१ घण्टा सम्म ओली र प्रचण्ड बन्द कोठामा किन बसे बालुवाटारमा?फेरी केको लागि पुगे राष्ट्रपति भवन ?

  • -लालिगुराश सम्बाद दाता
  • बुध, फाल्गुन ९, २०७४

    काठमाडौं । प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शितलनिवास पुगेका छन् । सरकार विस्तारबारे छलफल सकेर प्रधानमन्त्री ओली र प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका हुन् । सरकार विस्तारका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच छलफल भएको थियो । बैठक सकेर राष्ट्रपतिसँग परामर्शको लागि शितलनिवास पुगेका हुन् ।

    प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान दुई जनाबीच एक घण्टा लामो छलफल चलेको थियो । दुई नेतावीचको छलफल सरकार विस्तार र मन्त्रालय बाँडफाँडमा केन्द्रीत रहेको थियो ।

    प्रधानमन्त्री ओली बुधबार माओवादी र एमालेबाट मन्त्री थपेर सरकार विस्तार गर्ने योजनामा छन् । माओवादीले महासचिव रामबहादुर थापा बादलको नेतृत्वमा ६ मन्त्रालयसहित सरकारमा जाने तयारी गरेको छ । एमालेभित्र पनि मन्त्रीका आकांक्षी धेरै देखिएका छन् ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य