उम्मेदवारमाथि आक्रमण

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    बुध, असार ७, २०७४

    इटहरी, ७ असार । दोश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनमा राप्रपाबाट इटहरी उपमहानरपालिका– ९ का वडा अध्यक्ष पदका उम्मेदवार श्याम पोख्रेलमाथि गएराति आक्रमण भएको छ ।

    इटहरी– ८ स्थित आफ्नो घरतर्फ जाँदै गर्दा गएराति ९ः३० बजे उहाँमाथि साङ्घातिक आक्रमण भएको हो । कालो रङ्गको पल्सर मोटरसाइकलमा आएका तीन जनाको समूहले उहाँलाई रोकेर मासु काट्न प्रयोग गरिने दाउबाट प्रहार गरि फरार भएको पीडित पोख्रेलले बताउनुभयो ।

    दाउको प्रहारबाट पाख्रेलको ढाडमा चोट लागेको उम्मेदवारका दाजु एवम् राप्रपा इटहरी नगरसभापति राम पोख्रेलले जानकारी दिनुभयो । उम्मेदवार पाख्रेलमाथि आक्रमण गर्नेको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । रासस

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य