बाम कार्यकर्ताले बुथ कब्जा गर्न खोजेपछि झडप, कांग्रेस नेता बिक्रम घाईते, मतदान ठप्प


  • -लालिगुराश सम्बाद दाता
  • बिहि, मंसिर २१, २०७४

    अछाम

    अछामको वाम गठबन्धनका कार्यकर्ताहरुले बुथ कब्जा गर्न खोजेपछि झडप भएको छ ।साफेँबगरमा नगरपालिका वडा नं १३ राष्ट्रिय मावि मतदान केन्द्रमा बामगठबन्धनका कार्यकर्ताले बुथ कब्जा गर्न खोजेपछि झडप भएकाे हाे । त्यसक्रममा काङ्रेस नेता बिक्रम ब. कुवँर घाईते भएका छन् । कुवर अधिबक्ता समेत हुन । घटनास्थलमा रहेका स्थानीयहरुले दिएको जानकारी अनुसार अहिले त्यहाँको अवस्था तनावग्रस्त बनेको छ । मतदान ठप्प बनेको छ भने नेपाली सेनाको टोली घटनास्थलमा पुग्न लागेको बताइएको छ ।स्थिति नियन्त्रणका लागि ब्यापकरुपमा प्रहरी परिचालन गरिएको छ । आफ्नो हार निश्चित भएपछि बाम गठबन्धन बुथ कब्जामा उत्रिएकाे काँग्रेकाे अाराेप छ ।

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य