रसुवाको कालिका गाउँपालिका–४ अम्बासमा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु, तिन जना गम्भीर घाइते …

  • -लालिगुराश सम्बाद दाता
  • सोम, कार्तिक १२, २०७५

    कार्तिक १२ / रसुवाको कालिका गाउँपालिका–४ अम्बासमा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । ज्यान जानेमा नौकुण्ड गाउँपालिका ३ का ४१ वर्षको कामी तामाङ र १६ वर्षको प्रकाश तामाङ रहेको छन् ।

    दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । सार्की लामा तामाङ, जीवराम थोक्रा र अजित तामाङ घाइते भएका हुन् । घाइतेको ग्रिन सिटी अस्पताल काठमाडौँमा उपचार भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी सिताराम थापाले जानकारी दिनुभयो ।

    कालिका गाउँपालिकाको भित्रि सडकमा बालुवा बोकेर हिँड्ने क्रममा दुर्घटना भएको उहाँको भनाइ छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य