हत्यामा दोषीलाई कारबाही माग गर्दै मार्तडी बन्द

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    मङ्ल, असार ६, २०७४

    बाजुरा, ६ असार । स्थानीय तहको निर्वाचनको मनोनयन दर्ताका लागि छेडेदह गाउँपालिकामा नारा जुलुसमा भएको नेपाली काँग्रेस र नेकपा (एमाले) कार्यकर्ताबीच भएको दोहोरो झडपमा परी मृत्यु भएका हंसबहादुर रावतको दोषीलाई कारबाही माग गर्दै एमालेले आज सदरमुकाम मार्तडी बन्द गराएको छ ।

    मङ्गलबार जिल्ला प्रशासन कार्यालय बाजुरामा रावतको हत्या गर्ने काँग्रेस कार्यकर्तालाइ कारबाही गर्नका लागि प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेलाई ज्ञापनपत्र बुझाएका थिए ।

    ज्ञापनपत्र बुझाएको दोेस्रो दिन बिहानदेखि नै बजार बन्द गरेको एमाले बाजुराले जनाएको छ । मनोनयन दर्तामा गएका बेला रावतलाई ढुङ्गा हानेर हत्या गरेको भन्दै आज जिल्लाका मार्तडी, कोल्टीलगायतका बजार क्षेत्रमा बन्द गर्दै आन्दोलनका कार्यक्रम गर्ने एमाले बाजुराका प्रचार विभाग प्रमुख अमर खड्काले जानकारी दिनुभएको छ ।

    उहाँले रावतको हत्या गर्नेलाई कारबाही प्रक्रिया नहुञ्जेलसम्म आन्दोलन जारी रहने बताउनुभयो । यता नेपाली काँग्रेस बाजुराले पनि मङ्गलबार नै नेपाली काँग्रेसका नेता धनराज पण्डितको नेतृत्वमा एक टोलीले रावतको हत्या नगरेको र आफैँ दमको रोगी भएकाले बेहोस भई मृत्यु भएको दाबी गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको नेपाली काँग्रेस जिल्ला सभापति कविराज पण्डितले बताउनुभएको छ ।

    उहाँले रावतको हत्या नभई बेहोसमा मृत्यु भएकाले राजनीतिक प्रश्रय दिएर आन्दोलन गर्नु व्यर्थ भएको पण्डितको भनाइ रहेको छ । पण्डितले निर्दोषी छेडेदह गाउँपालिकाका प्रमुखका उम्मेदवार नरबहादुर रावत, नेपाली काँग्रेसका नेता पदमबहादुर रावत र देवबहादुर रावतलाई रिहा गर्न माग गरेको बताउनुभयो ।

    हत्याको आरोपमा पक्राउ परेका तिनैजना रावतलाई रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको नेपाली काँग्रेस बाजुराले जनाएको छ । काँग्रेसले बुझाएको ज्ञापनपत्रमा घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको पत्रमा उल्लेख गरिएको काँग्रेसले जनाएको छ ।

    बजार बन्दसँगै आन्दोलन तयारी भएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ । आन्दोलनमा बजार तोडफोड र तनावग्रस्त हुने भएकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको टोली बजारमा पठाइएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जानकारी दिनुभएको छ । रासस

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य