तातोपानी नाका आगामी जेठ १७ गते देखि सञ्चालनमा आउने

  • -लालिगुराश सम्बाद दाता
  • बुध, चैत्र २७, २०७५

    सिन्धुपाल्चोक । २०७२ काे विनाशकारी भूकम्पपछि बन्द भएको सिन्धुपाल्चोकको तातोपानी नाकाको सरकारी उच्चस्तरीय टोलीले मंगलबार स्थलगत निरीक्षण गरेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मन्त्रीहरु, प्रधानमन्त्रीका सल्लाहकार, पुनःनिर्माण प्राधिकरणका प्रमुख, सांसदलगायतको टोलीले यो क्षेत्रमा पुगेर नाका सञ्चालनका हालसम्म भैरहेको प्रगतिकाबारेमा जानकारी लिनुभएको हो ।

    तातोपानी नाका र अरनिको राजमार्ग पुनःसञ्चालनमा ल्याउन निर्माण कार्य धमाधम भइरहेको छ ।एक साताअघि भूकम्प प्रभावित १४ जिल्लाका सांसदले प्रधानमन्त्रीसँग भेट्दा तातोपानी नाका सञ्चालनका विषयमा कुरा भएको र सोहीअनुसार निरीक्षण गरिएको सांसद अग्नि सापकोटाले जानकारी दिनुभयो ।

    नाकाको स्थलगत निरीक्षणका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, सांसद सापकोटा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, पुनःनिर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवाली र घनश्याम भट्टराई उक्त क्षेत्रमा पुग्नुभएको थियो ।

    भूकम्पपछि बन्द रहेको तातोपानी नाका सञ्चालन गर्न चिनियाँ पक्षले सीमा क्षेत्रदेखि बसेरीसम्म र बाह्रबीसेदेखि बसेरीसम्म डिभिजन सडक कार्यालय चरिकोटले सडक निर्माण गरिरहेको सडक कार्यालय दोलखाका प्रमुख धर्मेन्द्र झाले बताउनुभयो । टोलीले निर्माणाधीन सुक्खा बन्दरगाह, मितेरी पुल र एक दर्जनभन्दा बढी स्थानमा बिग्रेभत्केको सडकक्षेत्रको निरीक्षण गरेको थियो ।

    सुक्खा बन्दरगाह निर्माण कार्य अन्तिम चरणमा पुगेको चिनियाँ पक्षले जानकारी गराएको थियो । चिनियाँ पक्षले मे ३१ (जेठ १७ गते) नाका सञ्चालनको तयारी गरेको सांसद सापकोटाले जानकारी दिनुभयो । “अब नाका सञ्चालन हुने सुनिश्चित भयो, यसमा हामी खुशी छौ”, बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताउनुभयोे ।

    यसमा तपाइको मत

    ट्वीटर

    देश बाट अन्य

    तत्कालीन राजा ज्ञानेन्द्रले जनतासामू घुँडा टेकेको दिनको सम्झना गर्दै आज १४ औं लोकतन्त्र दिवस देशभर मनाइँदै

    काठमाडौ, ११ बैशाख । तत्कालीन राजा ज्ञानेन्द्रले जनतासामू घुँडा टेकेको दिनको सम्झनामा आज १४ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी बुधबार देशभर मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले जननिर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गरी कार्यकारी...

    रिना मृत्यु प्रकरणः३ दिनभित्र सत्यतथ्य पत्ता लगाउने शर्तमा तत्कालका लागी आन्दोलन फिर्ता र सडकको अबरोध हट्यो

    पथरी । मोरङको पथरीमा भएको रिना बस्नेतको हत्याको बारेमा ३ दिनभित्र सत्यतथ्य पत्ता लगाउने शर्तमा तत्कालका लागी आन्दोलन स्थगित भएको छ। मंगलबार बेलुका प्रशासन र संघर्ष समितिका बिचमा भएको छलफलमा सो सहमति भएपछि तत्कालका लागी...

    किन घट्दै छ दिनानुदिन सुनचादिको भाउ ? तोलामा कतिले घट्यो ? हेर्नुहोस् …

    काठमाडौं । आज बुधबार सुनको झन् घटेको छ। आज छापावाल सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो मंगलबार सुन ५९ हजार ३ सय रुपैयाँमा कारोबार...

    एनसेलले सरकारलाई तिर्नुपर्ने अर्वाैको राजश्व नतिरेको भन्दै जनस्तरबाट आयो चर्काे विरोध ; सिम बहिस्कार अभियान

    दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल एक्जियटाले सरकारलाई तिर्नुपर्ने अर्वाैको राजश्व नतिरेको भन्दै जनस्तरबाट चर्काे विरोध हुन थालेको छ । सर्वाेच्च अदालतको आदेशपछि ठूला करदाता कार्यालयले गरेको आग्रहविरुद्ध एनसेल पुनः सर्वाेच्च पुगेपछि जनस्तरबाट विरोध चर्किन...

    के छ सुनको मुल्यमा नया अपडेट , पढ्नुहोस्

    काठमाडौं । आज मंगलबार सुनको मूल्य घटेको छ। आज छापावाल सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सोमबार सुन ५९ हजार ६ सय रुपैयाँमा कारोबार...

    एनसेलको ठूला करदाता कार्यालयबिरुद्ध दायर गरेको रिटमाथि आज सुनुवाइ हुदै

    एनसेलले ठूला करदाता कार्यालयबिरुद्ध दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ। एनसेलले सर्वोच्चको आदेश र आयकर ऐन विपरीत ठूला करदाताले कर निर्धारण गरेको भन्दै सोमबार रिट दायर गरेको थियो। आयकर ऐन २०५८ को दफा ९९...

    फेरि पक्राउ परे विप्वल समूहका २ इञ्चार्ज

    झापा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका जिल्ला इञ्चार्ज सौगात कटुवाल र सदस्य अर्जुन चौहानलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बिर्तामोड नगरपालिका–१ आँखा अस्पताल नजिकैबाट सोमबार साँझ उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय...

    अमेरिकामा संगीतकार मदन दीपविमको निधन

    वैशाख, काठमाडौं । संगीतकार मदन दीपविमको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार हृदयाघातको कारण उनको निधन भएको हो । उनी छोरी ममता दीपविमसँगै अमेरिकास्थित सनफ्रान्सिस्कोमा बस्दै आएका थिए । उनले सुरिलो रुख सल्लै हो, तिम्रै...

    पार्टी फुट्छ भनेर भन्दै हिडेका ज्योतीषीले दुई पार्टी मिल्छ भनेर किन थाहा पाएनन् ; प्रधानमन्त्री ओली

    काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल हरेक दिन एक कदम अगाडी बढीरहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७०औं बार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका...

    नेकपाको लम्बिएको एकता प्रक्रिया यसरी पुग्यो टुंगोमा !

    काठमाडौं। अन्ततः एकता भएको ११ महिनापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्ला कमिटीको अध्यक्ष र सचिवको नाम टुंगो लगाएको छ। विशेषगरी पूर्व एमालेभित्र अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल समूहबीच...