प्रदेश ७ मा भयो नेकपाको पार्टी एकता, १८३ जना सदस्यहरुलाई सपथ ग्रहण

  • -गणेश बुढा, कैलाली
  • शुक्र, पुस २७, २०७५

    पुस २७ , कैलाली ,नेकपाको पार्टी एकता भए पछि प्रदेश स्तरीय एकता खासै चासोको रुपमा अगाडी नबढीरहेको अबस्थामा यसलाई निरन्तरता दिन सुदूरपश्चिम प्रदेश७मा आज नेकपाले प्रदेश कमिटीको प्रथम बैठक राखेको छ।लामो समय देखि हुन नसकेको बैठक अहिले बसिरहेको छ।बिहान ११ बजे बाट बसेको बैठकमा पार्टीका नेता तथा कमिटी इन्चार्ज़ भिम रावल, स्थाइ कमिटी सदस्य लेखराज भट्ट,स-इन्चार्ज लक्ष्मी दत्त जोशी,प्रदेश अध्यक्ष कर्ण थापा,सुदूरपश्चिम प्रदेश ७का मुख्यमन्त्रि त्रिलोचन भट्ट सहित बिभिन्न नेता-कार्यकर्ताहरुको उपस्थितमा प्रदेश कमिटिका १८३ जना सदस्यहरुलाई सपथ ग्रहण गरिएको हाम्रो लालीगुराँस डटकमका सुदूरपश्चिम सम्बाददाता गणेश बुढाले जानकारी दिनुभयो।भने थप विवरण आउन बाँकी छ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य