परीक्षा दिएर फर्केका दुई छात्रा सवार स्कुटर बसले किच्यो, दुबै गम्भीर

  • -लालिगुराश सम्बाद दाता
  • बिहि, असार ८, २०७४

    पोखरा । पोखरा-लेखनाथ महानगरपालिकाको अर्चलबोट नजिकै बसले स्कुटरलाई ठक्कर दिदा दुई जना गम्भीर घाइते भएका छन्।
    बिहान १०:३० बजेको समयमा बाग्लुङ-पोखरा सडक खण्ड अन्तरर्गत भुपिशेरचन राजमार्गमा बाग्लुङबाट काठमाण्डौं जादै गरेको ना ५ ख ९५०५ नम्बरको पर्यटक बसले ग १२ प ३८२७ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।

    स्कुटरमा सवार २ जना गम्भीर घाइते रहेका र उनीहरूलाई उपचारको लागि मणिपाल अस्पताल लगिएको प्रहरीले जनाएको छ।

    कक्षा ११ को परीक्षा दिएर स्कुटरमा घर फर्कदै गर्दा बसले ठक्कर दिएको हो। घाईते भएका दुवैजना माउन्ट अन्नपुर्ण क्याम्पसमा अध्ययनरत विद्यार्थी हुन्। विन्ध्यवासीनि मावि बरपाटनमा परीक्षा दिएर घर फर्किदै गर्दा दुर्घटना भएको हो।

    ठक्कर दिने बसलाई स्थानीय आक्रोशित बिद्यार्थीले तोडफोड गरेका छन्। उनीहरूले बसको सिसा फुटाएका छन् भने बसमा आगो समते लगाएका थिए। तोड्फोड गरेको भन्दै प्रहरीले ३ जनालाई पक्राउ गरेको छ भने बस र चालकलाई नियन्त्रणमा लिएको छ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य