धनुषामा १० बर्षीया बालिकाको सामुहिक बलात्कारपछि बिभत्स हत्या, हत्यारा पक्राऊ, पढ्नुहोस्

  • -लालिगुराश सम्बाद दाता
  • आइत, अशोज २८, २०७५

    असोज २८/ धनुषाको औरही–२, परवाहाकी १० वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । शुक्रबार साँझबाट हराएकी उनको शव शनिबार अपराह्न गाउँनजिकैको धानखेतमा भेटिएको छ ।

    घरनजिकै लागेको दुर्गा पूजा हेर्न गएकी उनलाई चिनजानकै दुई युवकले फकाएर एकान्तमा लगी बलात्कारपछि हत्या गरेका हुन् । आजको कान्तिपुरमा समाचार छापिएको छ ।

    घटनामा संलग्न स्थानीय विनोद मुखिया विन र नथुनी पण्डित कुमहारलाई धनुषा प्रहरीले शनिबारै पक्राउ गरेको छ ।

    एसपी गोविन्द थपलियाका अनुसार खाजा खुवाउने प्रलोभनमा बालिकालाई एकान्त ठाउँमा लगेर बलात्कार र हत्या गरेको उनीहरूले बताएका छन् ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य