चुनावको मुखैमा फेरी केरुङबाट समातियो १७ किलो सुन

  • -लालिगुराश सम्बाद दाता

  • Warning: Use of undefined constant datetime - assumed 'datetime' (this will throw an Error in a future version of PHP) in /srv/users/serverpilot/apps/laligursh/public/wp-content/themes/laligurash/single.php on line 40
    शनि, मंसिर २, २०७४

    रसुवा । निर्वाचनको मुखैमा फेरी रसुवाको केरुङ नाकाबाट १७ किलो सुन बरामद गरिएको छ । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले बोलेरो जिपबाट शनिबार बिहान उक्त परिमाणको सुन बरामद गरेको हो ।

    केहीदिन अघि नेपालबाट सामान लिन तिब्बत गएको बा ११ च नम्बरको जिपबाट लुकाइ ल्याइएको अवस्थामा सुन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख शरतकुमार थापाले बताए ।

    उनका अनुसार जिपमा न्यापकिन, ट्वाइलेट पेपर ल्याइएको थियो । त्यही समान भित्र राखेर १७ किलो सुन पनि नेपाल ल्याइँदै थियो ।

    अनुसार जिप र जिपचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पार्वतीकुण्ड गाउँपालिकाका ३१ वर्षीय कसाङ दावा तामाङले उक्त जिप चलाएका थिए । प्रमुख थापाले भने, ‘सुन मालिक को हो र कहाँ लगिँदै थियो भन्ने हामी अनुसन्धान गरिरहेका छौं ।’

    यसमा तपाइको मत

    ट्वीटर

    बाट अन्य