कपिलवस्तुको गोरुसिंगेमा युवतीमाथि सामूहिक बलात्कार

  • -लालिगुराश सम्बाद दाता
  • बुध, असार ७, २०७४

    कपिलवस्तु, ७ असार – कपिलवस्तुको बुद्धभूमि नगरपालिका– २ गोरुसिंगेस्थित त्रिशुली सामुदायिक वनभित्र एक युवतीमाथि सामूहिक बलात्कार भएको छ।

    बलात्कारको आरोपमा दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरुसिंगेका सागर पोख्रेल तथा सुनिल अग्रहरी रहेका प्रहरीले जानकारी दिएको छ ।

    सामूहिक बलात्कारमा परेकी वाणगंगा नगरपालिका– ४, गजेहडाकी १९ वर्षीया युवतीका अनुसार आफू साथीसँगै गोरुसिंगेस्थित अर्घाखाँची चोक किनारमा बसिरहेको बेला ती दुई जना केटाले आफ्ना साथीलाई कुटपिट गरी जंगलभित्र लगेर जबरजस्ती गरेका हुन् ।

    उनले प्रहरी र सर्वसाधारण समक्ष सूर्य चिह्नको टिर्सट र अर्को रूख चिन्हको टिर्सट लगाएका दुई युवाले बलात्कार गरेको बताएकी इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ । मंगलबार दिउँसो करिब ३ बजे युवकलाई कुटपिट गरेर लखेटेको र युवतीलाई जबर्जस्ती सडकसँगै जोडिएको त्रिशुली सामुदायिक वनभित्र लगेको घटनाका प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन् ।

    युवतीको मेडिकल जाँच भएको र बलात्कारको पुष्टि भएको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक मीनबहादुर आलेले जानकारी दिएका छन् । बलात्कारमा संलग्न दुवैलाई म्याद थप गरी कारवाही अघि बढाइने बताइएको छ ।
    पक्राउ परेका पोख्रेल म्यादी प्रहरीमा कार्यरत थिए।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य