एक्कासि आयो दुखद खबर : सुदूरपश्चिममा चल्यो रुवाबासी ! बस दुर्घटनामा गयो १९ जनाको ज्यान-अझै मृतकको संख्या बढ्ने शंका

  • -लालिगुराश सम्बाद दाता
  • बिहि, मंसिर ६, २०७५

    डडेल्धुरा । डडेल्धुरामा बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ भने ३० जना भन्दा बढी घाइते भएका छन्। बस उग्रतारा मन्दिरको मेला हेरेर डोटी फर्किने क्रममा डा केआई सिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–११, रदुवा खोलामा दुर्घटनामा परेको हो । डोटीको शिखर नगरपालिकाको बानिडुग्रेसइनस्थित पिस जोन एकेडेमीको बस से १ क २९३ नम्बरको बस रदुवा खोलामा सडकबाट करिब ३ सय मिटर तल खस्दा १२ जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएकाे छ । अन्य उपचारका लागि डडेलधुरा सदरमुकामस्थित उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

    हाल उपक्षेत्रीय अस्पतालमा १० जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ। दुर्घटनामा घाइते भएका १७ जनालाई उपचारका लागि अस्पताल ल्याइएको प्रहरी जनाएको छ । उक्त दुर्घटना साँझ ७ बजेतिर भएको हो। हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा उद्दार गरेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेको संख्या बढी रहेकाले मृतकको संख्या बढ्नसक्ने जनाइएको छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य