घटिरहेको अवस्थामा एक्कासी ह्वात्तै बढ्यो आज सोमबार सुनको मूल्य , कति पुग्यो त ? हेर्नुहोस् नयाँ अपडेट …

  • -लालिगुराश सम्बाद दाता
  • सोम, पुस ३०, २०७५

    काठमाडौँ, ३० पुस । पुष महिनाको अन्तिम दिन नेपाली सुन बजारमा छापावाल सुनको मूल्य बढेको छ । अघिल्लो दिन आइतबार तोलामा २ सय रुपैयाले घटेको सुनको मूल्य सोमबार भने तोलामा १ सयले बढेको छ ।

    सोमबार नेपाली सुन बजारमा छापावाल सुन प्रति तोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यसैगरी सोमबार तेजाबी सुन प्रति तोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।

    गत हप्ताको बिहीबार र शुक्रबार चाँदी प्रतितोला ७ सय ६५ मा कारोबार भएकोमा आइतबार प्रति तोलामा ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ६० रुपैयाँमा कारोबार भएको थियो भने सोमबार पनि चाँदी तोलामा ७ सय ६० रुपैयाँमै कारोबार भैरहेको महासंघले जनाएको छ ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य