काँग्रेस कार्यकर्ताहरुले मतपेटिकामा आगो लगाए

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    बिहि, मंसिर २१, २०७४

    नेपाली काँग्रेसका कार्यकर्ताहरुले मतपेटिका जलाएका छन् । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ५ मा रहेको मथुरा मावि केन्द्रमा मतपेटिका कब्जा गरी आगजनी गरेका हुन् ।

    मतपेटिका फालिएपछि तदान स्थगित भएको छ । मतदानमा खटिएका सुरक्षाकर्मी मतपेटिकामा आगजनी हुँदा समेत रमिते बनेको बाम गठबन्धनले आरोप लगाएको छ।

    २५ वटा मत पत्रमा मतदान अधिकृतले हस्ताक्षर नगरेको पाइएको थियो । जसले गर्दा विवाद उत्पन्न भएको हो । मतदान अधिकृत सुरेन्द्र राज अधिकारीले भुलबस हस्ताक्षर नगरेको मतपत्र मतदातालाई दिएको स्विकार गरेका छन् ।
    मतपत्रमा हस्ताक्षर नगरेको भए जानकारी गराउन दलका प्रतिनिधिलाई भनेपनी त्यसो नगरी मतपेटिका नै फालि आगजनी भएको अधिकारीले बताए । “ख” मतदान केन्द्रको मतपेटिका कब्जा गरी कांग्रेसका कार्यकर्ताले मतपत्र यत्रपत्र फ्याकेका छन् ।

    नेपाली काङ्ग्रेसका कार्यकताले बुथ कब्जा गरि मतपेटिका फालेर मतपत्रमा आगजनी गरेको बाम गठबन्धनले आरोप लगाएको छ । कांग्रेसले भने मतदान अधिकृतले नियोजित रुपमा मतपत्रमा हस्ताक्षर नगरेको आरोप लगाएको छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य