उदारणीए एउटा जागरुक युबा जो विदेश छोडी स्वदेशमै पसिना बगाउदै गर्छन तरकारी खेतीबाट बार्षिक ३० लाख आम्दानी


  • -लालिगुराश सम्बाद दाता
  • बुध, मंसिर २०, २०७४

    प्रति रोपनि ५ हजार रुपैयाँमा जग्गा भाडामा लिई तरकारी खेती गरेका उनी एक रोपनि जग्गाबाट वर्षमा ५० हजार रुपैयाँका तरकारी सजिलै उब्जाउछन्

    रामेछाप । मंसिर २० गते ,
    रामेछापको सदरमुकाम मन्थलीका एक किसानले व्यवसायीक रुपमा तरकारी खेती गरी वार्षिक ३० लाख भन्दा बढी आम्दानी गरि रहेका छन् । मन्थलीका हवाई मैदान नजिकै भाडामा जग्गा लिएर तरकारी खेती गर्दै आएका युवराज श्रेष्ठले तरकारी खेतीबाटै वार्षिक ३० लाख भन्दा बढी आम्दानी गरी रहेका छन् । उनले मन्थलीको आकासे फाँटको ५६ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गरि रहेको छन् । सुरुमा १० रोपनि जग्गा भाडामा लिएर तरकारी खेती सुर गरेका उनले अहिले तरकारी खेती विस्तार गर्दै ५६ रोपनी जग्गामा लगाएका छन् । प्रति रोपनि ५ हजार रुपैयाँमा जग्गा भाडामा लिई तरकारी खेती गरेका उनी एक रोपनि जग्गाबाट वर्षमा ५० हजार रुपैयाँका तरकारी सजिलै उब्जाउन सकिने बताउँछन् ।
    मौसमी तथा वेमौसमी तरकारी खेती गर्ने युवाराजले उत्पादन गरेको तरकारीको ठूलो भाग रामेछाप जिल्लाको सदरमुकाम मन्थली बजारमा नै विक्रि हुने गर्दछ । यसैगरी उत्पादीत तरकारी खुर्काेट, देवीटार, सामेछाप बजार तथा चार्टर प्लेन मार्फत सोलुखुम्बुसम्म पुग्ने गर्दछ । मौशमी भन्दा वेमौसमी तरकारीबाट राम्रो कमाई हुने उनी बताउँछन् । आप्mनै परिवारका सदस्यहरुले काम गर्ने तरकारी खेतीबाट भएको कमाइले एक रोपनी घडेरीको जग्गा खरिद गरेको उनी बताउँछन् । यस वर्ष थप २ रोपनी जग्गा किन्ने उनले तयारी गरेका छन् । त्यसैगरी तरकारीको लागि मल उत्पादन गर्न उनले भैसी फार्म सुरु गरेका छन् । अब तरकारी संगै दुध पनि उत्पादन हुने उनले बताए ।

    यसमा तपाइको मत

    फेसबुक

    ट्वीटर

    बाट अन्य