सडकमा भिजिबिलिटी कम भयो भने कसरी अपनाउन सुरक्षा हेर्नुहोस्

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    आइत, पुस १६, २०७४

    वैदेशिक रोजगारीको लागि दुबईमा हुनुहुन्छ भने त्यहाँ अहिले भिजिबिलिटी एकदमै कम भएको छ । बाक्लो कुहिरो लागेकाले बाटोमा ५०० मिटर सम्म पनि देख्न मुस्किल भइरहेको छ । यस्तो बेलाबेला भइरहन्छ । मौसमी कारणले यस्तो हुनु सामान्य हो तर यसले जनजीवनमा नराम्रो प्रभाव पार्ने कामहरू पनि गरिरहेको छ। यस्तो दुबईमा मात्र हेन अन्य ठाँउहरूमा पनि हुन सक्छ । यसले ड्राइभिङ, सडक क्लिनिङ तथा बाटो काट्दा पनि समस्या पर्न सक्छ । यताउता परसम्म देख्न नसक्ने भएकाले दुर्घटना हुन सक्छ । त्यसैले यस्तो बेला के गर्ने भन्ने बारेमा जानकारी दिन हामीले यो लेख बनाएका छौ ।

    कम भिजिबिलिटी हुनु भनेको के हो ?

    मौसम परिवर्तन भएर असामान्य रूपमा बाक्लो कुहिरो लागेर बाटो देख्न गाह्रो हुने अवस्था हो
    यसबेला माथि भनिएजस्ता कामहरू गर्दा धेरै सावधानी अपनाउनुपर्छ
    कम भिजिबिलिटी भएको बेला ड्राइभिङ गर्दा ध्यान दिनुपर्ने कुराहरू

    सवारीको गति कम गर्ने
    हेडलाईट बालेर मात्र अगाडी जाने
    विपरीत दिशाबाट आएको सवारी हेर्दा अरुबेलाभन्दा धेरै चनाखो भएर हेर्ने
    गाडीको सिसामा जम्ने पानी सफा गरिराख्ने
    यस्तो बेला धेरै ध्यान दिनुपर्ने भएकाले भरसक गाडीमा गीत नसुन्ने वा फोनमा कुराकानी नगर्ने
    सडक सङ्केत तथा रोकिएका सवारी साधनहरूलाई विशेष ध्यान दिने
    कम भिजिबिलिटी भएको बेला बाटो काट्दा ध्यान दिनुपर्ने कुराहरू

    यस्तो बेला बाटो काट्न जोखिमपूर्ण हुन सक्छ त्यसैले सचेत रहने
    भरसक चम्किलो र परैबाट देख्न सकिने लुगा लगाउने
    ट्राफिक लाइटलाई ध्यान दिएर मात्र बाटो काट्ने
    यस्तो भिजिबिलिटी समस्या लामो समय सम्म रहँदैन । त्यसैले केहिदिन सावधानी अपनाएमा आफूलाई सुरक्षित राख्न सकिन्छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य