सप्तरीमा भयो अचम्म , महदेवा गाउँपालिका २ स्थित आधारभुत विद्यालय मतदान केन्द्रमा खटिएका कर्मचारी घाम ताप्दै ,किन आएनन मतदाता ?


  • -लालिगुराश सम्बाद दाता
  • बिहि, मंसिर २१, २०७४

    MATADAN

    सप्तरी । सप्तरीको महदेवा गाउँपालिका २ स्थित आधारभुत विद्यालय मतदान केन्द्रमा स्थानीयवासीले मतदान वहिष्कार गरेका छन् । सो मतदान केन्द्रमा ९ सय ६० मतदाता रहेका छन् ।

    उक्त मतदान केन्द्रमा विहान सात वजे देखिनै सवै प्रक्रिया मिलाएर कर्मचारीहरू तयारी अवस्थामा रहेका छन् । तर मतदाताहरु भने कोही पनि मत हाल्न नजाँदा मतदान केन्द्र सुनसान छ । निर्वाचन कर्मचारीको पहलमा सर्वदलीय वैठकहरुमा पनि कोहि न आएको मतदान अधिकृत धनेश्वर साह बताउनु भयो । महदेवा स्वतन्त्र मधेश गठवन्धनका संयोजक डा सिके राउतको पैतृक गाउँ हो ।
    न्युज 24

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य