शिबम सिमेन्ट उद्योगका प्रबन्ध निर्देशक पक्राउ, २ हप्तासम्म घटना गुपचुप


  • -लालिगुराश सम्बाद दाता
  • शुक्र, मंसिर ८, २०७४

    शिबम सिमेन्ट उद्योगका प्रबन्ध निर्देशक पक्राउ परेका छन् । हेटौडाको हटियामा रहेको शिबम सिमेन्ट उद्योगले अबैध रुपमा खानी उत्खनन् गरेको भन्दै प्रबन्ध निर्देशक रघुनन्दन मारुलाई प्रहरीले पक्राउ गरेको हो ।

    शिबमले सञ्चालन गर्दै आएको साविकको सुकौरा गाविस वडा नम्बर ६ को चपकी खानी र ठिंगन गाविसको वडा नम्बर ९ मा रहेको चुनढुङ्गा खानी अबैध रुपमा उत्खनन् गरेको भन्दै उद्योगका प्रमुख मारुलाई पक्राउ गरिएको बताईएको छ ।

    जिल्ला वन कार्यालय मकवानपुरले स्वीकृति लिएभन्दा बढी खानी उत्खनन् गरेकाले पक्राउ गरेको जनाएको छ । पक्राउ गरिएपछि उनलाई ३७ लाख ६० हजार रुपैयाँ बिगो दाबिसहित जिल्ला अदालत मकवानपुरमा मुद्दा दायर गरिएको जिल्ला वन कार्यालय मकवानपुरका प्रमुख राजेन्द्र न्यौपानेले बताउनुभयो ।

    तोकिएभन्दा बढी क्षेत्रमा शिबम सिमेन्ट उद्योगले खानीको उत्खनन् गर्दै आएको गुनासो बढ्दै गएको थियो ।

    शिबम सिमेन्ट उद्योगका प्रमुख मारुलाई जिल्ला वन कार्यालय मकवानपुरले गएको कात्तिक २८ गतेनै पक्राउ गरेर हिरासतमा राखे पनि यो घटना गुपचुप रहेको थियो ।

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य