यी हुन् काँग्रेसका अभागी नेताहरु,जो पार्टीको यी निर्णयहरुमा प्रबेस गर्न बन्चित भए

  • -लालिगुराश सम्बाद दाता
  • मङ्ल, माघ ९, २०७४

    ९ माघ, काठमाण्डौ । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले चुनावमा हारेका कुनै पनि नेतालाई राष्ट्रियसभाको उम्मेदवार नबनाउने बताए । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै खाँडले राष्ट्रियसभामा चुनाव नलडेका नेताहरुलाई मात्रै उम्मेदवार बनाइने बताएका हुन् ।

    “भर्खरै सम्पन्न प्रतिनिधिसभाको चुनावमा हारेका नेतालाई राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनाउने पार्टीको नीति छैन ।”
    नेता खाँडले राष्ट्रियसभाको उम्मेदवारको विषयमा आजै टुङ्गो लगाइने बताएका छन् ।

    सुदूरपश्चिमबाट बद्री पाण्डे र तारा भट्टको नाम टुङ्गो लागेको जानकारी दिदै खाँडले पार्टी सभापति शेरबहादुर देउवा पत्नी आरजु राणालाई उम्मेदवार नबनाइने स्पष्ट पारे ।

    “जुन चर्चा भइरहेको छ, त्यो पार्टी भित्र होइन, बाहिरको अफवाह मात्रै हो ।” खाँडले भने ।
    राजपा र संघीय समाजवादी फोरमसँग राष्ट्रियसभामा तालमेलका लागि कुरा भइरहेको खाँडले जानकारी दिए ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य