युएईमा रामकृष्ण ढकाल र इन्दिरा यसरि तताउदै स्टेज, हेर्नुहोस् (फोटो फिचर)


  • -लालिगुराश सम्बाद दाता
  • आइत, पुस ९, २०७४

    पौष ९, करिब १३ वर्षको अन्तरालमा युएईमा प्रस्तुति दिन आएका गायक रामकृष्ण ढकाल ‘बिहान् उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस्’गाउँदै मञ्चमा के चढेका थिए, शुभयात्रा साँझ २०७४ को माहोल एकाएक परिवर्तन भयो । उपस्थित दर्शकहरुले उत्साहपूर्वक हुटिङका साथ गडगडाहट तालीले स्वागत गरे ।

    सुरुमा ‘मन पराउने हजार भेटिन्छन्…’ बोलको गीत गाएका ढकालले राष्ट्रप्रेमदेखि मायाप्रेम र जीवनदर्शनका गीत गाउँदा माहोल निकै तातेको थियो ।

    अनाथ बालबालिकाको सहयोगका लागि दुबईको बरदुबईको रोयल्स अस्कोट होटलमा आयोजना गरिएको कार्यक्रममा नेपालका चर्चित कलाकारहरू रामकृष्ण ढकालका साथमा गायक हेमन्त राना, गायिका इन्दिरा जोशी, कलाकार सन्दीप क्षेत्री र नायिका नम्रता सापकोटाले प्रस्तुति दिएका थिए ।

    सन्दीप क्षेत्रीको समयामयिक प्रस्तुतिले धेरै नेपाली दर्शकलाई आकर्षित गरेको थियो । उनले सामाजिक तथा सांगीतिक विसंगतिका अतिरिक्त केही राजनीतिक व्यक्तित्वहरुको क्यारिकेचर गरेका थिए ।

    हेमन्त रानाले लैजा रे, सुन साइली…’ बोलको गीत गाएर दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए भने इन्दिरा जोशीले उद्रेको चोली गीत गाउँदा  दर्शक बेस्सरी नाचेका थिए ।

    कार्यक्रममा करिब पाँच जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा आयोजकले कार्यक्रम सफल भएको दावी गर्दै अनाथ बालबालिकाको सहयोगका लागि उपस्थित सम्पूर्णमा धन्यवाद दिएका थिए । कार्यक्रम रमेश क्षितिज र सुवास शर्माले संयुक्त रुपमा सञ्चालन गरेका थिए ।

    आयोजक समिम खानले कार्यक्रमबाट उठेको रकम धादिङ र चितवनका चेपाङ बालबालिकाका साथै हेटौंडाको मदरसा स्कुललाई प्रदान गरिने जानकारी दिए ।

    दुबई स्थित बरदुबईको रोयल्स अस्कोट होटलमा सम्पन्न कार्यक्रममा युएईमा क्रियाशील विभिन्न सामाजिक संघ–संस्था, राजनीतिक दलका भातृ संगठन, पत्रकार, कलाकार, व्यवसायी साथै युएईमा रहेका सम्पूर्ण श्रमजीवी नेपालीको उपस्थिति रहेको थियो ।

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य