विक्रम राई (तक्मे बुढा) सवार गाडी खतरनाक दुर्घटनामा

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    मङ्ल, फाल्गुन १, २०७४

    हास्यकलाकार विल्सन विक्रम राई (तक्मे बुढा) सवार गाडी खतरनाक दुर्घटनामा परेको छ । सोमवार मोरङको ‘मधुमल्ला महोत्सव’ सकेर बिर्तामोड फर्किँदै गर्दा मध्यराती १२ बजे ‘आई १०’ कार दुर्घटनामा परेको हो ।

    निर्माता तथा कलाकार राजेश घतानीका अनुसार, कुकुरलाई बचाउन खोज्दा गाडी दुर्घटना भएको हो । बा १७ च ९१०२ नम्बरको गाडीमा विल्सनसहित फिल्म ‘फुर्के नं. १’ का कलाकारहरु बिशाल लिम्बु (फर्सी टाउके) युकेश लिम्बु, समिल राई र बाल कलाकार जेसिका राई पनि सवार थिए ।

    दुर्घटनामा गाडी बाहेक अरु कसैलाई पनि धेरै क्षती भएको छैन । गाडी भने पूरै पल्टिएको छ । विल्सन आफैंले कार चलाएका थिए ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य