पोखरा ६ वैदाममा स्थानियको विवादका कारण बाटो निर्माण कार्य बन्द (हेर्नुहोस भिडियो सहित)

  • -लालिगुराश सम्बाद दाता
  • बुध, कार्तिक २२, २०७४

    पोखरा लेखनाथ महानगरपालिका वडा नं.६ वैदाम डिगोपाटन स्थित कोईराला मार्गको बाटो विस्तारका सम्बन्धमा स्थानियहरु बिच जग्गा विवादका कारण निर्माण कार्य रोकिएको छ । पोखरा लेखनाथ महानगरपालिकाले तय गरेको मापदण्ड अनुसार करिब ६ मिटर चौडा हुनु पर्छ । उक्त मार्गको दाया र बायाँ गिरीराज अधिकारी र जोगमाया गुरुङ्का विचमा उक्त विवाद देखिएको हो । बाटोको माथी पट्टी गिरीराज अधिकारीले छोडेको भनिएको २ मिटर जग्गा सरकारी अमिनले प्रति जग्गा ठहराई दिएका छन। र, बाटो विस्तारका नाममा गिरीराज अधिकारी कै आग्रह अनुसार जोगमायाले तत्कालिन समयमा दुईहात जग्गा आफुले छोदिएको बताएकी छिन् । ति दुई जना जग्गा धनिहरु बिचको विवादका कारण उक्त मार्गको करिब ६० मिटर लामो सडक निर्माण बाँकी रहेको छ । मंगलबार उक्त विवादका सम्बन्धमा पोखरा लेखनाथ महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जगत बहादुर पहारी, सरकारी अमिन स्थानीय बासी र जग्गा धनि लगायको उपस्थितीमा विवादित थानको नापजाँच गरिएको छ ।

    तर, उनका अनुसार उक्त प्रति जग्गा कानुन अनुसार नै एस लेखिएको भएको स्वत छोड्नु पर्छ । तर, टोल विकास संस्था वडा समन्वय समिति वडा नं. ६ का अध्यक्ष समेत रहेका अधिकारीले भने बाटो विस्तारका लागी आफुले जग्गा छोडि सकेको जनाएका छन् । आफ्नो वडामा देखिएको उक्त समस्या समाभानका लागी आफुहरु दुवै पक्षलाई राखेर फेरी छलफलमा जुट्ने अध्यक्ष पहारीले बताएका छन् । र, अर्की जग्गा धनि गुरुङले भने उक्त बाटोका कारण साविकको ३ रोपनी २ अना १ पैसा २ दामको जग्गा अहिले घटेर २ रोपनी ७ आना १ पैसा ३ दाममा झरेको बताएकी छिन् ।

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य