ताप्लेजुङ जिल्लाका उच्च हिमाली क्षेत्रमा सोमबार रातिदेखि हिमपात सुरु जनजीवन प्रभावित


  • -लालिगुराश सम्बाद दाता
  • मङ्ल, मंसिर १२, २०७४

    १२ मंसिर, ताप्लेजुङ । जिल्लाका उच्च हिमाली क्षेत्रमा सोमबार रातिदेखि हिमपात सुरु भएको छ । सामान्य वर्षासँगै हिमाली क्षेत्रमा हिमपात सुरु भएको हो ।

    हिमपातका कारण जिल्लाका ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याब्ला, तोक्पेगोला र फलेलगायतका माथिल्लो क्षेत्रको जनजीवन प्रभावित बनेको छ । प्रसिद्ध तीर्थस्थल पाथिभरामा बाक्लो हिमपात हुँदा तीर्थयात्री समस्यामा परेका छन् ।

    ३ हजार साथ ९४ मिटरको उचाईमा रहेको पाथिभरामा पनि हिमपात भएको छ भने हिउँ माथिल्लो फेदीसम्म हिउँ झरेको स्थानीय इन्द्रनारायण भट्टराईले बताए ।

    माथिल्लो क्षेत्रका बस्तीहरुमा बाक्लो हिमपात भएसँगै चिसो ह्वातै बढेको स्थानीयले बताएका छन् । चिसोको असर वृद्धवृद्धा, बालबालिका तथा पशुपंक्षीमा बढी परेको स्थानीयको भनाइ छ ।

    यस्तै जिल्लाका फाकुम्बा, साँघु, याम्फुदिन, कालीखोला, इखाबु, मामाफ्रेलगायतका उच्च भेगका स्थानमा समेत चिसो बढेको छ । डाँडातिर हिउँ परेपछि तल्लो भेगमा चिसो बढेको हो ।

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य