रामेछापको मनकामना नगरपालिकाको १२ शिक्रालमा १० घर पहिरोको उच्च जोखिममा

  • -लालिगुराश सम्बाद दाता
  • बिहि, साउन २६, २०७४

    रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर १२ शिक्रालका १० घरपरिवार पहिरोको उच्च जोखिममा परेको छ । बस्ती छेउको पाखो र बारीमा जमिन फाटेर बग्न थालेपछि ति घरहरु जोखिममा परेका हुन् । बर्ष सुरु भएसंगै घर छाडेर भागनुपर्ने अवस्था रहेको स्थानीय शिक्षक कृष्ण बहादुर बुढाथोकीले बताए । उनका अनुसार उक्त ठाउँमा राम बहादुर बुढाथोकी , गणेश बहादुर बुढाथोकी , हर्क बहादुर बुढाथोकी , पुरुषोत्तम बुढाथोकी , भैर बहादुर बुढाथोकी , गंगा बहादुर बुढाथोकी र मेग बहादुर बुढाथोकीको घर पहिरोको उच्च जोखिममा परेको छ । चारैतिरबाट धाजा फाटेर पहिरो जान थालेपछि स्थानीयहरु चिन्तित बनेको शिक्षक बुढाथोकीले बताए । तत्काल बस्ती सार्न नसके ठुलो विपद् आउन सक्ने स्थानीयहरुको भनाई छ । ठाउँठाउँमा पहिरो गएका कारण यातायात सम्पर्क समेत टुटेको बताईएको छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य