सशस्त्र जनयुद्धमा सहयात्रा गरेका प्रचण्डसँगैको फोटो राख्दै डा. बाबुराम भट्टराईले भने ;” हामी फेरी मिल्न सक्छौ ”

  • -लालिगुराश सम्बाद दाता
  • बिहि, फाल्गुन २, २०७५

    लमजुङ : नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा बाबुराम भट्टराईले आफू पनि गर्न नसक्ने अरुलाई पनि गर्न नदिने शीर्ष नेताहरूको शैलीले देशको समृद्धिको अभियान अवरुद्ध भइरहेको बताएका छन्। सत्तारूढ नेकपाभित्र दुई अध्यक्षको मनमुटाव भइरहँदा डा भट्टटराईको यो अभिव्यक्तिले प्रधानमन्त्री केपी ओलीलाई लक्षित गरेको देखिन्छ।
    हिजो मात्रै २४ औं जनयुद्ध दिवसका अवसरमा डा भट्टराईले आफू र सशस्त्र जनयुद्धमा सहयात्रा गरेका प्रचण्डसँगैको फोटो राख्दै आफूहरू मिल्न सक्ने संकेत गरेका छन्। एकमहिने जनसंवाद यात्राअन्तर्गत बिहीबार लमजुङको सुन्दरबजार पुगेका भट्टराईलेले इतिहासको कथा सुनाएर विकास हुँदैन भन्दै आफूले क्षमता विकास गर्न सक्नुपर्‍यो नसके नयाँ पुस्तालाई मार्गप्रशस्त गर्नुपर्‍यो भनेका छन्। त्यस्तै कुर्सी ओगटेर देशलाई पछाडि नधकेल्न पनि सुझाव दिएका छन्।

    लडाइँ र क्रान्तिमा अब्बल देखिएका नेताहरू विकास र समृद्धिको नेतृत्व गर्न कमजोर देखिएको आरोप भट्टराइको आरोप थियो। आउँदा केही दशकहरू असाध्यै महत्वपूर्ण हुने भन्दै राजनीतिक नेतृत्वले यसलाई ध्यान दिन नसक्दा मुलुक थप पछाडि पर्ने तर्क थियो। क्रान्तिको नेतृत्व गर्ने क्रान्तिकारीहरू सत्तामा पुगेपछि विचलित हुन पुगेको भन्दै भट्टराईले आन्दोलनमा ज्यानै दिन तयार हुनेहरू सत्तामा पुगेपछि जनताविरुद्ध काम गर्न थालेको र सत्ताको चास्नीमा डुब्नेको आरोपसमेत लगाए।

    लोकतन्त्रको विकल्प निरंकुशता नहुने भन्दै डा भट्टराईले लोकतन्त्रलाई लोकतन्त्रलाई बलियो बनाउन नागरिकका ठूलो भूमिका समेत रहने भट्टराईको तर्क थियो संघीयता खोस्ने दुस्प्रयास भइरहेको भन्दै भट्टराईले आफ्नो पार्टी भनेर चुप नबस्न समेत स्थानीय जनप्रतिनिधिलाई आग्रह गरे। भ्रष्टाचारलाई क्यान्सर भन्दै उनले भने, ‘अरूलाई लाग्दा राम्रो आफूलाई लाग्दा नराम्रो भन्ने सोच सबैले त्यागौँ। मुलुकमा ठूला ठूला काण्डहरू घटिरहेका छन्। तर, आफ्नो नेताले गरेको भन्नुभयो र तपाईंहरू चुप लाग्नुभयो भने देश बिगार्न नेताको मात्र होइन, तपाईंहरूको पनि भूमिका हुन्छ।’

    यसमा तपाइको मत

    ट्वीटर

    राजनीति बाट अन्य

    सरकारको कार्यशैलीप्रति असन्तुष्टी जनाउदै वरिष्ठ नेता माधव कुमार भन्छन ,” दण्डहिनताका कारण सबैतिर भ्रष्टाचार मौलाउदै गएको छ”

    नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले सरकारको कार्यशैलीप्रति असन्तुष्टी जनाएका छन् ।शनिबार राजधानीमा आयोजित नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोश्रो बाािर्षक साधारणसभालाई सम्बोधन गर्दे नेता नेपालले दण्डहिनताका कारण सबैतिर भ्रष्टाचार मौलाउदै गएको बताए...

    बम आतंकपछि गृह मन्त्रालयले बोलायो आकस्मिक बैठक, के के छलफल भए त बैठकमा ? पढ्नुहोस्

    गृह मन्त्रालयले शान्ति सुरक्षासम्बन्धी आकस्मिक बैठक बोलाइएको छ ।अज्ञात समूहले देशभर शुक्रबार राति आक्रमण गरेसँगै गृह मन्त्रालयले बैठक बोलाएको हो। बैठकमा गृह मन्त्री, सुरक्षा निकायका प्रमुखको समेत उपस्थिति रहेको बताइएको छ ।शुक्रबार...

    सरकारको अदूरदर्शी नीतिका कारण मुलुक आर्थिक संकटतर्फ उन्मुख हुँदै गएको छ ; पूर्व-अर्थमन्त्री महत

    पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतले सरकारको अदूरदर्शी नीतिका कारण मुलुक आर्थिक संकटतर्फ धकेलिँदै गएको बताएका छन्। शनिबार राजधानीमा आयोजित नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोश्रो बाािर्षक साधारणसभालाई सम्बोधन गर्दै पूर्व मन्त्री महतले व्यापार घाटा...

    परपुरुषसँग सम्बन्ध रहेको शंका लागेपछि सोझै श्रीमतीको हत्या गरी टाउँको बोकेर श्रीमान प्रहरी चौकी पुगेपछि ..,..

    एजेन्सी । एक पुरुषले श्रीमतीको हत्या गर्दै टाउँको बोकेर प्रहरी चौकीमा पुगे । त्यहा तैनाथ प्रहरी तिनछक्क परे । पुरै रगतले भिजेको शरिर र हातमा काटिएको टाउँको ल्याएका आएर ति पुरुष देख्दा प्रहरीको होस...

    वीर अस्पतालमा निर्माणाधीनभवनको लिफ्ट चुडिँदा दुईजनाको मृत्यु , एकजना गम्भिर घाइते !!!

    वीर अस्पतालको लिफ्ट चुडिँदएर भएको दुर्घटनामा दुईजना कामदारको मृत्यु भएको छ। घटनामा एकजना गम्भिर घाइते भएका छन् । घाइते तीनजना मध्ये दुइजनाको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा सप्तरीका...

    फ्लुको प्रकोपले गयो फ्रान्समा २८०० को ज्यान !!!

    १० फागुन, काठमाडौं । फ्रान्समा चिसोमा संक्रमण हुने फ्लुका कारण यस वर्षको शीतकालीन समयमा कम्तीमा २ हजार ८०० जनाको मृत्यु भएको छ । फ्रान्सभर अक्टोबरदेखि फेब्रुअरी ३ गतेसम्म फ्लुका कारण मृत्यु हुनेमध्ये अधिकांश अर्थात् ७८...

    सांसदहरुको प्रश्नको जवाफ दिन आज संसदमा खानेपानी तथा सरसफाइ मन्त्री विना मगर प्रस्तुत , पढ्नुहोस्

    १० फागुन, काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री विना मगर सांसदहरुको प्रश्नको जवाफ दिन आज संसद्मा प्रस्तुत हुने भएकी छन् । मन्त्रालयसँग सम्बन्धित कामबारे सांसदहरुमा उत्पन्न प्रश्नको जवाफ दिन संसदले सुरु गरेको प्रश्नोत्तर...

    BREAKING NEWS ; क्रिकेटमा नेपालको सानदार जित, नेरी थापाको किर्तिमान, पढ्नुहोस्

    आइसीसी महिला टी–२० र एकदिवसीय विश्वकप अन्तर्गत एशिया क्षेत्रीय छनोटमा नेपालले दोस्रो जित दर्ता छ । नेपालले युएईबिरुद्ध ७ विकेटले जित हात पारेको हो ।बैककमा भएकाे खेलमा टस जितेर पहिले ब्याटिङ गरेकाे युएईले...

    आकस्मिक बैठकले शिक्षाशास्त्र सङ्कायका सहायक डिन बबुवालाल साहलाई निलम्बन !!!!

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले युवतीमाथि यौन दुव्यर्वहार गर्ने एक सहायक डिनलाई निलम्बन गरेको छ । बुधबार बेलुका बसेको त्रिवि कार्यकारी परिषद्को आकस्मिक बैठकले शिक्षाशास्त्र सङ्कायका सहायक डिन बबुवालाल साहलाई निलम्बन गरेको हो । एक युवतीमाथि...

    गल्ती हुन्छ भनेर काम नगर्ने कमाण्डर होइन, राम्रो काम गर्न आदेश पर्खनुपर्दैन ; प्रधानसेनापति थापा

    ९ फागुन, दिक्तेल । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई सबल, सुदृढ र सक्षम सङ्गठन बनाउन अनुशासनको परिधिमा रही उच्च मनोबलका साथ काम गर्न सकलदर्जालाई निर्देशन दिएका छन् । यहाँ तैनाथ बहादुर श्रीशेरगणको निरीक्षणका क्रममा उनले...