कान्छी भन्ने पुरानो गीतलाई कभर गरेपछि यिनीहरुलाई दर्शकले धेरै खोज्न थालेको हो।छेवाङ् लामा र संजीत श्रेष्ठ एक साथ्...

    तत्कालीन राजा ज्ञानेन्द्रले जनतासामू घुँडा टेकेको दिनको सम्झना गर्दै आज १४ औं लोकतन्त्र दिवस देशभर मनाइँदै

    काठमाडौ, ११ बैशाख । तत्कालीन राजा ज्ञानेन्द्रले जनतासामू घुँडा टेकेको दिनको सम्झनामा आज १४ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी बुधबार देशभर मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले जननिर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गरी कार्यकारी...

    किन गईन राष्ट्रपति भण्डारी चीन ?

    काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी जिनपीङको निमन्त्रणामा यही वैशाख ११ देखि १९ गतेसम्म चीनको राजकीय भ्रमणका लागि बुधबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्रपति भण्डारीलाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट...

    रिना मृत्यु प्रकरणः३ दिनभित्र सत्यतथ्य पत्ता लगाउने शर्तमा तत्कालका लागी आन्दोलन फिर्ता र सडकको अबरोध हट्यो

    पथरी । मोरङको पथरीमा भएको रिना बस्नेतको हत्याको बारेमा ३ दिनभित्र सत्यतथ्य पत्ता लगाउने शर्तमा तत्कालका लागी आन्दोलन स्थगित भएको छ। मंगलबार बेलुका प्रशासन र संघर्ष समितिका बिचमा भएको छलफलमा सो सहमति भएपछि तत्कालका लागी...

    एनसेलले सरकारलाई तिर्नुपर्ने अर्वाैको राजश्व नतिरेको भन्दै जनस्तरबाट आयो चर्काे विरोध ; सिम बहिस्कार अभियान

    दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल एक्जियटाले सरकारलाई तिर्नुपर्ने अर्वाैको राजश्व नतिरेको भन्दै जनस्तरबाट चर्काे विरोध हुन थालेको छ । सर्वाेच्च अदालतको आदेशपछि ठूला करदाता कार्यालयले गरेको आग्रहविरुद्ध एनसेल पुनः सर्वाेच्च पुगेपछि जनस्तरबाट विरोध चर्किन...

    होष्ट सोनीका रोकाया आफु सम-लिङ्गी भएको खुलासा,राम्रो केटि पाए बिहे गर्न तयार (हेर्नुहोस भिडियो कुराकानी)

    लामो समय देखि बिबाद र चर्चा दुबैमा देखिएकी चर्चित होष्ट सोनीका रोकाया समलिङ्गी भएको खुलसा भएको छ।केहि समय अगाडी वाउ नेपालमा उनि काम गर्थिन अहिले उनि आफ्नै युटुब च्यानल मार्फत छिन।उनि समलिङ्गी भएको उनकै...

    श्रीमतीको शंका गर्ने बानीले चलचित्र खेल्न छाडेको नायक रमित ढुंगानाको खुलासा,छोरा नायक पनि बन्दै (हेर्नुहोस कुराकानी)

    नायक रमित ढुंगानाले आफ्नै श्रीमतीको कारण चलचित्र छाडेको मिडियामा खुलासा गरेका छन।केहि बर्ष देखि चलचित्र क्षेत्रबाट गुमगाम रहेका रमित फेरि मिडियामा देखिएका छन।चलचित्र क्षेत्र छाडेर टाढा रहेका रमित फेरी फिल्मी भुत चढेको बताउछन।सुपरहिट चलचित्र...

    सालको पात हिट भए पछि कुलेन्द्र बिक ले गाए अर्को कारुणिक गीत (हेर्नुहोस)

    संगम इन्टरटेण्डमेनको प्रस्तुतिमा चर्चित लोक गायक कुलेन्द्र बिश्वकर्मा र गायिका सरु अछामीको सुमधुर आवाजमा सरु अछामीको मार्मिक लोकदोहोरी गीत’आँसु बगाउदै’बजारमा आएको छ।गीतमा ज्ञान बहादुर मक्रान्ति र सरु अछामीको शब्द रहेको छ भने ज्ञान बहादुर...

    बिष्णु माझीले गाएको ७६ सालको गीत पहिलोपटक युटुब ट्रेनिङको सबै भन्दा अगाडी !हेर्नुहोस

    काठमाडौं : लोकगायक बद्री प्रंगेनी र विष्णु माझीको गीत सार्वजनिक भएको छ छोटो समयमै युटुबको ट्रेनिङको १० मा आएको छ। ‘मान्छे फकाएर आफ्नो हुँदैन’ बोलको गीतमा पंगेनी र माझीले स्वर दिएका हुन्।गीतले चौतर्फी सफलता...