बन्धक बनाइका ४८ भारतीय मजदुरको उद्दार

  • -लालिगुराश सम्बाद दाता
  • बिहि, असार ८, २०७४

    असार ८, २०७४- भारत बिहारको नालंदा र नवादा जिल्लावाट सप्तरीको पथ्थरगाढास्थित इँटाभट्टामा बन्धक बनाइएका ४८ जना भारतीय नागरिकलाई सप्तरी प्रहरीले बिहीबार उद्दार गरेको छ ।

    उद्दार गरिएकामा वालवालिकाको संख्या अत्यधिक छ । बन्धक वनाइएकाहरुको आफन्तले बिहार प्रशासन समक्ष नेपालमा आफ्ना परिवारका सदस्य बन्धक वनाइएको उजुरी दिएका थिए । भारतीय विदेश मन्त्रालयको आग्रहमा सप्तरी प्रहरीले बिहीबार साँझ पथ्थरगाढास्थित बीडीआर इँटा उद्योगमा बन्धक बनाई काममा लगाइएका ४८ जना भारतीय नागरिकलाई उद्धार गरि सदरमुकाम राजविराज ल्याएको सप्तरीका प्रहरी प्रमुख एसपी अनुराग द्विवेदीले जनाए ।

    लामो समयदेखि भट्टा मालिकको प्रत्यक्ष निगरानीमा काम गर्नुपर्ने, कहि कतै जान नपाउने, घर जान खोज्दा जान नदिने, राति सुत्दा पहरा राख्ने लगायतका कार्यवाट आफुहरु पीडित भई बँधुवा मजदुर सरह जीवन काटिरहेको ती मजदुरहरुले बताए ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य